कोसेली

Koseli

दंगल मनोविज्ञानको मार

रिडर्स झापाद्वारा काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवका अन्तरक्रियाहरूमा खुला बहसको राम्रो अभ्यास भयो । चैतन्य मिश्र सरको ‘की नोट स्पिच’ बाट प्रारम्भ भएको उत्सवका केही छलफल निकै विचारोत्तेजक थिए । भुपाल राई, हेमन यात्री र चन्द्रवीर तुम्बापोले साहित्यमा जनजातीय चेतनाबारे छलफल गरे ।

दंगल मनोविज्ञानको मार

के ट्वीटर डुब्दै छ ?

केही महिनायता ट्वीटर चर्चाको केन्द्रमा रहयो । यसरी चर्चामा रहनु हरेक कम्पनीको सपना हुन्छ । राजनीतिज्ञ, कर्पोरेटका हाकिमहरू, अधिकारवादी र आम मानिससम्म सबै जना अमेरिकी राष्ट्रपतिको नयाँ ट्वीट पढ्न यस प्ल्याटफर्ममा झुम्मिरहन्छन् ।

के ट्वीटर डुब्दै छ ?

आफैंलाई दोहोर्‍याउँदै

सबैका लागि एउटै कुरा मनोरञ्जन हुन सक्छ ? वा फरक किसिमका मानिसका लागि मनोरञ्जनका खुराक पनि फरक हुन्छन् ? ‘भद्रगोल’ र ‘तीतो सत्य’ जस्ता सिरियल वा ‘छक्का पञ्जा’ जस्ता फिल्मका जोक, टुक्का नै सबैका लागि मनोरञ्जन हुन्छन् ? वा मानिसको विचार, भावना र संवेदनालाई छुने, हल्लाउने कुराले कसैलाई मनोरञ्जन दिन्छ ? यी यस्ता प्रश्न हुन्, जसको उत्तर एकै वाक्यमा दिन सकिंदैन ।

आफैंलाई दोहोर्‍याउँदै

‘केन्या पथ’ को भय

भारतीय भूमिमा १९९६ मा भएको विश्वकप क्रिकेटको प्रभावबाट नेपाल पनि अछुतो थिएन । भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा क्रिकेटको सबैभन्दा ठूलो इभेन्ट गरेका थिए । बंगलादेश अझै यो स्तरमा आइसकेको थिएन । धेरैले मान्छन्– स्याटेलाइटको माध्यमबाट उक्त विश्वकपले नेपाली क्रिकेटमा ठूलै तरङ्ग ल्यायो ।

‘केन्या पथ’ को भय

सुदूरको सान

फागुन २७ र २९ गतेको पर्खाइमा छन्, नेपाली क्रिकेट खेलाडी र प्रशंसक । त्यसको कारण हो, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्याको प्रतिस्पर्धा । त्यो पनि घरेलु मैदानमा । च्याम्पियनसिपमा आठ देश छन्, यसबाट शीर्ष चार टिम विश्वकप छनोटमा पुग्नेछन् । त्यससमा पुग्न नेपाललाई केन्यासँगको नतिजा महत्वपूर्ण हुनेछ ।

सुदूरको सान

मानवशास्त्रीय दृष्टिमा रंगमञ्च

शिल्पी थिएटरको गोठाले नाटकघरमा माघ ६ गतेदेखि २९ गतेसम्म डा. शिव रिजाल लिखित र घिमिरे युवराजद्वारा निर्देशित नाटक ‘दीक्षान्त’ मञ्चन भयो । शिल्पी थिएटरका अध्यक्ष कुमार आलेका अनुसार ३ हजार ५ सय जति दर्शकले यो नाटक हेरे ।

मानवशास्त्रीय दृष्टिमा रंगमञ्च

६८ वर्षपछि बेस्टसेलर !

इतिहासले कहिलेकाहीँ नराम्ररी झटारो हान्छ । त्यो प्रहारले कसैलाई दुख्न त दुखिहाल्दैन तर त्यसको अर्थचाहिँ गज्जबकै हुन्छ । कुनै विशेष याममा त्यस्ता अमूर्त प्रहारले बेलाबेला तरंग ल्याइरहन्छन् । नभए, लेखेको ६८ वर्षपछि जर्ज अरवेलको उपन्यास ‘नाइन्टिन एट्टी फोर’ प्रतिष्ठित अम्याजनडटकमको २०१७ को बेस्टसेलर लिस्टको नम्बर वानमा किन झुल्कन्थ्यो र ? वासिङ्टनपोस्टले किन लेख्थ्यो होला र, ‘ट्रम्पको शासन सुरुआतसँगै अरवेलको नाइन्टिन एट्टी फोरको बिक्री ९ हजार ५ सय प्रतिशतले बढ्यो ।’

६८ वर्षपछि बेस्टसेलर !

