प्रदेश ५

Pradesh-5

चिप्लो माटोले गाडी पल्टे

हिउँदमा धूलो र प्रदूषण खेपेका पश्चिम नपलरासीका बासिन्दा यतिबेला भने हिलोमा गाडिएर हिँड्नुपरेको छ । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको निर्माण समयमा पूरा नहुँदा स्थानीय सास्ती भोगेका छन् ।

चिप्लो माटोले गाडी पल्टे

छाडा चौपायाले हैरान

बाँसगढी मात्रै होइन, जिल्लाभर यतिखेर छाडा चौपायाका कारण किसान मारमा परेका छन् । छाडा चौपायाले खेतमा लगाइएको अन्नबाली र तरकारीमा क्षति पुर्‍याउन थालेका कारण किसान मारमा परेका हुन् ।

छाडा चौपायाले हैरान

बिजुवारमा खेल मैदान

जिल्लाको मध्यभागमा रहेको खेलकुद मैदान मर्मत भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्मार्फत आएको १५ लाख रुपैयाँ लागतले प्यूठान नगरपालिका ४, बिजुवारस्थित खेलकुद मैदान सुधार गर्न थालिएको हो ।

बिजुवारमा खेल मैदान

धान खेतीभन्दा तरकारी राम्रो

कोहलपुर नगरपालिका ६ का शिवप्रसाद थारू तरकारी खेतीबाट मासिक १२ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । उनको बारीमा अहिले चिचिन्डा, भिन्डी, काँक्रा, घिरौंलालगायत तरकारी लटरम्म छन् । तरकारी बेचेरै घर चलाउन सजिलो भएको छ ।

धान खेतीभन्दा तरकारी राम्रो

बिहान तरकारी, साँझ पैसा

पाणिनी गाउँपालिकाका ९ वटै वडाका टोलैपिच्छे सडक सञ्जाल पुगेको छ । गाउँपालिकाले नयाँ सडक खन्न बजेट छुट्याएको छैन । तर, भएका सडक स्तरोन्नतिका लागि गाउँसभाबाट ३ करोड ३७ लाख रुपैयाँ छुट्याइएको छ ।

बिहान तरकारी, साँझ पैसा

रूपन्देहीमा हेलो साक्षी

सरकारवादी (फौजदारी) मुद्दामा साक्षीको प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले ‘हेलो साक्षी अभियान’ सुरु गरेको छ ।

रूपन्देहीमा हेलो साक्षी
श्रावण २०, २०७५

एकैदिन तीन विधेयक सर्वसम्मतले पारित

प्रदेश ५ को आइतबारको प्रदेशसभा बैठकले तीन विधेयक सर्वसम्मतले पारित गरेको छ । तीनवटै विधेयक संशोधन प्रतिवेदनसहित प्रदेश सभा सचिवालयमा दर्ता भएका थिए । 

एकैदिन तीन विधेयक सर्वसम्मतले पारित

यूनिभर्सल मेडिकल कलेजमा तोडफोड [अपडेट]

उपचारका क्रममा एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थी समूहले गरेको आन्दोलनबाट भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल तनावपूर्ण बनेको छ ।

यूनिभर्सल मेडिकल कलेजमा तोडफोड [अपडेट]

पाल्पा जिप दुर्घटना : वेपत्ता दुवैको शव भेटियो 

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरे देउरालीमा जिप दुर्घटना हुँदा वेपत्ता दुई जनाको शव फेला परेको छ । पाल्पाको तानसेन नगरपालिका–१० तेल्घा गणसालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने (डोल्पाली) को पहिरो र सोही सवारी साधनले च्यापिएको अवस्थामा आइतबार शव फेला परेको हो ।

पाल्पा जिप दुर्घटना : वेपत्ता दुवैको शव भेटियो 

सिक्टाको नहरकाे डिजाइन र गुणस्तरमा प्रश्न

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर र स्लोभ वर्षाका समयमा पटकपटक भत्किने गरेको छ । त्यसले डिजाइन र गुणस्तरमा शंका उब्जाएको छ । अहिले ढकेरी क्षेत्रको चंगाई नालानजिक भत्किएको छ ।

सिक्टाको नहरकाे डिजाइन र गुणस्तरमा प्रश्न

बजेट आउँछ, फिर्ता हुन्छ

नमुना औद्योगिक ग्राम स्थापना गर्न हरेक वर्ष घरेलु तथा साना उद्योग कार्यालयमा बजेट आउँछ । वर्षभरि काम हुन नसकेपछि त्यो पुन: फिर्ता हुन्छ । यस्तो प्रक्रिया २ आर्थिक वर्षदेखि निरन्तर छ ।

बजेट आउँछ, फिर्ता हुन्छ

ढिलो वर्षाले अझै रोपाइँ

आकाशे पानीको भर पर्दा जिल्लामा अहिलेसम्म ८४ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । यहाँका किसान अहिले पनि धान रोप्न खेतमै व्यस्त छन् । सिँचाइ नभएका ठाउँका किसानले आकाशे पानीको भर पर्नुपर्दा साउन आधासम्म पनि धान रोपिरहेका छन् ।

ढिलो वर्षाले अझै रोपाइँ

बन्दुकभित्रको सिर्जना

नेपाली सेनाको जागिर २४ घण्टे ड्युटी, एकछिन पनि फुर्सद नहुने । बन्दुक बोकेर कठोर बन्नुपर्ने पेसा । तर, तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरका ३२ वर्षीय लेखराज गिरी बन्दुकभित्रै सुन्दर सिर्जना गर्छन् ।

बन्दुकभित्रको सिर्जना

५० शय्याको अस्पताल भवन

जिल्लामा ५० शय्याको अस्पताल भवन निर्माण हुने भएको छ । अघिल्लो आर्थिक वर्षदेखि सदरमुकाम लिबाङको रेउघामा साढे २ तलाको भवन निर्माण थालिएको छ । अस्पतालकै जग्गामा भ्याटबाहेक २९ करोडमा भवन निर्माण सुरु गरिएको हो ।

५० शय्याको अस्पताल भवन