समाचार

News

अन्तत: पछि हटे कालीमाटी तरकारी बजारका व्यवसायी, बन्द हडताल नगर्ने प्रतिबद्धता

तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै संषर्घका सबै कार्यक्रमहरु अन्त गरेको जनाएका छन् । अनुगमन कार्यमा सहयोग गरी बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

अन्तत: पछि हटे कालीमाटी तरकारी बजारका व्यवसायी, बन्द हडताल नगर्ने प्रतिबद्धता

कञ्चनपुर घटनाको मिहीन छानबिन गर : नेकपा

सत्तारूढ दल नेकपाले कञ्चनपुरकी निर्मला पन्तको हत्या घटनाको मिहीन छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

कञ्चनपुर घटनाको मिहीन छानबिन गर : नेकपा

लालबकैयामा डुंगा पल्टियो, ३५ बढी बेपत्ता, १२ जना पौडिएर बाँचे [अपडेट]

गौर नगरपालीका ४ स्थित टिकुलिया घाटमा शनिबार साँझ लालबकैया नदीमा आएको बाढीले डुंगा बगाएको छ । डुंगामा ४० जनाभन्दा बढी सवार थिए । त्यसमध्ये १२ जना पौडिएर बाहिर आएका छन् । बाँकी बेपत्ता छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

लालबकैयामा डुंगा पल्टियो, ३५ बढी बेपत्ता, १२ जना पौडिएर बाँचे [अपडेट]

संविधान बाहिर रहेकालाई मूलधारमा ल्याउन वार्ता समिति गठन

सरकारले संविधानभन्दा बाहिर रहेका राजनीतिक दल तथा समूहहरूलाई शान्तिपूर्ण मूलधारमा ल्याउन पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।

संविधान बाहिर रहेकालाई मूलधारमा ल्याउन वार्ता समिति गठन

किशोरी हत्या प्रकरणः शुन्यबाट अनुसन्धानमा जुट्यो प्रहरी

१३ वर्षीया किशोरीका बलात्कारपछि हत्या भएको घटनाको कञ्चनपुर प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको छ । घटना भएका दिन किशोरी पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई नियन्त्रणमा लिएर घटनाका सुरुबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । 

किशोरी हत्या प्रकरणः शुन्यबाट अनुसन्धानमा जुट्यो प्रहरी

कर्णाली मन्त्रिपरिषद् बैठक पनि कागजविहीन

कर्णाली प्रदेश सरकारले पनि मन्त्रिपरिषद् बैठक ‘पेपरलेस’ (कागजविहीन) गर्न सुरुआत गरेको छ । कर्णालीलाई डिजिटल प्रदेश निर्माण गर्ने उद्देश्यले शनिबारको मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ गरिएको हो । मन्त्रिपरिषद्को पहिलो बैठकले डिजिटल प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो ।

कर्णाली मन्त्रिपरिषद् बैठक पनि कागजविहीन

कञ्चनपुरबाट फिर्ता बोलाइएका एसपी विष्ट निलम्बित 

गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कञ्चनपुरबाट फिर्ता बोलाइएका एसपी विष्ट निलम्बित 

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दे ओलीले उक्त धारणा राखेका हुन् । 

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

कांग्रेस महासमिति बैठक दुई महिनापछि सर्‍यो

अन्तत: कांग्रेस महासमिति बैठक दुई महिनापछि सरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले महासमिति बैठक मंसिर ५ देखि ९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । यसअघि वैशाख १६ को केन्द्रीय कार्यसमितिको बैठकले नै भदौ महिनाभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । 

कांग्रेस महासमिति बैठक दुई महिनापछि सर्‍यो

कञ्चनपुरमा सर्वपक्षीय बैठकद्वारा ४ बुँदे सहमति, कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालयले किशोरी बलात्कार र हत्याको घटनालाई लिएर चर्किएको आन्दोलन शान्त बनाउने प्रयासस्वरुप सरोकारवाला पक्षसँग छलफल गरी ४ बुँदे सहमति गराएको छ । 

कञ्चनपुरमा सर्वपक्षीय बैठकद्वारा ४ बुँदे सहमति, कर्फ्यु जारी

पहिरोको पिरलोः दिनभरी घरमा, रातभरी अन्तै

दिनभरी जहाँ भए पनि बासलाई आफ्नो घर आउनुपर्नेमा दोलखा सुन्द्रावतीका बासिन्दा भने रात परेपछि घर छाडेर अन्यत्रै बस्न जान्छन् । 

