फिचर

Feature

अनिवार्य सवारी

करिब दुई वर्षसम्म सार्वजनिक यातायातमा आवतजावत गरेका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हिजोआज पार्टीले दिएको सवारी प्रयोग गर्छन् । सडकमा निस्कनेबित्तिकै पाउने र तोकिएको समयमा पुग्ने सार्वजनिक यातायात भए उनी विकल्प खोज्ने थिएनन् ।

अनिवार्य सवारी

आयातमै निर्भर स्पेयर पार्ट्स

सवारी साधनका लागि आत्यावश्यक स्पेयर पाटर््स आयातमै निर्भर हुने गरेको छ । मुलुकभित्रै स्पेयर पार्ट्स उत्पादन गर्ने चर्चा चले पनि यसले मूर्त रूप लिन सकेको छैन ।

आयातमै निर्भर स्पेयर पार्ट्स

सहज बन्दै सार्वजनिक सवारी

जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी सार्वजनिक यातायातमै यात्रा गर्छन् । स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा होस् या कपनस्थित पार्टी कार्यालय जान । उनी सधैं भाडाकै सवारीमा यात्रा गर्छन् । उनी कहिले टेम्पो र माइक्रोमा कोचिएर यात्रा गर्छन् भने कहिले ठूलो बसमा । पछिल्लो समय कोचिएर भए पनि ठूला बसमा यात्रा गर्न पाउँदा अलि सहज भएको उनी महसुस गर्छन् ।

सहज बन्दै सार्वजनिक सवारी

विद्युतीय सवारी अपरिहार्य पूर्वाधार

विद्युतीय सवारी साधन विस्थापित गर्ने समयसीमा तोकेका मुलुकको सूची अहिले लामो भइसकेको छ । छिमेकी भारतले पनि सन् २०३० सम्ममा आफ्नो देशमा बिक्री हुने सबै सवारी विद्युतीय हुनुपर्ने समयसीमा तोकिदिएको छ । चीनले पेट्रोल र डिजेलबाट चल्ने सवारी प्रतिबन्ध गर्ने तयारी गरिरहेको भए पनि उसले समयसीमा तोकेको भने छैन ।

विद्युतीय सवारी अपरिहार्य पूर्वाधार

सस्तिँदै सवारी कर्जा

डेढ/दुई वर्षदेखि महँगो ब्याजदर तिर्दै आएका सवारीधनीहरूले असोजपछि केही राहत पाउने भएका छन् । तरलताको अवस्था सहज भएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने भएपछि उपभोक्तालाई राहत हुने भएको हो । दसैंको अवसरमा फाइनान्समा सवारी साधन खरिद गर्न चाहने उपभोक्ताले अहिलेको भन्दा कम ब्याजदरमा ऋण पाउने अवस्था आउन लागेको हो ।

सस्तिँदै सवारी कर्जा

सवारी सुरक्षा

सन् २०१७ मा कारहरूका लागि साइबर सुरक्षा बजारको मूल्य ७८.४८ मिलियन अमेरिकी डलर थियो । यो बढ्दो क्रममा छ । एक अनुसन्धानअनुसार सन् २०२३ सम्म यो ५८६.१४ मिलियन डलर पुग्दै छ । पूर्वानुमान अवधि (२०१८–२०२३) मा कारको सुरक्षा बजार ४९ दशमलव ५ प्रतिशतले वृद्धि हुने बताइएको छ ।

सवारी सुरक्षा

प्रतिस्पर्धाले सुधार

सार्वजनिक यातायातमा खुला प्रतिस्पर्धाले सुधार निम्त्याएको छ । पहिलेको जस्तो थोत्रा गाडीमा यात्रा गर्नु पर्ने बाध्यता छैन । बसका कर्मचारीहरूको रूखो बोली र तानातानको झन्झट पनि कम भएको छ । नयाँ कम्पनीका बसहरूले आफ्ना कर्मचारीलाई पोसाक तोकिदिएका छन् भने यात्रुसँग शिष्ट भाषामा बोल्न तालिम नै दिएका छन् ।

प्रतिस्पर्धाले सुधार

कर्णालीमा ‘अफरोड’ गाडी

होटल व्यवसायी तर्कबहादुर शाही चिल्लो कार किन्न नसक्ने होइनन् । तर, उनको रोजाइमा कार कहिल्यै परेन । बरु तीनवटा ‘अफ रोड’ गाडी किनेका छन् । ‘कार किनेर के गर्नु, यहाँ चलाउने ठाउँ नै छैन,’ उनी भन्छन्, ‘त्यसैले आफू र पाहुनलाई समेत बोक्न मिल्ने कच्ची बाटोमा गुड्ने (अफरोड) गाडी किनेको छु ।’

कर्णालीमा ‘अफरोड’ गाडी

जग्गा कारोबारको भरोसा

आठ वर्षअघि बुटवलको कालिकानगरमा फोर्ड गाडीको सोरुम सञ्चालन गर्दा त्यसका प्रबन्ध निर्देशक योगेश घिमिरेलाई चल्छ कि चल्दैन भन्ने ठूलै त्रास थियो । झन्डै ५ करोडको लगानीमा उनले व्यवसाय सुरु गर्दै थिए । तत्काल नाफाभन्दा पनि बैंकबाट लिएको ऋणको ‘ब्याज’ चुक्ता गर्ने अर्को ठूलो चुनौती र चिन्ता थियो ।

जग्गा कारोबारको भरोसा

फैलँदो सडक सञ्जाल

सडक निर्माण विकासको पर्यावाचीजस्तै बनेको छ । सर्वसाधारणदेखि ठूला नेताको प्राथमिकतामा सडक परेको छ । मुलुकभर ट्रयाक खोल्नेदेखि कालोपत्रे गर्नेसम्मका विभिन्न चरणमा सडक निर्माण भइरहेका छन् ।

फैलँदो सडक सञ्जाल

सुदूरपश्चिममा गति लिँदै

दशकअघिसम्म  रिक्सा र साइकल चल्ने बजार भनेर चिनिथ्यो धनगढी । अहिले रिक्सा विस्थापित भएका छन् । पाइडल रिक्साको स्थान इरिक्साले लिएको छ । कैलाली कञ्चनपुरका व्यस्त बजारमा टयाक्सी गुड्न थालेका छन् । टयाक्सीको संख्या ३ दर्जन नाघेको छ ।

सुदूरपश्चिममा गति लिँदै

नाडा अटो प्रदर्शनीमा के छ ?

यस वर्षको नाडा अटो सो विद्युतीय सवारीमा केन्द्रित हुनेछ । यो पटक ५/६ वटा ब्रान्डले विद्युतीय सवारी प्रदर्शनीमा राख्ने नाडाका कार्यबाहक अध्यक्ष कृष्ण दुलालले बताए । सोमा ७१ कम्पनीका १ सय ३४ वटा स्टल रहनेछन् ।

नाडा अटो प्रदर्शनीमा के छ ?

दुर्घटनाको शृंखला

केही दिनअघि उदयपुर नगरपालिका ४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको टिपरको ठक्करले मृत्यु भयो । मोटरसाइकलमा सवार राई दाजुभाइलाई तीव्र गतिमा आएको टिपरले पूर्वपश्चिम राजमार्गको धारापानीमा किचेको थियो ।

दुर्घटनाको शृंखला

सेलिब्रिटीका सवारी

गाडी कसैका लागि सोख त कसैका लागि बाध्यता हो । सेलिब्रिटीका हकमा चाहिँ दुवै हुन सक्छ । रंगकर्मी राजन खतिवडा बाध्यताले गाडी किनेको बताउँछन् भने गायिका रेखा शाह सोखिनजस्तै छिन् । उनले अहिलेसम्म चारथरी ब्रान्ड र मोडलका कार फेरिसकिन् । अब चाँडै निसानको टेरानो किन्ने मनस्थिति बनाएकी छन् ।

सेलिब्रिटीका सवारी

यातायात : समृद्धिको पूरक

नेपालको सडकमा गुड्ने सबै प्रकृतिका सवारी साधन ३२ लाख २१ हजार ४२ पुगिसके । सडक ८८ हजार ३७ किलोमिटर छ । सडक र सवारी अन्तरसम्बन्धित भए पनि सवारीको वृद्धि तीव्र छ भने सडक विस्तार सुस्त छ । सवारी साधनकै व्यापार मुख्य पेसा बनाउने व्यवसायीको संख्या उल्लेख्य छ ।

यातायात : समृद्धिको पूरक

सवारीको सुरक्षा : बिमा

सवारी साधन चोरी हुने, हराउने, दुर्घटनालगायत जोखिम सुरक्षण गर्ने एक मात्र विकल्प हो ‘मोटर बिमा’ । मोटर बिमामार्फत धेरै प्रकारका जोखिम सुरक्षण गर्न सकिन्छ । यही कुरा बुझेरै पछिल्लो समयमा मोटर बिमा गर्नेको जमात बढेको छ ।

सवारीको सुरक्षा : बिमा