समाचार

News

‘मुद्दा नै मन्त्री बन्ने योग्यता’

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले हत्या मुद्दा नै प्रदेशसभा सांसद अभिराम शर्माको राज्यमन्त्री बन्ने योग्यता रहेको बताएका छन् । 

‘मुद्दा नै मन्त्री बन्ने योग्यता’

डा. केसीको अनशन : वार्ता सकारात्मक 

चिकित्सा शिक्षा विधेयकलाई संसदभित्रैबाट टुंगो लगाउने र विधेयक संशोधनका क्रममा डा गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारले प्रयास गर्ने अनौपचारिक समझदारी भएको छ । मंगलबार रातिसम्मको समझदारी उल्टिएन भने बुधबार दुबै पक्षबीच सहमति हुने सम्भावना छ ।

डा. केसीको अनशन : वार्ता सकारात्मक 

कारागारभित्र विषजन्य वनस्पति सेवन गराएको खुलासा

नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ ।

कारागारभित्र विषजन्य वनस्पति सेवन गराएको खुलासा

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र : परीक्षा दुईतिर, सिम्बोल नम्बर एउटै

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गर्ने क्रममा रहेका कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीको दुई तहको परीक्षा र विद्यालय फरक–फरक भए पनि सिम्बोल नम्बर एउटै फेला परेको छ । जोशीले कानुनको प्रमाणपत्र तह (आईएल) पढ्न नेपाल ल क्याम्पसमा पेस गरेको विवरणमा यस्तो तथ्य फेला परेको हो ।  

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र : परीक्षा दुईतिर, सिम्बोल नम्बर एउटै

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति

त्रिभुवन विश्वविद्यालयमा पढाउन र अध्ययन अनुसन्धान गर्न नसक्ने शिक्षकहरू नै राजनीतिक नियुक्तिको प्राथमिकतामा पर्न थालेका छन् । कतिपय प्राध्यापकले अनुसन्धान केन्द्र ओगटेका छन् भने कतिपय अनुन्धाताका रुपमा कार्यरत छन् । 

त्रिविमा पढाउन नसक्नेहरूलाई नै राजनीतिक नियुक्ति

राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच भनाभन

को पहिले बोल्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच चलेको जुहारीका कारण मंगलबारको राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुन पुग्यो । 

राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच भनाभन

बालयौन दुराचारको आरोपमा दुई फ्रेन्च पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई फ्रान्सेली नागरिकलाई बालयौन दुराचारको आरोपमा पक्राउ गरेको छ ।

बालयौन दुराचारको आरोपमा दुई फ्रेन्च पक्राउ

नेपाली महिला बन्धक प्रकरणः वनारसमा पाँच पक्राउ

दलालले बन्धक बनाएको नेपाली महिलाको उद्धारका लागि वनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले घरमा छापा मारेको छ ।

नेपाली महिला बन्धक प्रकरणः वनारसमा पाँच पक्राउ

‘केन्द्रले प्रदेशको हातखुट्टा बाँध्यो’

कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १४५ मा भनिएको छ– १० वर्षभित्र कम्तीमा पाँच हजार मेगावाट क्षमताका आयोजनाको निर्माणकार्य अघि बढाइनेछ । १८ हजार मेगावाट जलविद्युत् क्षमता भएको कर्णाली प्रदेशमा उक्त आँकडा खासै ठूलो होइन ।

‘केन्द्रले प्रदेशको हातखुट्टा बाँध्यो’

सरकार विपक्षीलाई तर्साउने खेलमा लागेको नेता सिंहको आरोप

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकार राज्य आतंक सिर्जना गरी सर्वसाधारण र विपक्षीलाई तर्साउने खेलमा लागेको आरोप लगाएका छन् । प्रदेश ७ का पहाडी जिल्लाको भ्रमणका क्रममा डडेलधुरा आइपुगेका कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सरकारका पछिल्ला कदमले राज्य आतंक सिर्जना भइरहेको आरोप लगाएका हुन् ।

सरकार विपक्षीलाई तर्साउने खेलमा लागेको नेता सिंहको आरोप

डा. केसीका माग सम्बोधन गर्न आग्रह 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । 

डा. केसीका माग सम्बोधन गर्न आग्रह 

यसकारण हुन सकेको छैन प्राडा केसीसँग वार्ता

सरकारले अस्पतालमा आधारित अनशन जारी राखेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राडा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

यसकारण हुन सकेको छैन प्राडा केसीसँग वार्ता

कानुनमन्त्री तामाङद्वारा राजीनामा

कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले मन्त्रालयमा दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा पत्र बुझाइने बताए ।

कानुनमन्त्री तामाङद्वारा राजीनामा

डा‌. केसीको अनशनमा अरुले नै राजनीतिक रोटी सेकेको प्रधानमन्त्रीको दाबी 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले डा. गोविन्द केसीको अनशनको नाममा अरुले रोटी सेक्ने काम गरेको बताएका छन् ।

