समाचार

News

कुनै काँडाले कोर्दैन प्रेस स्वतन्त्रता : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भदौ १ देखि लागू हुने फौजदारी संहिता र देवानी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित नबनाउने दाबी गरेका छन् ।

कुनै काँडाले कोर्दैन प्रेस स्वतन्त्रता : सञ्चारमन्त्री

दोहोरो कर नलिन भन्छौं : अर्थ सचिव

सरकारले दोहोर कर नलिन प्रदेश र स्थानीय तहलाई निर्देशन दिने भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहले दोहोरो कर उठाए खारेज हुने व्यवस्था संविधान र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा छ ।

दोहोरो कर नलिन भन्छौं : अर्थ सचिव

चार जिल्ला घुमाएर प्रसूति

सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो ।

चार जिल्ला घुमाएर प्रसूति

शिक्षामा २९५ उपसचिव कामविहीन

शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७ जना । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मन्त्रालयमा हाजिर गरेर घर फर्कन गरेका छन् । 

शिक्षामा २९५ उपसचिव कामविहीन

नेकपाका प्रवक्ता विश्वकर्माका छोराले दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।

नेकपाका प्रवक्ता विश्वकर्माका छोराले दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

सर्वोच्चद्वारा ढकाललाई सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चद्वारा ढकाललाई सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

भेरी–बबई डाइभर्सनको साढे ६ किमि सुरुङ खनियो, सबैभन्दा जोखिम स्थानमा पार

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) ले साढे ६ किमि सुरुङ खनेको छ । सुरुङ खन्दा सबैभन्दा बढी जोखिम मानिएको तोला खोला पार भएको छ ।

भेरी–बबई डाइभर्सनको साढे ६ किमि सुरुङ खनियो, सबैभन्दा जोखिम स्थानमा पार

विराटनगर बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । 

विराटनगर बम बिस्फोटको जिम्मा गोइत समूहले लियो

१६ वर्षदेखि यूएई जेलमा रहेका अमरलाई छुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण 

१६ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) जेलमा रहेका अमर बमलाई छुटाउन प्रधानमन्त्री केपी ओलीलाई परिवारले अनुरोध गरेका छन् । अमरका पिता कर्णबहादुरले आफ्नो छोरा निर्दोष रहेको भन्दै यथाशीघ्र रिहाईको लागि पहल थालिदिन अनुरोध गरेका हुन् ।

१६ वर्षदेखि यूएई जेलमा रहेका अमरलाई छुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण 

विराटनगर महानगरमा बम बिस्फोट, ८ जना नियन्त्रणमा [अपडेट]

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विस्फोट भएको हो । बिस्फोटमा कुनै मानवीय क्षति भएको छैन ।

विराटनगर महानगरमा बम बिस्फोट, ८ जना नियन्त्रणमा [अपडेट]

महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारी चलाउन रोक 

लगातारको वर्षापछि कञ्चनपुरको माहाकाली नगरपालिका–१० का विभिन्न टोलहरुमा बाढी पस्ने खतरा बढेको छ । यस्तै महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।

महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारी चलाउन रोक 

जीप दुर्घटनामा बालकको मृत्यु, चार घाइते 

तानसेनको व्यस्त बजारमा ब्रेक फेल भएको जीपले ठक्कर दिदा बगनासकाली गाउँपालिका–३ नायरनमतलेसका ११ महिने बालक निशान बस्यालको मृत्यु भएको छ ।

जीप दुर्घटनामा बालकको मृत्यु, चार घाइते 

जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव–निर्वाचित कार्यसमितिसँग आइतबार आज प्रधानमनत्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका : प्रधानमन्त्री 

नेपालसँगको सम्बन्ध राम र सीताको जमानाको हो : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचकाे सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । 

नेपालसँगको सम्बन्ध राम र सीताको जमानाको हो : भारतीय प्रधानमन्त्री मोदी

भ्रमण उदेश्य स्पष्ट नहुँदा जापानले प्रवेश दिँदैन नेपाली नेतालाई

जापान भ्रमण तथा यहाँ हुने कार्यक्रममा सहभागी हुन नेपालबाट आउने केही नेपाली नेता तथा सांसदहरुलाई प्रत्येक वर्ष जापान सरकारले  प्रवेश नदिएर विमानस्थलबाटै फिर्ता गर्ने गरेको छ ।

भ्रमण उदेश्य स्पष्ट नहुँदा जापानले प्रवेश दिँदैन नेपाली नेतालाई

चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख

‘ओहो यो त भगवान बुद्धको जन्मस्थल लुम्बिनी हैन र ! यस्तो पवित्र भूमिलाई पृष्ठभूमिमा राखेर फोटो खिचौँ न ।’ जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामाले गत शुक्रबार बेइजिङको मिन्चु होटलको लबिमा राखिएको लुम्बिनीको फोटोको फ्लेक्सदेखेपछि त्यसको अगाडि उभिएर फोटो खिच्ने रुचि देखाए ।

चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख

सार्वजनिक जग्गा ‘कब्जा’

प्रदेशका विभिन्न जिल्लाका सार्वजनिक जग्गा व्यक्ति र संस्थाले कब्जा गरिरहेका छन् । कसैले किर्ते गरेका छन् भने केहीले धार्मिक आस्थालाई आधार बनाएका छन् । पश्चिम नवलपरासीदेखि बर्दियासम्मै जग्गा कब्जाको शृंखला छ ।

सार्वजनिक जग्गा ‘कब्जा’

पटकपटक भत्किन्छ मूल नहर

राष्ट्रिय लगानीमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पहिलोपल्ट ०७३ असार १४ गते परीक्षण गरियो । त्यस क्रममा आयोजनाको अगैया ब्यारेजदेखि पश्चिमतर्फ पर्ने २६ किलोमिटर दूरीमा मूल नहर भत्कियो ।

पटकपटक भत्किन्छ मूल नहर

गोठमा सुत्दा मलेरियाको जोखिम

गोठमा सुत्दा खत्याड गाउँपालिकाको रिघा गाउँका स्थानीयमा मलेरिया संक्रमण बढेको पाइएको छ ।गोठमा लामखुट्टेले बढी टोक्ने र त्यसले मलेरिया फैलिएको चिकित्सकले बताए ।

गोठमा सुत्दा मलेरियाको जोखिम

कसुर गरे क्षतिपूर्ति भराइने

फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएका छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । ‘अपराधपीडितको हक’ कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो ।

कसुर गरे क्षतिपूर्ति भराइने

स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा

गुल्मीको मालिका गाउँपालिका–५, छापहिलेकी २८ वर्षीया गंगा खड्काले पढ्ने उमेरमा महिनावारीका कारण निकै समस्या झेलिन् । पीडा र हिंसा पनि उस्तै भयो । विद्यालयमा आफ्नै साथीसंगीले गिज्याए । त्यसको पीडामा धेरैपटक विद्यालय गइनन् ।

स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा