समाचार

News

सचिव सरुवाले उच्चस्तरीय बैठक प्रभावित, ओली बैठक छोडेर नेपाल फर्किंदै

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष मुलुकहरुको बैठकमा भाग लिइरहेका वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीको सरुवाले नेपालको प्रतिनिधित्व प्रभावित बनेको छ ।

सचिव सरुवाले उच्चस्तरीय बैठक प्रभावित, ओली बैठक छोडेर नेपाल फर्किंदै

महंगो निर्वाचनका कारण भ्रष्टाचार बढ्दो

‘निर्वाचन लोकतन्त्रको आत्मा हो र यो भ्रष्ट भयो भने राज्यको सबै तहमा भ्रष्टिकरण हुन्छ,’ पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेती भन्छन्, ‘दुर्भाग्यवस हामीकहाँ चुनाव निकै महंगो हुँदै गइरहेको छ ।

महंगो निर्वाचनका कारण भ्रष्टाचार बढ्दो

हात्तीको पुच्छर र चाँदीका गहनासहित दुई जना पक्राउ

प्रहरीले महत्तरीको बर्दिबास नगरपालिकाबाट हात्तीको पुच्छर र चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

हात्तीको पुच्छर र चाँदीका गहनासहित दुई जना पक्राउ

विभिन्न तहमा रहेका बिचौलियाका कारण तरकारीमा अस्वाभाविक मूल्यवृद्धि

हाल बजारमा तरकारीमा अस्वभाविक मूल्य वृद्धि भएको देखिएको छ । स्थानीय किसानसंग खरिद गरेर शहरमा ग्राहकको भान्छासम्म पुर्‍याउने मूल्य बिचौलियाले नै तोक्ने कारणले नै तरकारीमा अस्वाभाविक मूल्यवृद्धि भएको हो ।

विभिन्न तहमा रहेका बिचौलियाका कारण तरकारीमा अस्वाभाविक मूल्यवृद्धि

‘चुनावलगत्तै नेपालमा कम्युनिस्ट शासन आउँछ'

वाम गठबन्धनका शीर्ष नेता केपी ओली र पुष्पकमल दाहालले चुनावलगत्तै देशमा कम्युनिस्ट शासन आउने दाबी गरेका छन् । गोरखा क्षेत्र नं. २ को पालुङटारमा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले बुधबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले यस्तो बताएका हुन् ।

‘चुनावलगत्तै नेपालमा कम्युनिस्ट शासन आउँछ'

‘पैसाको चलखेलमा आयोगको चासो’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा पैसाको चलखेल बढी नहोस् भन्नेतर्फ आयोगको चासो रहेको बताएका छन् । उनले त्यसमा आयोग एक्लैले नसक्ने भएकाले सरकार निकायहरु, नागरिक समाज र मिडियाको पनि प्रमुख भूमिका रहने बताए ।

‘पैसाको चलखेलमा आयोगको चासो’

निर्वाचन सुरक्षाबारे गम्भीर हुन सुरक्षा अधिकारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले केही समययता निर्वाचनविरोधी गतिविधि बढ्न थालेको भन्दै सुरक्षा निकायलाई यस विषयमा गम्भीर हुन निर्देशन दिएका छन् ।

निर्वाचन सुरक्षाबारे गम्भीर हुन सुरक्षा अधिकारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

सरकारको संरक्षणमा उम्मेदवारमाथि आक्रमण : एमाले

नेकपा (एमाले)ले उम्मेदवारहरुमाथि आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै सुरक्षा दिन सरकारसँग माग गरेको छ ।

सरकारको संरक्षणमा उम्मेदवारमाथि आक्रमण : एमाले

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार बिहान भ्रष्टाचारमा संलग्न रहेको भन्दै छानविनको लागि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती सबै हिसाबले सम्पन्न छ— काठमाडौंको ८ नम्बर क्षेत्र ।

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

महेश आचार्यलाई मोदीको टक्कर

कम चर्चामा आउने, सञ्चारमाध्यममा कम छाउने कांग्रेस नेता एवं पूर्वमन्त्री महेश आचार्यले आफूले चाहेजस्तो काम गर्न नसकेको मतदातासमक्ष बताइरहेका छन् । यो उनको स्वीकारोक्ति हो । मोरङ ४ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार भएका आचार्यले बाँकी विकासका काम गर्न निर्वाचनमा होमिएको बताए ।

महेश आचार्यलाई मोदीको टक्कर

भोट तान्न आरोप–प्रत्यारोप

संसदीय निर्वाचनमा दोलखामा असफल हुँदै आएको कांग्रेसले पटकपटक वामपन्थीलाई जिताएकैले विकासमा पछि परेको आरोप लगाउँदै यही विषयलाई चुनावी प्रचार बनाइरहेको छ ।

भोट तान्न आरोप–प्रत्यारोप

मोरङ ३ मा कटाक्षमा उत्रिए उम्मेदवार

एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकाल र कांग्रेस उम्मेदवार मेडिकल कलेज सञ्चालक सुनील शर्मा आमनेसामने हुँदा मोरङ ३ को चुनावी माहोल रोचक बन्दै छ ।

मोरङ ३ मा कटाक्षमा उत्रिए उम्मेदवार

प्रदेश राजधानी कहाँ–कहाँ ?

संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय नेताहरु आफ्नो राजनीतिक क्षेत्र र पायकका सहरलाई राजधानी बनाउने लबिइङ गरिरहेका छन् भने कतिपय उम्मेदवारले त यसलाई चुनावी मुद्दामै राखेर मत मागिरहेका छन् ।

प्रदेश राजधानी कहाँ–कहाँ ?

प्रदेश २ को राजधानी वीरगन्ज कि बीचतिर ?

भूगोल हेर्ने हो भने प्रदेश २ का ८ जिल्लाको केन्द्रमा सर्लाही र महोत्तरीको सीमाभाग पर्छ । पूर्वमा सप्तरी र पश्चिममा पर्साबाट आउजाउ गर्न बीचमा पर्ने इलाका पनि यही हो । त्यसैले सर्लाहीका बासिन्दा संघर्ष समिति नै बनाएर जिल्लालाई प्रदेश २ को राजधानी बनाउने दबाबमा उत्रिएका छन् ।

प्रदेश २ को राजधानी वीरगन्ज कि बीचतिर ?

प्रदेश ३ का २४७ मतदानस्थल ‘अति संवेदनशील’

सुरक्षा निकायले प्रदेश ३ का १० जिल्लामा २ सय ४७ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रदेश ३ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले भौगोलिक विकटता, विगतमा भएको चुनावी झडप र माओवादीको विप्लव समूहको हिंसात्मक गतिविधिका कारण ती मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जानकारी दिए ।

बाबुराम-नारायणकाजी : सहयोद्धाको चुनावी संघर्ष

तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन् । बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन् । ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन् । ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ । ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।

बाबुराम-नारायणकाजी : सहयोद्धाको चुनावी संघर्ष

गौचन हत्या प्रकरणः मुख्य योजनाकार कहाँ होलान् ?

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

गौचन हत्या प्रकरणः मुख्य योजनाकार कहाँ होलान् ?