समाचार

News

चौधरीको ज्यान मुद्दाको कागजात पेस गर्न आदेश

सर्वोच्च अदालतले कैलालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीमाथि लागेको अभियोगलगायतका कागजात पेस गर्न आदेश दिएको छ ।

चौधरीको ज्यान मुद्दाको कागजात पेस गर्न आदेश

‘अमेरिकी सहयोगसँगै सहकार्य र लगानी’

अमेरिकी राजदूत अलैना बी. टेप्लिट्जले बलियो लोकतन्त्र, शान्ति, मानव अधिकार, शिक्षा र विकासका क्षेत्रमा अमेरिकाले नेपाललाई लगातार सहयोग गर्ने बताएकी छन् । लोकतान्त्रिक व्यवस्था मजबुत पार्न तथा शान्ति र समृद्धिका पक्षमा सहयोग जारी रहने भन्दै राजदूतले सहयोगसँगै सहकार्य र लगानीतर्फ पनि दुवै मुलुकको ध्यान जानुपर्ने सुझाइन् ।

‘अमेरिकी सहयोगसँगै सहकार्य र लगानी’

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर, १० लाख बिगो माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खङ्गबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा रु १० लाख घूस मागेको अभियोगमा आयोगले प्रक्राउ गरेको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर, १० लाख बिगो माग

राष्ट्रपतिलाई सरकारको आग्रह :‘अध्यादेश स्वीकृत होस्’

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरेर सत्ता हस्तान्तरण प्रक्रियालाई सहज बनाइदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

राष्ट्रपतिलाई सरकारको आग्रह :‘अध्यादेश स्वीकृत होस्’

निर्वाचन समीक्षा गर्न राप्रपाको नौ सदस्यीय समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ ।

निर्वाचन समीक्षा गर्न राप्रपाको नौ सदस्यीय समिति

बीस लाख लिएर महिला फरार

उत्तरी षडानन्द नगरपालिकाको दिङ्लामा एक महिला ठूलो रकम लिएर फरार भएकी छन् । षडानन्द नगरपालिका-८, दिङ्ला, निगुरेकी ३३ वर्षीय लक्ष्मी गुरुङले २० लाख रुपैयाँ लिएर फरार भएकी ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

बीस लाख लिएर महिला फरार

वाम गठबन्धनका नेताद्वयको माग, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

वाम गठबन्धनका नेताद्वयले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । रिपोटर्स क्लबमा मंगलबार भएको साक्षात्कारमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

वाम गठबन्धनका नेताद्वयको माग, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

ओलीद्वारा रसुवागढी नाकाको अवलोकन

नेकपा एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुले मंगलबार रसुवागढी नाकाको अवलोकन गरेका छन् । नेपाल र चीन जोड्ने मितेरी पुलमा पुगेर ओलीसहित एमाले नेताहरुले रेल आउने बाटोको अवस्थाबारे जानकारी लिएका हुन् । यही नाका भएर चिनियाँ रेल नेपाल प्रवेश गर्दैछ ।

ओलीद्वारा रसुवागढी नाकाको अवलोकन

वामदेव हारको कारण ‘भित्रिया र बाहिरिया’ अन्तर्विरोध

बर्दिया १ मा ४ महिनाअघिको स्थानीय तह निर्वाचनमा एमाले–माओवादीले पाएको मत कांग्रेसको भन्दा झन्डै दोब्बर थियो । यस्तोमा के जित सम्भव होला ? कान्तिपुरको प्रश्नमा कांग्रेस उम्मेदवार सञ्जय गौतमले भनेका थिए, ‘मैले हिम्मत हारेको छैन । किनभने, जनता कुनै पार्टी र नेताका पेवा होइनन् ।’

वामदेव हारको कारण ‘भित्रिया र बाहिरिया’ अन्तर्विरोध

राजनीतिक सहमतिका लागि दलहरुलाई निर्वाचन आयोगको आग्रह

प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालका संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार ओखलढुंगा सदरमुकाममा चुनावमा खटिएका कर्मचारीहरुलाई धन्यवाद दिंदै यादवले यस्तो आग्रह गरेका हुन् । केही कानुनी समस्या समाधान भइनसकेकोले आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न नसकेको बताए ।

राजनीतिक सहमतिका लागि दलहरुलाई निर्वाचन आयोगको आग्रह

चुनाव हारेका 'गुमनाम पूर्वउपप्रधानमन्त्री'

प्रतिनिधिसभा/प्रदेशसभा चुनावमा बहालवाला र पूर्व उपप्रधानमन्त्रीहरु एकपछि अर्को हारे । वामदेव गौतम, नारायणकाजी श्रेष्ठदेखि बहालवाला उपप्रधानमन्त्री कमल थापा, गोपालमान श्रेष्ठले पराजय भोगे । पराजित भएपछि पनि उनीहरु चर्चामा रहे तर पूर्वउपप्रधानमन्त्री बद्रिप्रसाद मण्डलले न त निर्वाचनकै बेला चर्चा पाए न त पराजित भएपछि नै ।

