सुदूरपश्चिम

Pradesh-7

प्रदेशसभा बैठक लगातार स्थगित

प्रदेश ७ को प्रदेशसभा बैठक सोमबार सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्ने भएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभा बैठक लगातार स्थगित

सीमा आउजाउ तथ्यांक छैन

धनगढीको मोहना नदीपारिको भारतीय बजार गौरीफन्टा केही वर्षअघिसम्म निकै गुल्जार हुन्थ्यो । सुदूरपश्चिम क्षेत्रका बासिन्दाको घरायसी प्रयोजनका सामान किनमेल गर्ने गौरीफन्टा प्रमुख बजार थियो ।

सीमा आउजाउ तथ्यांक छैन

कार्यालय खारेजीमा परेपछि कर्मचारी अन्योलमा

केन्द्र सरकारले जिल्ला सदरमुकामका साविकका विषयगत कार्यालय खारेजको सूचीमा राखेपछि कर्मचारीलाई हाजिरीको चिन्ता परेको छ । खारेजीमा परेका जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन, कृषि विकास, भू–संरक्षण, महिला तथा बालबालिकालगायत कार्यालयका कर्मचारीलाई हाजिरीको अन्योल भएको हो ।

कार्यालय खारेजीमा परेपछि कर्मचारी अन्योलमा

अटो व्यवसायी आन्दोलित

महेन्द्रनगरमा तीनपांग्रे अटो चलाउने व्यवसायीहरूले पटके कर वृद्धि गरेको भन्दै आन्दोलन गरे । उनीहरूले दोहोरो र कर वृद्धि भएको भन्दै गत साता आन्दोलन गरेका हुन् । व्यवसायीहरूले अटो सेवा बन्दसँगै बिहीबार आधा दिन यातायात सेवा पनि बन्द गराए ।

अटो व्यवसायी आन्दोलित

मुक्त कमैया अँध्यारोमा

टीकापुर नगरपालिका–१ स्थित मुक्त कमैया र सुकुम्बासी अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् प्राधिकरणले मुक्त कमैया र सुकुम्बासी बस्तीमा विद्युत् वितरण नगरेपछि उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

मुक्त कमैया अँध्यारोमा
श्रावण ६, २०७५

सरकार देशलाई अस्थिरतातर्फ लैजान खोज्दै : प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सरकारका पछिल्ला गतिविधिले देशलाई राजनीतिक अस्थिारतातर्फ धकल्ने संकेत देखिएको बताएका छन् । 

सरकार देशलाई अस्थिरतातर्फ लैजान खोज्दै : प्रकाशमान सिंह

ठेक्काले माछा मार्ने पेसा लोप हुँदै

कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीका ५५ वर्षीय मुन्ना सुनाहा माछा मारेरै परिवारको गुजारा चलाउँथे । उनी बिहानदेखि सांँझसम्म महाकालीको बगरमै भेटिन्थे । दिनमा ४/५ देखि ८/१० किलोसम्म माछा मारेर त्यसैबाट घरको नुनतेल, पिठो, चामल र तरकारीको जोहो गर्दै आएका थिए । तर अहिले विगत जस्तै माछा मार्न पाउँदैनन् ।

ठेक्काले माछा मार्ने पेसा लोप हुँदै

करको दर बढ्यो

कैलाली देवरियाका धनबहादुर चौधरी मोटरसाइकलको ब्लुबुक नवीकरण गर्न शुक्रबार यातायात व्यवस्था कार्यालय धनगढीमा पुगे । गतवर्ष यही महिना ४ हजार १ सय गोजीमा बोकेर नवीकरण गर्न गएका चौधरीलाई राजस्व फाँटका कर्मचारीले ८ हजार १ सय कर लाग्ने भनेपछि कामै नगरी घर फर्किए ।

करको दर बढ्यो
श्रावण ५, २०७५

कञ्चनपुरमा सामाजिक अपराध बढ्यो

कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षिया कविता विष्ट आइतबार मृत अवस्थामा फेला परिन । सातादेखि बेपत्ता उनी लालझाडी संरक्षित वनभित्रको अमखैया खोलामा मृत भेटिएकी थिइन् ।

कञ्चनपुरमा सामाजिक अपराध बढ्यो

सुध्रिएन दलितको दशा

गाउँमा दलितका लागि छुट्टै खानेपानीका कुवा र नाउला छन् । पानीट्यांकी बेग्लै छन् । हलिया, खलिया, हरूवा र डोली प्रथा कायमै छ । सामाजिक र सांस्कृतिक रूपमा चलेका कुप्रथाको अन्त्य हुन नसक्दा दलित समुदायको अवस्था फेरिन सकेको छैन ।सदरमुकाम र स्थानीय तहका केन्द्रमा छुवाछूत कम देखिए पनि सहज रूपमा दलितहरूले सबै ठाउँमा अझै प्रवेश पाउन सकेका छैनन् ।

सुध्रिएन दलितको दशा

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई छापामार शैलीमा काठमाडौं पुर्‍याएर अमानवीय व्यवहार गरेको भन्दै कांग्रेसले शुक्रबार प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

पाँच दिनमा एक अर्ब खर्च

गत आर्थिक वर्षको अन्तिम पाँच दिनमा कैलालीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले पुँजीगततर्फ एक अर्ब भुक्तानी गरेको छ । पुँजीगततर्फ खर्च भएको यो कुल बजेटको करिब २० प्रतिशत हो ।

पाँच दिनमा एक अर्ब खर्च