१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
हेलो शुक्रबार

Hello-sukrabar

ग्रिजमन पुस्ता

विश्वकप च्याम्पियन भएको टिमलाई फ्रान्सेली फुटबलको अर्को एउटा स्वर्णिम टिम मानिएको छ । मिसेल प्लाटिनी र जिनेदिन जिदानको टिमपछि यसलाई एन्टोइन ग्रिजमन पुस्ता मानिएको छ । युवा टिम भएकाले ग्रिजमन पुस्तालाई थप सफलता हात पार्ने अवसर पनि छ । मस्कोबाट राजु घिसिङ लेख्छन् :

ग्रिजमन पुस्ता

स्वतन्त्र प्रयास

बन्न त तीन करोडसम्मका फिल्म बन्न थालेका छन् तर अहिले नेपाली फिल्मको औसत बजेटचाहिँ एक करोड हो । निर्माताहरूका अनुसार प्रि–प्रोडक्सनदेखि रिलिजसम्म आइपुग्दा सालाखाला यति खर्च हुन्छ नै । शुक्रबारबाट ‘चक्कर’ नामक फिल्म प्रदर्शन भएको छ, यसको लगानीचाहिँ जम्माजम्मी १८ लाख रुपैयाँ हो ।

स्वतन्त्र प्रयास

विन्डोज टेनमा स्वीफ्ट की

माइक्रोसफ्टले एन्ड्रोइड र आईओएस डिभाइसमा जस्तै विन्डोज टेन प्रयोग हुने कम्प्युटरमा पनि स्वीफ्ट की फिचर सुरु गर्ने भएको छ । छिटो र अटो करेक्टसहितको टाइपका लागि प्रयोगकर्ताले स्वीफ्ट की रुचाउने गरेका छन् ।

विन्डोज टेनमा स्वीफ्ट की

स्काइपमा कल रेकर्डिङ फिचर

माइक्रोसफ्टको स्वामित्व रहेको एप्लिकेसन स्काइपमा नयाँ फिचर आउने भएको छ । माइक्रोसफ्टले अबको केही सातामै आफ्नो एपमा कल रेकर्ड फिचर राख्ने भएको हो । यो सेवा क्लाउड बेस हुने भएकाले रेकर्ड गरिएको कल जुनसुकै डिभाइसबाट पनि पहुँच गर्न सकिने कम्पनीले जनाएको छ ।

स्काइपमा कल रेकर्डिङ फिचर

आइप्याडमा फोटोसप

फोटोसप निर्माण कम्पनी एडोभ सिस्टमले आफ्नो सेवालाई आइप्याडमा पनि उपलब्ध गराउने भएको छ । कम्पनीले यही अक्टोबरमा आइप्याडमा उपलब्ध हुने फोटोसप सार्वजनिक गर्ने तयारी गरेको प्रकाशित समाचारहरूमा जनाइएको छ । आगामी वर्षदेखि मात्रै फोटोसप आइप्याडमा उपलब्ध हुनेछ ।

आइप्याडमा फोटोसप

नयाँ क्षेत्र

व्यावसायिक सीप र तालिममा सरकारी क्षेत्रबाट मात्रै वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । दाताको ऋण र अनुदानमा समेत सरकारले तालिम प्रदान गर्ने विभिन्न प्रोजेक्ट सञ्चालन गरिरहेका छन् । यी प्रोजेक्ट म्यानेजर भने आफ्नो योग्यता र क्षमताभन्दा पनि भनसुनको आधारमा नियुक्ति भइरहेका छन् । यस्ता संस्थाको नेतृत्व प्रशासनिक व्यक्तिले गरिरहेका छन् ।

नयाँ क्षेत्र

भर्चुअल मैदान

ई–स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक स्पोर्ट्स । विद्युतीय माध्यममा खेलिने खेलकुद गतिविधिले विश्वभर द्रुत गतिमा प्रभाव जमाइरहँदा नेपाल पनि अछुतो छैन । तर नेपालले विश्व बजारमा आफूलाई प्रतिस्पर्धामा उतार्न भने धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ । विश्वका ठूला राष्ट्रको कुल गार्हस्थ उत्पादनमै स्थान बनाइसकेको ई–स्पोर्ट्स नेपालमा भने मनोरञ्जनको माध्यम बन्नलाई संघर्ष गरिरहेको वर्तमान परिस्थिति छ ।

