माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोलखा जिल्लावासीले पाउने सेयर आवेदनको म्याद एक साता बढाइएको छ । साउन १६ गतेदेखि भदौ १४ गतेसम्मलाई आवेदन खुला गरिएकामा बिहीबार बिहान बसेको धितोपत्र बोर्डको बैठकले एक साता म्याद थप्ने निर्णय गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जकाे एउटा हात्तीले बिहीबार बिहान अाफ्नै माहुतेलाई अाक्रमण गरेर मारेकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठाैरका अनुसार मृत्यु हुनेमा सुनसरी कुसाहा-८ का २७ वर्षीय बुहारीलाल सरदार रहेका छन् ।
खिम्ती खोलाले सडक बगाउँदा करिब एक सातादेखि यता रामेछापका दुइटा गाउँपालिकातर्फ यातायात चल्न सकेको छैन । गोकुलगंगा र उमाकुण्ड जाने सवारीसाधन छिमेकी जिल्ला दोलखाको जिरी हुँदै गुड्न थालेका छन् ।
प्रदेशसभाले विभिन्न समितिमा पठाएका विधेयकमाथिको दफावार छलफल थालिएको छ । शिक्षा, स्वास्थ्य, कृषि समितिले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका लागि बुधबार बैठक बोलाएको छ । विधेयकमा ११ वटा संशोधन परेका छन् ।
कमलामाई नगरपालिका १ को डाँडीगुराँसेको चनौटेमा बुधबार जेसीबी डोजर दुर्घटनामा २ को मृत्यु भएको छ । निर्माणाधीन धरान-चतरा-हेटौंडा सडकको ट्रयाक सडकमा गुड्दै गरेको बा २ क ३२०५ नं को जेसीबी दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका १० लालगढका ३० वर्षीय सन्तोष रिजाल र सिन्धुलीको तीनपाटन गाउँपालिका ५ का २५ वर्षीय कमल बोगटीको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–११ बसेनीकी कमला तिमिल्सेना मंगलबार बिहान उपचारका लागि भरतपुरको सरकारी अस्पताल पुगिन् । टिकटका लागि उनका श्रीमान् बिहान साढे ८ बजे नै लाइनमा बसेका थिए ।
दुई प्रेमी मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा एउटै पासोमा भुन्डिएर आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ वर्षीया फूलमाया तामाङ कटुसको रूखमा एउटै डोरीमा झुन्डिएको अवस्थामा आइतबार फेला परेका हुन् ।
बाउबाजेको पालादेखिको समस्या कालिञ्चोक सुन्द्रावती मेहेलेमा अहिले पनि उस्तै छ । वर्षा लागेपछि बढी त्रास हुन्छ, पानी पर्न छाडेपछि पहिरोको कुरै चल्दैन । यसपाला अधिक पानी परेकाले त्यहाँका एक सय १४ घरपरिवार समस्यामा छन् ।
सात दशक पार गरिसके तर उनीहरूले वृद्धभत्ता पाउन सकेका थिएनन् । नागरिकता नभएकाले वृद्धभत्ता नपाएका हुन् । अर्काको घरमा काम गरे । विवाह पनि गरे । छोराछोरी पनि जन्मे । सोमबार नागरिकता पाएका छन् ।