पहिरोको पिरलोः दिनभरी घरमा, रातभरी अन्तै

किशोरी हत्या प्रकरणः भीमदत्तमा आज पनि कर्फ्यू कायमै

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा शुक्रबार रातिदेखि लगाएको कर्फ्यू शनिबार पनि कायमै छ । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्नेको सहि पहिचान गरी कारबाही गर्न माग गर्दै गरिएको आन्दोलन एकाएक हिंसात्मक बनेपछि स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो । 

किशोरी हत्या प्रकरणः भीमदत्तमा आज पनि कर्फ्यू कायमै

किशोरी हत्या प्रकरणः स्थिति साम्य बनाउन सर्वदलीय छलफल

कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा शनिबार बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । 

किशोरी हत्या प्रकरणः स्थिति साम्य बनाउन सर्वदलीय छलफल

सरकारी सम्पत्ति लक्षित अाक्रमण हुँदा कञ्चनपुरमा दुखद् घटना : गृह मन्त्रालय 

किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि दुखद् घटना भएको गृह मन्त्रालयले जनाएको छ । 

सरकारी सम्पत्ति लक्षित अाक्रमण हुँदा कञ्चनपुरमा दुखद् घटना : गृह मन्त्रालय 

सडक विस्तार मुआब्जा: सरकारद्वारा आदेश पुनरावलोकन माग

सडक विस्तार गर्दा मुआब्जा दिनु भनी सर्वोच्च अदालतले गरेको परमादेश पुनरावलोकन गर्न सरकारले माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अदालतबाट तथ्यहीन विषयलाई आधार मानी आदेश जारी भएको तर्क गर्दै पुनरावलोकन मागसहित सर्वोच्चमा निवेदन दर्ता गरेको हो ।

सडक विस्तार मुआब्जा: सरकारद्वारा आदेश पुनरावलोकन माग

शिक्षक कतै शून्य, कतै बढी

देशका २ हजार ५ सय ५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५ सय ४ विद्यालयमा शिक्षक दरबन्दी छैन । ३ हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ ।

शिक्षक कतै शून्य, कतै बढी

अझै तारपुलकाे भर

उनको घर र स्कुल त्रिशूली वारिपारि छ । सजिलै नदी तर्न ४५ मिनेट हिँडेपछि मात्रै झोलुंगे पुल भेटिन्छ । जोखिम मोलेर तुइनबाट पारि तरे १० मिनेटमै स्कुल पुगिन्छ ।

अझै तारपुलकाे भर

कांग्रेस बैठक अड्कियो भागबन्डामा

प्रमुख प्रतिपक्षी कांग्रेसको कार्यसम्पादन समिति गठनमा भागबन्डा नमिल्दा शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन । बैठक शनिबारका लागि सारिएको छ ।

कांग्रेस बैठक अड्कियो भागबन्डामा

कालोझन्डा देखाउँदा पक्राउ

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालोझन्डा देखाउने चार जना शुक्रबार पक्राउ परेका छन् । प्रहरीले उनीहरूविरुद्ध राज्यविप्लव मुद्दा दायर गर्ने तयारी गरेको छ ।

कालोझन्डा देखाउँदा पक्राउ

कांग्रेसमा शशांक भर्सेस शेखर

विराटनगरको कोइराला निवासमा एउटा कालो रंगको कुर्सी छ । हेर्दा सामान्य लागे पनि यसले कोइराला परिवारको विरासत झल्काउँछ । यो कुर्सीमा लामो समय गिरिजाप्रसाद कोइराला बसे । उनको निधनपछि सुशील कोइराला यो कुर्सीमा बस्न थाले ।

कांग्रेसमा शशांक भर्सेस शेखर

तरकारीमा सिन्डिकेट: होलसेल मूल्य नै फरक

तरकारीको मूल्य होलसेलमै ठाउँपिच्छे फरक भेटिएको छ । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरक–फरक मूल्य राखेर बेच्ने गरिएको छ ।

तरकारीमा सिन्डिकेट: होलसेल मूल्य नै फरक

अनुमति नलिएको भन्दै पूर्वबाल सैनिकलाई विमानस्थलमा रोक

विदेश जान लागेका तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरेको छ । माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार बिहान विमानस्थलबाट फिर्ता गरेको हो ।

अनुमति नलिएको भन्दै पूर्वबाल सैनिकलाई विमानस्थलमा रोक