डा‌. केसीको अनशनमा अरुले नै राजनीतिक रोटी सेकेको प्रधानमन्त्रीको दाबी 

प्राविधिक नहुँदा पुनर्निर्माण प्रभावित

इन्जिनियर सुनील यादवले हलेसी तुवाचुङ नगरपालिकाको भूकम्प प्रभावित ३ वटा वडा ५ महिनासम्म एक्लैले हेरे । ३ वडामा गरेर भूकम्पबाट घर भत्किएका ३ सय ८८ परिवार छन् । भौगोलिक विकटताले गर्दा सबै ठाउँमा पुग्न समस्या छ । स्थानीयले खोजेको बेला इन्जिनियर भेटदैनन् । वडा नम्बर ९ को सल्ले, १० को अर्खौले र ११ को राजापानी उनको कार्य क्षेत्रभित्र पर्छ ।

प्राविधिक नहुँदा पुनर्निर्माण प्रभावित

बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने

बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने भएको छ । मंगलबार एक बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।

बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने

नख्खुु जेल प्रकरण: सिरियल किलरबाटै कैदी ‘हत्या’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख २१ मा नख्खु जेलभित्र कैदी भक्तबहादुर सुनवारको शंकास्पद मृत्युमा ‘सिरियल किलर’ अभिषेक सिंह संलग्न रहेको निष्कर्ष निकालेको छ । कर्तव्य ज्यानका चार फरकफरक मुद्दामा सजाय खेपिरहेका सिंहविरुद्ध प्रहरीले विष सेवन गराई कैदीको हत्या गरेको अभियोगमा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

नख्खुु जेल प्रकरण: सिरियल किलरबाटै कैदी ‘हत्या’

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सक अनसनमा

चिकत्सा शिक्षा सुधारकाे माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले मंगलबार देखि सामुहिक अनसन सुरु गरेकाे छ । 

डा. केसीकाे समर्थनमा रेजिडेन्ट चिकित्सक अनसनमा

धादिङमा ४.८ रेक्टरको परकम्प

धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

धादिङमा ४.८ रेक्टरको परकम्प

दबाबमा परेपछि कानुनमन्त्री तामाङ राजीनामा दिने तयारीमा

आफ्नै अभिव्यक्तिका कारण अालोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट मंगलबार दिउँसो राजीनामा दिने तयारीमा छन् । पार्टी भित्रैबाट उनलाई राजीनामा दिन दवाव परेपछि उनी राजिनामा दिन तयार भएका हुन् ।

दबाबमा परेपछि कानुनमन्त्री तामाङ राजीनामा दिने तयारीमा

घर्किंदै संसद्को समय

नयाँ संविधानको मर्मअनुसार एक सयभन्दा बढी कानुन बनाउनुपर्ने भएकाले बजेट अधिवेशनपछि पनि संसद् चालु राखिएको थियो । तर, चिकित्सा शिक्षासम्बन्धी विधेयकको मस्यौदा सरकारले संसद्मा लगेपछि त्यसको पक्ष र विपक्षमा अहिले देखिएको राजनीतिक ध्रुवीकरणले सडक र संसद् दुवै बिथोलिएको छ । यसले गर्दा संसद् पनि अवरुद्ध छ ।

घर्किंदै संसद्को समय

प्रधानन्यायाधीशको सुनुवाइ बिहीबार

संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाइ आगामी बिहीबार गर्ने भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले साउन १० (बिहीबार) मा सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशको सुनुवाइ बिहीबार

टिपरले जसको परिवार उजाड्यो

असार ३० गते शनिबार । दाइ अनुजसँगै कुपन्डोल बस्दै आएकी १८ वर्षीया अनुजा घिमिरे सबेरैदेखि हतारमा थिइन् । चिकित्सक बन्ने लक्ष्यसहित राजधानी छिरेकी उनी पुतलीसडकस्थित एक कोचिङ सेन्टरमा इन्ट्रान्स तयारी गर्दै थिइन् ।

टिपरले जसको परिवार उजाड्यो

फरार अभियुक्तलाई राज्यमन्त्री सिफारिस

राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।

फरार अभियुक्तलाई राज्यमन्त्री सिफारिस

ओली–दाहाल झन् आक्रामक

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए ।

ओली–दाहाल झन् आक्रामक

अनशन २५औं दिनमा

डा. गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बनेको छ । उनलाई जुनसुकै समय जे पनि हुन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । रक्तचाप कम भएपछि सोमबार स्लाइन पानी छिटो–छिटो दिएर ‘रिस्युसिटेसन (सुधार प्रक्रिया)’ समेत गरिएको थियो । शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकणिकाको संख्या सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

अनशन २५औं दिनमा