भर्चुअल मैदान

‘भूगर्भविद्’ का संसार

पछिल्लो समय जियोलोजी लिएर पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । त्यसमा पनि भूकम्पपछि जियोलोजी सबैको चासोको विषय बन्न पुग्यो । यही विषयको अध्ययन र काम गरिरहेकाहरुको अनुभव :

‘भूगर्भविद्’ का संसार
असार २९, २०७५

‘थर्ड ह्वील’

बाटोमा बिग्रिएको मोटरसाइकल जहाँको तहीँ बनाउन आउने, आफ्नो घर वा कार्यालयमै मोटरसाइकल सर्भिसिङका लागि लिन आउने भए कति जाती हुन्थ्यो ? उपत्यकामा मोटरसाइकल धनीको यो साझा इच्छा पूरा गर्ने उद्देश्य राख्छ– थर्ड ह्वील ।

‘थर्ड ह्वील’

नयाँ जोडी

स्टार किड’ लाई डेब्यु गराउन खप्पिस छन्, करण जोहर । नातावादलाई प्रश्रय दिएको भन्दै उनको आलोचना पनि हुन्छ । तर उनका ब्यानरबाट अभिनय सुरु गरेको जोकोहीले लोभलाग्दो ख्याति कमाएका छन् । वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्ट पछिल्लो उदाहरण हुन् ।

नयाँ जोडी

७ करोड ट्वीटर एकाउन्ट डिलिट

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दुई महिनामा ७ करोड एकाउन्टहरू डिलिट गरेको छ । वासिङ्टन पोस्टले छापेको खबरअनुसार सफ्टवेयरमार्फत स्वचालित रूपमा सञ्चालन रहेका, नक्कली एकाउन्टहरू डिलिट गरेको जनाइएको छ ।

७ करोड ट्वीटर एकाउन्ट डिलिट

जिमेलमा सुरक्षित रहने तरिका

गत साता अन्य कम्पनीहरूले जिमेल प्रयोगकर्ताको इमेल पढ्न सक्छन् भन्ने खबरले तरंग ल्यायो । वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको समाचारमा जिमेलबाहेक अन्य कम्पनीका डेभलपरहरूले प्रयोगकर्ताको इमेल पढ्न सक्ने दाबी गरिएको थियो ।

जिमेलमा सुरक्षित रहने तरिका

फेनिक्स ल्याउँदै मोजिल्ला

चर्चित ब्राउजर मोजिल्लाले आफ्नो नयाँ ब्राउजर सार्वजनिक गर्ने भएको छ । विशेषत: प्रविधिमा रुचि राख्ने समूहलाई लक्षित गरी सार्वजनिक गर्न लागिएको यो ब्राउजरको नाम फेनिक्स हुनेछ ।

फेनिक्स ल्याउँदै मोजिल्ला

नथाक्ने मान्छे कस्तो होला ?

मानिस दिनभरि दौडिँदा पनि थाकेन भने के हुन्छ ? वा जति घण्टा काम गर्दा पनि शरीर गलेन भने नि ? यो यस्तै परिकल्पनाका साथ म्यासाचुसेट्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मानव कंकालजस्तो देखिने नयाँ आवरण बनाइरहेका छन् जसलाई नाम दिइएको छ– एक्सोस्केलेटन ।

नथाक्ने मान्छे कस्तो होला ?