चुनाव हारेका 'गुमनाम पूर्वउपप्रधानमन्त्री'

चिसोले तराईको जनजीवन प्रभावित

तराईमा चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि यहाँ शीतलहरको प्रकोप छ । चिसो स्याँठ, बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । आइतबार १० देखि १३ डिगिबवीच रहेको महोत्तरीको तापक्रम सोमबार विहान ८ डिग्रीमा झरेको छ । यस्तै ३ किमि प्रति घंण्टाको दरले चलको पश्चिमी स्याँठले जनजीवन थप अस्तव्यस्त पारेको छ ।

चिसोले तराईको जनजीवन प्रभावित

धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट ३२ लाख सहयोग

नेपालमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माणमा लागिपरेका धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाको पर्थबाट ४० हजार डलर (करिब ३२ लाख रुपैयाँ) सहयोग जुटेको छ । पश्चिम अष्ट्रेलियाको पर्थमा रहेको वि केयर नेपाल पर्थ अष्ट्रेलिया नामको संस्थाको पहलमा उनीहरुलाई उक्त सहयोग रकम जुटाइएको हो ।

धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट ३२ लाख सहयोग

रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु गरेको छ । पोखरीको छेउमा पर्खाल निर्माण धमाधम छ । रोडा, सिमेन्टजस्ता परम्परागत सामग्री पोखरी वरिपरि थुपारिएका छन् ।

रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

केबुलकार लाइसेन्स ओगट्ने होड

प्रस्ट कानुन नहुँदा जलविद्युत् आयोजनाका लागि खोला ओगटेजस्तै निजी कम्पनीहरूबीच केबुलकार (रज्जुमार्ग) सञ्चालन गर्ने भन्दै भीरपहरा ओगट्ने होड सुरु भएको छ । कतिपय ठाउँमा त दुईतीनवटा कम्पनीले एउटै ठाउँमा केबुलकार सञ्चालन गर्न दाबी गरेका छन् । त्यति मात्र होइन, कतिपय कम्पनीका प्रस्ताव सुन्दा नै अस्वाभाविक लाग्छन् ।

बनिनसक्दै भत्कियो सडक

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक बनिनसक्दै भत्किएको छ । चार वर्षअघि विस्तार थालिएको कमलविनायक भत्केको पाटी–नगरकोट सडकखण्डको करिब १६ किमि मुख्य सडक विस्तारमा ढिलाइसँगै ठेकेदारको लापरबाहीका कारण सडक किनारामा लगाएको नाली पर्खाल भत्किएको छ ।

प्रदेश १ को राजधानी कहाँ ?

प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने यकिन नहुँदा अन्योल बढेको छ । विराटनगर, इटहरी वा अरू कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न जिल्लामा राजधानी बनाइनुपर्ने मागसहित प्रदर्शन भएका छन् ।

प्रदेश १ को राजधानी कहाँ ?

चामलमा पोषक तत्त्व मिलाइने

सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

 चामलमा पोषक तत्त्व मिलाइने

२ प्रहरीविरुद्ध मुद्दा दायर

५० हजार रुपैयाँ घूससहित पक्राउ परेका गोंगबुका प्रहरी निरीक्षक हरिहर सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले सुनुवारसहित घूस उठाउने काममा संलग्न प्रहरी जवान वीरेन्द्रबहादुर बमविरुद्ध समेत मुद्दा दायर गरेको हो ।

तापक्रम घट्दै

भारतको राजस्थान, पन्जाब तथा हरियाणाबाट पश्चिम नेपाल हुँदै आएको बाक्लो हुस्सु/कुहिरोले तराईको वायुमण्डल ढाकेसँगै केही दिनदेखि शीतलहर सुरु भएको छ ।

छिमेक नीति प्राथमिकतामा : चीन

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का शक्तिशाली नेता तथा ‘चाइनिज एकेडेमी अफ दि सोसियल साइन्स’ का सभापति वाङ वेगुवाङले आगामी ३० वर्षमा चिनियाँ नेतृत्वले विश्वकै राजनीतिमा आफ्नो वर्चस्व राख्ने बताएका छन् । छिमेक नीति चीनको प्राथमिकतामा रहेको पनि उनले प्रस्ट पारे ।‘सन् १८५० सम्म चीन सम्पन्न तथा आधुनिक शक्तिशाली मुलुक बन्नेमा दुईमत छैन,’ गत असोजमा सम्पन्न सीसीपीको १९ औं राष्ट्रिय कंग्रेसमा प्रस्तुत धारणाबारे चिनियाँ दूतावासद्वारा राजधानीमा आयोजित अन्तरक्रियामा उनले भने ।

छिमेक नीति प्राथमिकतामा : चीन

दलहरुबीच सहमति कुर्दै निर्वाचन आयोग, समानुपातिकको परिणाम दिन ढिलाई

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेजस्तो भएको छ । समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणासमेत गर्न सकेको छैन ।

दलहरुबीच सहमति कुर्दै निर्वाचन आयोग, समानुपातिकको परिणाम दिन ढिलाई

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ ।

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास