समाचार

News

प्रधानन्यायाधीश नियुक्तिमा अन्योल

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिए पनि समितिले बेलैमा निर्णय नलिँदा अन्योल बढेको छ । विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय गरेको छैन ।

प्रधानन्यायाधीश नियुक्तिमा अन्योल

किशोरीको रहस्यमय मृत्यु : दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ ।

किशोरीको रहस्यमय मृत्यु : दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

जोशीका प्रमाणपत्र थप शंकाको घेरामा 

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् । 

जोशीका प्रमाणपत्र थप शंकाको घेरामा 

मोदीको व्यस्तताले ईपीजी प्रतिवेदन बुझाउन ढिलाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन कहिले बुझाउने भन्ने टुंगो लाग्न सकेको छैन ।

मोदीको व्यस्तताले ईपीजी प्रतिवेदन बुझाउन ढिलाइ

चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १२९औं वार्षिकोत्सव कार्यक्रममा उनले चिकित्सकहरू काठमाडौंबाहिर जान नमान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- 'संसद्‌मा घुर्की चल्दैन'

प्रधानमन्त्री केपी ओलीले सभामुख-उपसभामुखको विषयलाई लिएर संसद्‌मा बखेडा ननिकाल्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख-उपसभामुख निर्वाचनमा उम्मेदवारी नदिने अनि अहिले एउटै पार्टीका हुनुहुँदैन भन्न नमिल्ने बताए ।

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- 'संसद्‌मा घुर्की चल्दैन'

आन्दोलन अझै टुंगिएको छैन : शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार विरुद्धको आन्दोलन अझै नटुंगिएको  बताएका छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकले कानूनको रुप नलिएसम्म आन्दोलन नरोकिने जानकारी दिए । 

आन्दोलन अझै टुंगिएको छैन : शर्मा

३६ लाख घूससहित सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शनिबार भैरहवाबाट ठाकुरलाई र नगद रकम बोकेर विरगन्ज घरतर्फ जाँदै गरेकी उनकी श्रीमतीसहित पक्राउ गरेको छ ।

३६ लाख घूससहित सहरी विकास कार्यालय रुपन्देहीका प्रमुख पक्राउ

कांग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी ओलीले  कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् । 

कांग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रधानमन्त्री 

कांग्रेसका नेताहरुले भने ‘सरकार विरुद्ध ठूलै आन्दोलन गर्नु छ’

नेपाली कांग्रेस निकटका कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार संविधानको भावना विपरित चल्न थालेका कारण ठूलै आन्दोलनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

कांग्रेसका नेताहरुले भने ‘सरकार विरुद्ध ठूलै आन्दोलन गर्नु छ’

कांग्रेसको विश्व सञ्जाल गठन 

विश्वका ३२ देशहरुमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एउटै छाता मुनी ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको छ । 

कांग्रेसको विश्व सञ्जाल गठन 

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चरम आर्थिक संकटमा संयुक्त राष्ट्रसंघ

अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघ (युएन) चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । सदस्यहरु राष्ट्रहरुले समयमा आफूले व्यहोर्नु पर्ने रकम भुक्तानी नगर्दा र सञ्चालन खर्चमा अत्यधिक बृद्धि भएका कारण त्यस्तो परिस्थिति सिर्जना हुन गएको जनाइएको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना कर्मचारीहरु तथा सदस्य राष्ट्रहरुलाई सम्बोधन गर्दै जारी गरेको पत्रबाट त्यस्तो तथ्य बाहिर आएको हो ।

चरम आर्थिक संकटमा संयुक्त राष्ट्रसंघ

लोकतन्त्र अझै सुरक्षित छैन : पूर्व सभामुख ढुंगाना

पूर्व सभामुख दमननाथ ढुंगानाले लोकतन्त्र अझै पनि असुरक्षित रहेको बताएका छन् । नवलपुरको गैंडाकोटमा शनिबारदेखि सुरू भएको नेपाल डेमोक्रयाटिक लयर्स एसाेशिएसनकाे १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै ढुंगानाले संसारमा कुनै पनि कम्युनिष्टले लाेकतन्त्र नजाेगाएकाे बताए ।

लोकतन्त्र अझै सुरक्षित छैन : पूर्व सभामुख ढुंगाना

शान्ति सेनाको काँधमा किन थपिँदै छ विकास कार्ययोजना ?

संयुक्त राष्ट्रले शान्ति स्थापनाको लागि द्वन्द्वग्रस्त मुलुकमा राष्ट्रसंघीय शान्ति मिसन टिकाई राख्न विकासका कार्यक्रम अघि बढाएको छ ।

शान्ति सेनाको काँधमा किन थपिँदै छ विकास कार्ययोजना ?

चुम्लिङटार दुर्घटनाका मृतक सबैको सनाखत 

शुक्रबार दिउँसो पृथ्वीराजमार्गको इच्छाकमना गाउँपालिका–३ कुरिनटारनजिक चुम्लिङटारमा बस दुर्घटना हुँदा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ । शुक्रबार अवेलासम्म ६ जनाको मात्रै सनाखत भएको थियो ।

चुम्लिङटार दुर्घटनाका मृतक सबैको सनाखत 

सदाचार नीतिको मस्यौदामा राष्ट्रसंघको आलोचना

राष्ट्रसंघका विशेष प्रतिनिधिले नेपाल सरकारले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीतिले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रतापूर्वक भेला हुने हकमा गम्भीर आघात पुग्ने भन्दै सच्याउन आग्रह गरेका छन् ।

सदाचार नीतिको मस्यौदामा राष्ट्रसंघको आलोचना

बोझिलो प्रशासनिक संरचना

मुलुकमा अब ३९ हजार कर्मचारी थपिँदै छन् । ८६ हजार कर्मचारी रहेकामा सरकारले दरबन्दी थपेर १ लाख २५ हजार २३ पुर्‍याएको छ । अधिकार सम्पन्न संघीय प्रशासनिक पुन:संरचना समितिले हालकै पूर्वाधार र कर्मचारीबाट तीन तहको प्रशासन धान्न सकिने सिफारिस गरे पनि सरकारले बोझिलो संख्या तय गरेको हो ।

बोझिलो प्रशासनिक संरचना

जोडिँदै जोगबनी–किमाथांका

१४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी–किमाथांका मार्ग जोडिँदै छ । चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ।

जोडिँदै जोगबनी–किमाथांका

को–को पर्ने भए कारबाहीमा ?

सरकारले ‘चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने’ डा. केसीसँग सहमति गरेको छ । आमरण अनसनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिततामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका थिए ।

को–को पर्ने भए कारबाहीमा ?

जहाँ पढाइ हुँदैन

स्थापनाको १५ वर्षमा २० पटक आन्दोलन । ७ पटक सञ्चालक परिवर्तन । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका यी दुई सन्दर्भले नै समग्र कलेजको अवस्था देखाउँछ । यो कलेजको अवस्था यतिसम्म भद्रगोल छ कि ७ पटक सञ्चालक फेरिए पनि कलेजको पढाइ, उपचार र भौतिक पूर्वाधार गएगुज्रेको अवस्थामा छ ।

जहाँ पढाइ हुँदैन