‘लद्दू छ जीवन’

अस्ति भर्खरै ३ फरवरीमा लेखक इन्द्रबहादुर (आईबी) राईको ९० औं बर्थडे उत्सव थियो । तर, उनलाई त्यसको उति हेक्का रहेनछ । बरु उनी पछिल्ला दिनहरूमा गत वर्ष अगस्ट २७ मा आफूलाई एक्ल्याएर गएकी श्रीमती मायादेवीका बारेमा धेरै सोचमग्न हुँदै दिन कटाउने गर्दा रहेछन् । बर्थडेको साइतमा सिलिगुढी, सालबारीवासी छिमेकी कवि ज्ञानेन्द्र खतिवडा, भविलाल लामिछानेसहितको टोली फूलमाला र मिठाई लिएर आईबी सरछेउ पुगेपछि मात्रै उमेरको हिसाब सुरु भएको रहेछ ।

‘लद्दू छ जीवन’

साइकल सिटीको सपना

हाम्रो छिमेकी देश चीनभन्दा धेरै टाढाका देशमा साइकल लोकप्रिय भएको कमैलाई थाहा छ । सन् २००० देखि २०१० सम्म अध्ययनको क्रममा जर्मनीमा बस्दा मैले त्यहाँका विभिन्न सहरहरू हेम्बर्ग, बर्लिन र मुनिख घुमेको थिए । जर्मनीका सहरहरूमा सइक्लिङ गर्नेहरू निकै छन् । तर जर्मनीभन्दा डेनमार्कमा व्यवस्थित छ यो ।

साइकल सिटीको सपना

रारा रहर

त्यस्तो ठाउँ सायदै होला जहाँ पुग्ने सबैले तारिफ गरून् । तर मुगुस्थित रारा ताल यस्तो छ, जो कोही यसको प्रशंसा नगरिरहनै सक्दैन । अझ यहाँ जलहाँसको विचरण हेर्न पाएका र वरिपरि जंगलमा कालिज, डाँफे, कस्तुरी र रतुवा देख्न पाएकाहरूको त कुरै बेग्लै ∕ नेपालकै ठूलो यस ताल १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

रारा रहर

प्रकृतिलाई प्रेम

फागुन पहिलो साताका पाँच दिन नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा बिताउने अवसर जुटयो । चिकित्सालयबारे सामान्य जानकारी चितवन र नवलपरासीका केही मित्रहरूबाट पहिले नै पाएको थिएं । अर्को एक जना साथीको पनि त्यहाँ जाने इच्छा थियो । यु ट्युबबाट सम्पर्क सूत्र र थप जानकारी मिल्यो ।

प्रकृतिलाई प्रेम

सावित्रीको ‘सविता’ सपना

गएको माघमा पोखरामा भएको नेपाल लिटरेचर फेस्टिबलमा म सहभागी भएको सत्र थियो, ‘नेपाली साहित्यमा महिला चित्रण ।’ लेखक रामलाल जोशी, सञ्चारकर्मी शिवानीसिंह थारू र मलाई सहजकर्ता प्रणिका कोयूले पहिलो प्रश्न सोधिन्, ‘नेपाली साहित्यका कुनचाहिं नारी पात्रले तपाईंहरूलाई छोएको छ ?’

सावित्रीको ‘सविता’ सपना

सम्बन्धविच्छेद : रहर हैन बाध्यता

अघिल्लो साता ‘कोसेली’ मा प्रकाशित पूर्ण पी राईको ‘पैसा र पारपाचुके’ शीर्षकको आलेखको लेखकीय दृष्टिकोणप्रति मेरा केही विमति छन् । उक्त आलेख एकपक्षीय भएकाले त्यसको सन्तुलनका लागि यो लेख तयार गरेको हुँ ।

सम्बन्धविच्छेद : रहर हैन बाध्यता

एक पुरुषको नारीवादी सूत्र

कोलम्बियाली आख्यानकार गाब्रियल गार्सिया मार्खेजको प्रसिद्ध कथा ‘आई अन्ली केम टु युज द फोन’ पढेपछि लामो समयसम्म मेरो हृदय तरंगित भइरह्यो । नारीको सार्वभौम दु:खको त्यो यस्तो हृदयविदारक कथा थियो जुन कम्तीमा मैले दस पटक पढेँ हुँला । त्यसपछि कति दिन म अरू केही पढ्न नसक्ने भएँ । बार्सिलोना फर्कन लाग्दा पार्लर जादुगर सेटुर्नोकी सुन्दरी पत्नी मारियाको भाडाको कार बिग्रन्छ ।

एक पुरुषको नारीवादी सूत्र