समाचार

News

बिमस्टेक सम्मेलनः परराष्ट्र सचिवस्तरीय बैठक सुरु

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल(खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएकाे छ । भदौ १४ र १५ मा हुने चौथो शिखर सम्मेलनमा छलफल हुने विषय र त्यसका बुँदा तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बसेकाे हाे ।

बिमस्टेक सम्मेलनः परराष्ट्र सचिवस्तरीय बैठक सुरु

राष्ट्रिय सभाका चारै समितिमा नेकपाको दाबी

सत्तारूढ दल नेकपाले राष्ट्रिय सभाका चारवटै संसदीय समितिको नेतृत्व आफैंले लिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका १६ मध्ये एक चौथाइ समितिको नेतृत्व दाबी गरे पनि नेकपा त्यसमा अनुदार देखिएको छ । 

राष्ट्रिय सभाका चारै समितिमा नेकपाको दाबी

कक्षा ११ र १२ को वार्षिक कार्यतालिका

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को भर्नादेखि परीक्षा र नतिजा प्रकाशनसम्मको वार्षिक कार्यतालिका बनाएको छ । बोर्डले पहिलोपटक भर्नादेखि परीक्षाफल सार्वजनिक गर्ने बेलासम्मको कार्यतालिका तय गरेको हो । 

कक्षा ११ र १२ को वार्षिक कार्यतालिका

मेयर/उपमेयरलाई कांग्रेसको निर्देशनः ‘जथाभावी कर नउठाऊ’

प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय सरकारले नै करको दर अत्यधिक वृद्धि गरेको भन्दै तत्काल घटाउन माग गरेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा नेताहरूले आफ्नो पार्टीबाट निर्वाचित मेयर र उपमेयरलाई जथाभावी कर नतोक्न र नअसुल्न निर्देशनसमेत दिएका छन् ।

मेयर/उपमेयरलाई कांग्रेसको निर्देशनः ‘जथाभावी कर नउठाऊ’

कर नबढाउन राजपाको निर्देशन

राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखलाई कुनै पनि बहानामा कर नबढाउन निर्देशन दिएको छ ।

कर नबढाउन राजपाको निर्देशन

शुक्रबारदेखि खसेको पहिरो रोकिएन, आज पनि  पृथ्वीराजमार्ग अवरुद्ध 

गत शुक्रबारदेखि निरन्तर गएको पहिरोले सोमबार साँझ पनि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । गल्छी गाउँपालिका–७ को उकालो मोडमा रातो र चिप्लो बगेपछि यातायात ठप्प भएको हो । 

शुक्रबारदेखि खसेको पहिरो रोकिएन, आज पनि  पृथ्वीराजमार्ग अवरुद्ध 

बिमस्टेक सम्मेलनः सुरक्षा नेतृत्व सेनाले गर्ने

बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो ।

बिमस्टेक सम्मेलनः सुरक्षा नेतृत्व सेनाले गर्ने

किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो ।

किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै

कांग्रेस टोली महेन्द्रनगरमा

निर्मला हत्या प्रकरणको स्थलगत वस्तुस्थिति बुझ्न कांग्रेस केन्द्रीय समिति टोलील महेन्द्रनगर आएर स्थलगत अध्ययन गरेको छ । प्रहरी अनुसन्धान क्रममा निर्दोष व्यक्तिलाई दोषी देखाएपछि आन्दोलन चर्केको टोलीको दाबी छ । आन्दोलनमा राजनीति भयो भन्ने अभिव्यक्तिसँगै उत्तेजित भएको उसको ठहर गरेको छ ।

कांग्रेस टोली महेन्द्रनगरमा

माइतीघरमा कुची र क्यान्डल !

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ ।

माइतीघरमा कुची र क्यान्डल !

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनस्र्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् ।  ‘मेरो गाउँवासी अहिले पनि मलाई देखेपछि टाढिएर हिंड्छन्,’ राधाले भनिन्, ‘विद्यालयमा पनि मेरो गाउँका कोही साथी मसँग बोल्दैनन् ।’

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?

मृत्यु भएका आफन्तलाई क्षतिपूर्ति र रोजगारी दिने सहमतिपछि ओखरपौवा शान्त 

ककनी गाउँपालिका-१ महालक्ष्मीस्थानमा गाडीको ठक्करले एक स्थानीयको मृत्यु भएको नौ घण्टापछि आन्दोलित स्थानीयबासी र सरोकारवाला निकायबीच दुई बुँदे सहमति  भएको छ । सहमतिसँगै आन्दोलन मथ्थर भएको छ ।  

