समाचार
श्रावण १४, २०७५

घरबाटै बिक्छन् फोहोर

तपाईंका घरमा दैनिक एक किलोभन्दा बढी फोहोर उत्पादन हुन्छ ? फोहोरका रूपमा के–के फाल्ने गर्नुभएको छ ? प्लास्टिक, सिसा, फलामका टुक्रा ? वा कुहिने फोहोर र बासी खाना पनि ?

परीक्षा सञ्चालकको पारिश्रमिक वृद्धि

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालनमा संलग्न हुने शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिक बढाएको छ ।

लिम्बूको उद्धार गर्न ब्लडमनी संकलन सुरु

झन्डै ३१ लाख ५९ हजार रुपैयाँ ब्लडमनी र क्षतिपूर्ति तिर्न नसकेर साउदी अरबबाट निस्कन नसकेका प्रशान्त लिम्बूलाई उद्धार गर्न प्रवासी नेपाली समन्वय समितिले सोमबारदेखि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।

‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख

सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ । 

ADVERTISEMENT
ADVERTISEMENT

के होला पौडेल–सिटौला सम्बन्ध ?

‘अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ’, केही समयअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै सार्वजनिक रूपमै भनेका थिए । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनको अधिवेशनसम्म आइपुग्दा पौडेल र सिटौलाबीच अविश्वास कायम रहेको देखिन्छ ।

प्रतिबन्धित औषधी छ्यापछ्याप्ती, वितरकसहित पसलवाला पक्राउ

औषधी विभागमा दर्ता नभएका र चिकित्सकको पुर्जा बिना विक्री गर्न नपाइने औषधी पूर्वका फार्मेसी पसलमा छ्यापछ्याप्ती पाइने गरेको छ ।

इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरे ।  

बालुवा झिक्ने स्वरुप फेरिँदै

नदीजन्य पदार्थ उत्खनन उद्योग सञ्चालन गर्न सर्वोच्च अदालतले रोक लगाएपनि कामदार लगाएर बालुवा झिक्ने कार्य रोकिएको छैन । बालुवा झिक्ने स्वरुप फेरिंदै गएको छ । 

ADVERTISEMENT

करौडौं लगानीका लघुु जलविद्युत आयोजना अलपत्र

सामान्यतया बिजुलीको सुविधा भएका ठाउँमा केही समयको लोडसेडिङले पनि  जनजीवन प्रभावित हुन पुग्छ । त्यस्तो अवस्थामा सम्वनिधत निकाय माथि तत्कालै उपभोक्ताहरु तीब्र आक्रोश पोख्न थाल्छन् ।

सुनुवाई समितिको बैठक फेरी सर्‍यो, जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने सत्ता पक्षका सांसदको अडान

प्रधानन्यायाधिशमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको संसदीय सुनुवाई समितिको बैठक सोमबार पनि निर्णयमा पुग्न सकेन । अर्को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीशकाे सुनुवाइ ढिलाइले सरकारकाे नियतमा शंका : डीएलए

कांग्रेस निकट कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए–नेपाल) ले संघीय र प्रदेश संसद्‌मा सभामुख र उपसभामुख फरक दलको हुने संवैधानिक व्यवस्था सत्तारुढ दलले उल्लंघन गरेको आरोप लगाएको छ । 

विपद्का घटनाबाट वैशाखयता ४ सय ५५ को मृत्यु

चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लागेर, चट्याङलगायतका विपद्का घटनाबाट ज्यान गएकाे हो । 

सुनुवाई समितिको बैठक बस्दै, प्रधानन्यायाधीशबारे सांसदहरु अझै अनिर्णत

प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न सोमबार दिउँसो २ बजे संसदीय सुनवाई समितिको बैठक बस्दैछ । बैठक बस्ने समय दुई घण्टा बाँकी हुँदा पनि सांसदहरु भने अनिर्णित नै छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

दाहाल र चिनियाँ उपमन्त्री चिङबीच भेट

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङ र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे छ । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा कुराकारी भएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसियसनमा अधिकारी निर्वाचित

गैंडाकोटमा सम्पन्न कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसियसन (डीएलए) मा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन् । उनले ४३१ मत पाएर बिजयी भएका छन भने प्रतिद्धन्दी सिताराम केसीले ३ सय ६४ मत पाएका छन् । 

निर्मला हत्या प्रकरण : चार दिनपछि दाहसंस्कार

गत शुक्रबार उखुबारीमा मृत भेटिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको शव सोमबार आफन्तले बुझेका छन् । महाकाली अञ्चल अस्पतालमा राखिएकाे शवकाे ४ दिन पछि आफन्तले दाहसंस्कार गरेका छन् । 

सम्बन्धन विरोधमा विश्वविद्यालय ठप्प

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले ८ वटा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा विद्यार्थी र प्राध्यापकले १९ दिनदेखि विश्वविद्यालय र आंगिक क्याम्पस ठप्प पारेका छन् ।

मुटु उपचारको बजेट रोकियो

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि भेरी अञ्चल अस्पताललाई उपलब्ध गराउँदै आएको मुटु उपचार बजेट रोकेको छ । औषधि अभावले बिरामीको उपचारमा बाधा पुगेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामी महँगो औषधि किन्न नसक्दा सास्ती खेप्न बाध्य छन् ।

ADVERTISEMENT

सिद्धबाबामा सधैं त्रास

तानसेन–बुटवल सडकअन्तर्गत सिद्धबाबा खण्ड जम्माजम्मी चार किलोमिटर हो । यही छोटो दूरीमा दुर्घटनाको शृंखला भने निकै लामो छ । ११ वर्षमा ५१ दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् ।

बिमस्टेक तयारीमा अन्योल

बिमस्टेक शिखर सम्मेलनको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले हल, भीआईपी पाहुनाका लागि गाडी, रिट्रिट स्थललगायतको टुंगो लगाउन सकेको छैन । सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ ।

विश्वकै पैदले सहर बन्ने लन्डन

बेलायतको राजधानी लन्डनलाई विश्वकै पैदलयात्रीमैत्री सहर बनाइने भएको छ । लन्डनका पैदल तथा साइकल आयुक्त विल नम्र्यानले सार्वजनिक गरेको ‘पैदल कार्ययोजना’ मा सहरको वातावरण सुधारिने, वायु प्रदूषण घटाइने र पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकता दिइने उल्लेख छ ।