विश्वकप २०१८: फुटबलले रुसलाई दिएको खुसी

रुसलाई यसपल्टको विश्वकपमा कहीं न कहीं रोकिनु थियो, त्यो बाटो क्वाटरफाइनल रह्यो । क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै रुस प्रतियोगिताबाट बाहिरियो । तर एउटा तथ्य के सबैले मानेका छन् भने रुसी टिमले जुन यात्रा तय गरेको छ, त्यसले पूरा रुसलाई धेरै खुसी दिएको छ ।

विश्वकप २०१८: फुटबलले रुसलाई दिएको खुसी

विश्वकप २०१८: भाग्यमानी ब्राजिली टिम

ब्राजिली फुटबललाई लिएर एउटा समस्या के भने त्यहाँ जति पनि फुटबल प्रशंसक छन्, सबै प्रशिक्षक जत्तिकै छन् । ब्राजिलले केसरी खेल्नु पर्छ, सबैको आ–आफ्नो राय हुने गर्छ । ब्राजिल यसपल्टको विश्वकपमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । यस्तोमा डर थियो, टिमको चर्को आलोचना हुनेछ । प्रशंसकहरूको रिस हेरिनसक्नु हुनेछ ।

विश्वकप २०१८: भाग्यमानी ब्राजिली टिम

विश्वकप २०१८: ईपीएल र टोटनहमको कमाल

अब चाँडै हामीसँग हुनेछ, विश्वकप विजेता टिम । त्यस अगाडि सेमिफाइनल पुगेको चार टिमको आधारमा विजेताको एउटा अर्को विश्लेषण पनि त गर्न सकिन्छ । त्यसअनुसार सेमिफाइनल खेल्न चार टिममा सबैभन्दा बढी नौ खेलाडी टोटनहमका रहेछन् । त्यसपछि म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीका सात/सात खेलाडी ।

विश्वकप २०१८: ईपीएल र टोटनहमको कमाल

विश्वकप २०१८: पालो एनरिकेको

यसपल्ट स्पेनले विश्वकपमा लामो यात्रा तय गर्न नसक्नु पछाडि धेरै कारण हुन सक्छन् । त्यसमध्ये एक प्रमुख कारण हो, प्रतियोगिताको ठीक अगाडि प्रशिक्षक जुलेन लोपेटेगुईको बर्खास्ती ।

विश्वकप २०१८: पालो एनरिकेको

विश्वकप २०१८: हाँसोका पात्र म्याराडोना

मैदानमा डिएगो म्याराडोना जति राम्रा खेलाडी थिए, मैदान बाहिर उनको व्यक्तित्व उत्तिकै खराब रहने गरेको छ । अहिलेको विश्वकपमा पनि उनको व्यवहारलाई कसैले रुचाएनन् । कोलम्बियामाथि इंग्ल्यान्डले जित निकालेयता उनले भनिहाले, इंग्ल्यान्डले जित्नका लागि डाका डाले । अनि त्यस खेलमा रेफ्री रहेकालाई सक्दो गाली पनि गरे ।

विश्वकप २०१८: हाँसोका पात्र म्याराडोना

ढोकामै कवाडी

धेरैलाई थाहै होला, काठमाडौं उपत्यकाबाट मात्रै दैनिक १००० टनभन्दा बढी फोहर जम्मा हुन्छ । त्यसलाई वैज्ञानिक रुपले विसर्जन गर्न जहिले पनि हम्मेहम्मे परिरहेको छ । कवाडी बेच्नेलाई पनि सजिलो, संकलकहरुलाई पनि सजिलो र कवाडीवालाहरुलाई पनि सजिलो होस् भनेर बनाइएको एप हो, ‘कवाडी एट् योर डोरस्टेप’ ।

ढोकामै कवाडी

कीर्तिमानी ड्रेक

अहिले फुटबलको विश्वकप चलिरहेको स्थितिमा मनोरञ्जनको क्षेत्रबाट ठूलो समाचार के हुन सक्छ र ? हुन सक्छ, यी हुन्, क्यानाडेली हिपहप स्टार ड्रेक र उनको नयाँ एल्बम ‘स्कोरपियन’ । उनको यो पाँचौं एल्बम हो र यसले अहिले विश्व संगीतमा धुम मच्चाइरहेको छ, त्यो पनि रिलिजको एक साताभित्रै । यूएस चार्ट्समा त यसले तहल्का नै मच्चाएको छ भन्दा हुन्छ ।

कीर्तिमानी ड्रेक