कर्णाली

Pradesh-6

भवन निर्माण अलपत्र

खलंगास्थित भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माण कार्य अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने भवन चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

भवन निर्माण अलपत्र
भाद्र ८, २०७५

कर्णालीका मन्त्रीहरुले भ्रमण भत्तामै सके ६ लाख

कर्णाली प्रदेश सरकारले पाँच महिनाको अवधिमा मुख्यमन्त्री/मन्त्रीहरुको दैनिक भ्रमण भत्तामै ६ लाख रुपैयाँ बढी खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार फागुनदेखि असार मसान्तसम्म मन्त्रीहरुले ६ लाख २ हजार २ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका हुन् । 

कर्णालीका मन्त्रीहरुले भ्रमण भत्तामै सके ६ लाख

विद्यालयमा स्थानीय पाठ्यक्रम

त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । सात वडाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि गाउँपालिकाले तयारी थालेको छ । पाठ्यक्रममा स्थानीय तहका गतिविधि पनि समावेश हुनेछन् ।

विद्यालयमा स्थानीय पाठ्यक्रम

सोलार पम्पिङबाट खानेपानी

बराहताल गाउँपालिका–५ स्थित चेपाङ बस्तीलाई दशकौंदेखि खानेपानीकै समस्याले पिरोलेको थियो । बस्तीदेखि करिब ९ सय मिटर तल मुहान हुँदा खानेपानी लिन बाटोमै समय बित्थ्यो ।

सोलार पम्पिङबाट खानेपानी

हाइकेयर युनिट सञ्चालन

बिरामीको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले ‘हाइकेयर युनिट’ सञ्चालनमा ल्याएको छ । युनिटमा उपचाररत बिरामीको २४ सैं घण्टा स्टाफ नर्सले रेखदेख गर्ने व्यवस्था मिलाइएको छ ।

हाइकेयर युनिट सञ्चालन

छायानाथमा घुइँचो

मुगमकार्मारोङ गाउँपालिकाको डोल्फुस्थित छायानाथ मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा जनैपूर्णिमाको दिनसम्म पूजाआजा हुने गरेको छ ।

छायानाथमा घुइँचो
भाद्र ७, २०७५

बाढीपहिरोले सास्ती वल्लोपल्लो गाउँ सम्पर्कविच्छेद

अविरल वर्षाका कारण भेरी नदीमा आएको बाढीका कारण खुइतेगौंडा जाने मोटरबाटो बन्द भएको छ । सडकमै बाढी पसेपछि आउजाउ बन्द भएको हो । त्यस्तै पहिरोका कारण दुनै–जुफाल र जुफाल–सुंपानी सडक अवरुद्ध भएको छ ।

बाढीपहिरोले सास्ती वल्लोपल्लो गाउँ सम्पर्कविच्छेद

बस्ती बन्यो बगर

बाँफिकोट गाउँपालिका ३, खारखोलाका बाढीपीडितले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । १५ वर्षअघिका बाढीपीडितलाई सरकारले बेवास्ता गरेपछि जीविकोपार्जनमा समस्या भएको छ ।

बस्ती बन्यो बगर

पुरुषले दर्ता गरे सम्बन्धविच्छेद मुद्दा

नयाँ मुलुकी देवानी कार्यविधि (संहिता) २०७४ अनुसार अदालतमा सम्बन्धविच्छेदको मुद्दा परेको छ । रुकुम जिल्ला अदालत मुसिकोटमा बाँफिकोट गाउँपालिकाका एक पुरुषले बुधबार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

पुरुषले दर्ता गरे सम्बन्धविच्छेद मुद्दा

४ स्थानीय तहमा प्राविधिक शिक्षा

जिल्लाका ८ मध्ये ४ स्थानीय तहमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन पाएलगतै प्राविधिक शिक्षा पढाइ सुरु हुने स्थानीय तहले जनाएका छन् ।

४ स्थानीय तहमा प्राविधिक शिक्षा

कर्मचारी भर्नामा मनपरी गरेको भन्दै क्याम्पसमा तालाबन्दी

क्याम्पस प्रशासनले कर्मचारी भर्नामा मनपरी गरेको भन्दै रारा बहुमुखी क्याम्पसका चन्दादाताहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

कर्मचारी भर्नामा मनपरी गरेको भन्दै क्याम्पसमा तालाबन्दी