समाचार
भाद्र २६, २०७५

‘भारतले चित्त दुखाउनुको तुक छैन’

कूटनीतिक विश्लेषकहरूले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत रिसाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । यति कारणले नेपाल–भारत सम्बन्धमा कुनै असर नपर्ने उनीहरूको भनाइ छ । 

संविधान दिवसको विरोध गर्न राजपाको केन्द्रीय सकूर्लर

संघिय (केन्द्रीय) सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

'विष्टको डीएनए निर्मलाबाट लिइएको नमुनामा भेटिएको डीएनएसँग मेल खाएन'

२४ दिनअघि पक्राउ गरी घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्टलाई प्रहरीले जिम्मा जमानीमा छाडेको छ । 

मुख्यमन्त्री गुरुङको प्रस्तावः यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

बिमस्टेक महासन्धि अनुमोदित

राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतङ्कवाद तथा अन्तरदेशीय सङ्गठित र अवैध लागूऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

अरुलाई रोक्ने मन्त्री पण्डित आफैं विदेश सयर गर्दै 

जनप्रतिनिधिहरुलाई विदेश भ्रमणमा रोक लगाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफै विदेश सयर गर्दैछन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा १ देखि ५ असोजसम्म हुने ‘१७ औं वेस्ट्रन चाइना इन्टरनेशनल फेयर’ मा भाग लिन मन्त्री पण्डित भदौ ३१ मा पत्नी विमला महत, सहसचिव केदारप्रसाद पनेरु र स्वकीय सचिव मनोज राईलाई लिएर भ्रमणमा जान लागेका हुन् ।

कांग्रेस नेताहरुको दौडाहा विदेशमा पनि !

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको जनसम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा भाग लिन १० दिने युरोप भ्रमणमा निस्कने भएका छन् । 

छानबिन समितिका सदस्यले दिएकाे राजीनामा बारे छानबिन हुँदै : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले किशाेरी हत्याकाे अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्यले दिएकाे राजीनाममा बारे छानबिन गरिरहेकाे बताएका छन् ।

तथ्यांंकमा महिला: कहाँका अगाडि कहाँका पछाडि ?

मुलुकको कुल जनसंख्यामा महिलाको हिस्सा ५१ दशमलव ५ प्रतिशत छ । धेरैलाई चासो हुन सक्छ, महिला र पुरुषको असन्तुलन सबभन्दा धेरै कुन प्रदेशमा छ ?

खुट्टाको भरले पढाइ र संगीत

चार वर्षको उमेरमै करेन्ट लागेर रूपा रौतारले दुवै हात गुमाइन् । कुममुनि हात छैन । त्यसैले खुट्टाको सहारामा जीवन बिताइरहेकी छन् । खुट्टैले खाने र लेख्ने गर्छिन् ।

ADVERTISEMENT

‘उपचार सुरु नगरी रिफर गर्नु लापरबाही’

विषालु सर्पबारे विद्यावारिधि र सर्पदंश उपचारमा अनुसन्धान गरिरहेका देव पाण्डेले सर्पले डसेका बिरामीको उपचार सुरु नै नगरी रिफर गर्नु गम्भीर लापरबाही हुने बताएका छन् ।

सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर

माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन ।

आधारभूत शिक्षा नि:शुल्क

राप्ती गाउँपालिकाले आधारभूत तहको शिक्षा नि:शुल्क बनाएको छ । आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा नि:शुल्कको संवैधानिक व्यवस्था कार्यान्वयन हुन नसकिरहेका बेला गाउँपालिकाले भने यस्तो निर्णय गरेको हो ।

विद्यालय समायोजन नगर्न आदेश

उच्च अदालत दिपायलले कैलालीको घोडाघोडी नगरपालिकाले गरेको विद्यालय समायोजन र तह घटुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

खानीको जग्गा व्यक्तिको नाममा

सर्वोच्च अदालतको फैसलाका कारण खानी विभागको तीनकुनेस्थित एक रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । प्राकृतिक ग्यास उत्पादनको सम्भावना रहेको भन्दै २०४३ सालमा खानी तथा भूगर्भ विभागले अधिग्रहण गरेको जग्गालाई सर्वोच्चले ‘अधिग्रहण गरेको भन्न नमिल्ने’ ठहर्‍याई व्यक्तिका नाममा हुने फैसला गरेको हो ।

ADVERTISEMENT

किशोरी बलात्कार–हत्या छानबिन: समिति सदस्यद्वारा राजीनामा, ज्यानको सुरक्षा माग

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानबिन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ज्यानको सुरक्षा माग गरेका छन् ।

‘सुस्त’ बालिकालाई गर्भनिरोधक सुई

जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कंदै जाँदा आम शिशुभन्दा फरक देखिइन् । टाउको सानो, अनुहार चेप्टो अनि व्यवहार एकोहोरो । बिस्तारै बोल्न, हिँड्न या कुनै पनि प्रतिक्रिया जनाउन नसक्ने भइन् । चिकित्सा विज्ञानका अनुसार यस्तो अवस्था डाउनसिन्ड्रोम (बौद्धिक अपांगता) हो ।

चार किलोमा ठूलो पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण रातिदेखि नै उक्त सडक खण्ड अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार मंगलबार दिउँसाेसम्म यातायात संचालनमा अाउने सम्भावना न्यून छ ।

भुजुङमा भदौसभा

स्थान : क्व्होलासोंथर गाउँपालिका–४, भुजुङ गाउँबीचको ठाँटी । पात्र : गाउँले दृश्य : वरिपरि गाउँले । बीचमा तामाको ताउलो । ताउलोमा खुकुरी र पाती राखिएको छ । गाउँले पालैपालो ताउलो र खुकुरी समाउँछन् । अनि भन्छन्, ‘म साँचो बोल्छु । साँचोबाहेक केही बोल्दिनँ । झूटो बोलेको ठहरिए सहुँला, बुझाउँला ।’

पत्रकारलाई हत्कडी

प्रहरीले ललितपुरबाट प्रकाशित हुने ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा हत्कडी लगाएर पक्राउ गरेको छ ।

ADVERTISEMENT

फेरि किशोरी बलात्कृत

राजधानीको कीर्तिपुरमा ११ वर्षे किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा महानगरीय प्रहरी परिसर टेकुले कैलाली, घोडाघोडीका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको छ ।

कांग्रेस कार्यसमिति संख्यामा विवाद

कांग्रेस केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको छ । सहमति नभएपछि विधान संशोधन मस्यौदा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मस्यौदा मंगलबार केन्द्रीय समितिलाई बुझाउँदै छ ।

बारेकोटमा मोटो चामल किन्नै हानथाप

बारेकोट गाउँपालिकामा ३ महिनादेखि खाद्य अभाव देखिएको छ । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न सडक नहुनु, असिनाले हिउँदे बाली नष्ट र खाद्य संस्थानको डिपोमा चामल नहुँदा अभाव भएको हो ।