मृत्यु भएका आफन्तलाई क्षतिपूर्ति र रोजगारी दिने सहमतिपछि ओखरपौवा शान्त 

कालिकोटको मोल्फोमा पहिरो, दुई घर भत्किए, एक सय ८ घर प्रभावित

गए रातिदेखिको अविरल वर्षाले कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ५ साविकको दाहा गाविसको वडा नं ३ मा पर्ने मोल्फामा भीषण पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट फुटेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय ८ घर प्रभावित भएका छन् । 

कालिकोटको मोल्फोमा पहिरो, दुई घर भत्किए, एक सय ८ घर प्रभावित

निर्णय बदरको माग गर्दै असन्तुष्ट पक्ष काठमाडौंमा

नेकपाको जिल्ला अध्यक्षमा पीताम्बर भुसालको नाम सिफारिस भएपछि पूर्वएमालेभित्र विवाद चुलिएको छ । भुसालको समर्थन र विरोधमा नेता/कार्यकर्ता दुई समूहमा विभाजित भएका छन् ।

निर्णय बदरको माग गर्दै असन्तुष्ट पक्ष काठमाडौंमा

बिमस्टेक  सुरक्षा पूर्वअभ्यास

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्‍याउन सोमबार पूर्वअभ्यास गरिएको छ । 

बिमस्टेक  सुरक्षा पूर्वअभ्यास

९ महिने बालिकाको अपहरणपछि हत्या

औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या भएको छ । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको हो । 

९ महिने बालिकाको अपहरणपछि हत्या

किशोरी हत्या प्रकरण : साँझ ६ बजेसम्म कर्फ्यू हटाइयो 

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन पश्चात् स्थानीय प्रशासनले महेन्द्रनगर बजार क्षेत्रमा लगाउदै आएको कर्फ्यू सोमबार साँझ ६ बजेसम्मका लागि हटाइएको छ । 

किशोरी हत्या प्रकरण : साँझ ६ बजेसम्म कर्फ्यू हटाइयो 

स्थानीय तहमा कर बारे कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दि‌ंदै

स्थानीय तहमा अब्यवस्थित ढंगले कर उठाएको गुनासो बढेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो दलबाट स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिको भेला बोलाएर प्रशिक्षण र अन्तरक्रिया आयोजना गरेको छ ।   

स्थानीय तहमा कर बारे कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दि‌ंदै

छोरी जोगाउनै मुस्किल

रुपन्देहीको कञ्चन गाउँपालिकास्थित मामाघर आएकी ७ वर्षीया ४ दिनअघि बलात्कारमा परिन् । जबरजस्ती करणी आरोपमा उनका मामाका साथी विकल पुन पक्राउ परेका छन् ।

छोरी जोगाउनै मुस्किल

विद्यालयको नयाँ पाठ्यक्रम स्वीकृत

अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको हो ।

विद्यालयको नयाँ पाठ्यक्रम स्वीकृत

परिचयपत्रकै भारी

गृह मन्त्रालयले गत भदौ १९ को निर्णय कार्यान्वयन गरेको भए यतिबेला सिंहदरबारभित्रका कर्मचारी र पाँचथरवासीका हातमा राष्ट्रिय परिचयपत्र भइसक्थ्यो । तर एक वर्ष बित्दा न सिंहदरबारका कर्मचारीले परिचयपत्र पाए न त पाँचथरवासीले ।

परिचयपत्रकै भारी

ठेक्का ओगट्दै, भाग्दै

सडक विभागको पुल महाशाखामा अहिले सबभन्दा धेरै आउने गुनासो हो, पुल समयमै बनेन । बनेका पुल पनि काम लाग्ने छैनन् । वर्षौंदेखि ठेक्का ओगटेर पुल नबनाउने प्रवृत्तिले सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

ठेक्का ओगट्दै, भाग्दै

पप्पु कन्स्ट्रक्सनको मनपरी: डुंगा दुर्घटना अलपत्र पुलले

लालबकैया नदीको टिकुलिया घाटमा डुंगा दुर्घटनापछि आइतबार बिहान घटनास्थलमा भेला भएका स्थानीय निकै आक्रोशित देखिन्थे । उनीहरू पुल निर्माण समयमै नसकिँदा यस्तो दुर्घटना बेहोर्नुपरेको भन्दै ठेकेदारलाई कारबाही माग गरिरहेका थिए ।

पप्पु कन्स्ट्रक्सनको मनपरी: डुंगा दुर्घटना अलपत्र पुलले

भारतीय सेनामा ४० वर्षअघिको एउटा 'झूटो' विद्रोह : न्याय खोज्दै गोर्खाहरु

करिब चालीस वर्षअघि सैनिक विद्रोहको ‘झूटो’ आरोपमा भारतीय सेनाबाट बर्खास्त गरिएका ४६ सैनिकका प्रतिनिधि बनेर केही वृद्ध राजधानी आइपुगेका छन् ।

भारतीय सेनामा ४० वर्षअघिको एउटा 'झूटो' विद्रोह : न्याय खोज्दै गोर्खाहरु