नेपाली क्रिकेटरको भारत भ्रमण

अन्तिम खेलमा हार बेहोर्दै नेपालले अभ्यास खेलको भारत भ्रमण टुंग्याएको छ । चौथो तथा अन्तिम खेलमा नेपाली टोली सोमबार सेन्टर फर स्पोर्टस साइन्ससँग ५ विकेटले पराजित भयो ।

नेपाली क्रिकेटरको भारत भ्रमण

नेपालको बंगलादेशविरुद्ध जित

साफ यू–१८ च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा सोमबार नेपालले शीर्षस्थानको बंगलादेशलाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बंगलादेशलाई नेपालले २–१ ले हराउँदै महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

नेपालको बंगलादेशविरुद्ध जित

निमा र दीपक रुस जाने

रुसको कजानमा हुने १४ औं विश्व उसु च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । सेप्टेम्बर २६ देखि अक्टोबर ४ सम्म हुने च्याम्पियनसिपमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगर र दीपक हमालको सहभागिता रहने भएको छ ।

निमा र दीपक रुस जाने

चर्च ब्वाइजको प्रतिद्वन्द्वी एपीएफ

खेल सकिन तीन मिनेट बाँकीमा युवराज खड्काले गरेको गोलसँगै विगाभीय टोली सशस्त्र प्रहरीको एपीएफ प्रथम दूधे गोल्डकप फुटबलको फाइनल पुगेको छ । एपीएफले बुधबार उपाधिका लागि काठमाडौंको चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको प्रतिद्वन्द्वी एपीएफ

घरमा आर्सनलको लगातार जित

एलेक्जान्डर लाकाजेटले कीर्तिमान कायम गरेका गेराथ बेरीको उपलब्धीलाई ओझेलमा पार्ने खेल प्रदर्शन गरेपछि आर्सनलले सोमबार राति इंग्लिस प्रिमियर लिगमा वेस्ट ब्रुमलाई २–० ले हरायो । अल्बानियन मिडफिल्डमर बेरीले प्रिमियर लिगमा सर्वाधिक खेल खेलेको रायन गिग्सको नाममा रहेको कीर्तिमान उछिनेर कीर्तिमान ६ सय ३३ औं खेल खेले । तर इमिरेट्समा भएको खेलमा नायम रहे, लाकाजेट र उनी सबैका आकर्षण रहे ।

घरमा आर्सनलको लगातार जित
आश्विन ९, २०७४

अलीको शतकमा इंग्ल्यान्ड विजयी

मोइन अलीले ५३ बलमा शतक बनाएपछि इंग्ल्यान्डले तेस्रो वान डेमा वेस्ट इन्डिजलाई आइतबार राति १ सय २४ रनले हराएको छ । अलीले एक समय १४ बलमा ६१ रन बनाए ।

अलीको शतकमा इंग्ल्यान्ड विजयी

नेपाली टिमको जापानमा तयारी

भिसा पाएकै दिन जापान प्रस्थान गरेको नेपाली टिमले विश्व र्‍याफ्टिङ च्याम्पियनसिपका लागि योसिनो नदीमा प्रशिक्षण सुरु गरेको छ, जहाँ च्याम्पियनसिप आयोजना हुँदै छ ।

 नेपाली टिमको जापानमा तयारी

नेपालले हार्दा भारत छनोट

सुरुआती दुवै खेलमा पराजित प्यालेस्टाइनसँग नेपालले आइतबार आशातीत सुरुआत गर्‍यो । बलमा राम्रो पकड बनाउँदै लगातार आक्रमण बुनेको नेपालले १० मिनेटमै अग्रता लियो ।

नेपालले हार्दा भारत छनोट

‘नेपालको लक्ष्य उपाधि नै’

साफ यू–१८ च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा नेपालले सोमबार बंगलादेशको सामना गर्दै छ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित नेपालले दोस्रो खेलमा माल्दिभ्समाथि २–० को विजय नतिजा निकालेको थियो ।

सन्दीप परेनन् प्रमुख खेलाडीभित्र

डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि खेलाडीको वर्गीकरण गरिएको छ । त्यस अनुसार सनसनी युवा स्पिनर सन्दीप लामिछाने ‘ए’ श्रेणीमा छैनन् ।

 सन्दीप परेनन् प्रमुख खेलाडीभित्र

रत्नजित च्याम्पियन

नेपालका नम्बर एक रत्नजित तामाङ प्रथम देवीनगर ब्याडमिन्टन कपमा च्याम्पियन भएका छन् । मेन्स सिंगलको फाइनलमा रत्नजितले दिपेश धामीलाई १९…–२१, २१–११, २१–१३ ले पराजित गरेका हन् ।

रत्नजित च्याम्पियन

दुवै म्यानचेस्टरको प्रभाव कायमै

रहिम स्टर्लिङले म्यानचेस्टर सिटी र रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडलाई जिततर्फ डोर्‍याएसँगै इङलिस प्रिमियर लिगको अंकतालिकामा म्यानचेस्टर सहरको दबदबा कायमै छ ।

दुवै म्यानचेस्टरको प्रभाव कायमै

चर्च ब्वाइज उपाधि नजिक

काठमाडौंको चर्च ब्वाइज युनाइटेड प्रथम दूधे गोल्डकप फुटबलको फाइनल पुगेको छ । चर्च ब्वाइजले पहिलो सेमिफाइनलमा मोरङ ११ लाई ४–० को अन्तरमा पराजित गर्दै गरेको हो ।

चर्च ब्वाइज उपाधि नजिक

जितकुन्डोमा नयाँ कार्यसमिति

नेपाल जितकुन्डो मार्सल आर्टस संघको चुनावी साधारणसभाले विमलकुमार खड्कालाई पुन: अध्यक्ष चयन गरेको छ । १६ सदस्यीय केन्द्रीय कार्यसमिति उपाध्यक्षमा सर्वेश ज्ञवाली र रामबहादुर ठकुरी, महासचिवमा शिवबहादुर थापा, सचिवमा राजु भण्डारी र कोषाध्यक्षमा मनोजकुमार आचार्य चुनिए ।

इन्डो–नेपाल तेक्वान्दो सुरु

राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोग तथा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपालको आयोजनामा इन्डो–नेपाल तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ ।

ठैवलाई ८ स्वर्ण

ठैव डोजोले प्रथम उपत्यकाव्यापी करातेले ८ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियनको ट्रफी जितेको छ । आयोजक नेपाल सितोरियो कराते शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यसाथ दोस्रो भयो । तेस्रो भएको विद्यासागरले ६ स्वर्ण, २ रजत र ६ कांस्य जितेको थियो ।

शुभकामना कप फुटबल

दसैं र तिहारको अवसरमा खलंगामा शुभकामना कप फुटबल प्रतियोगिता सुरु भएको छ । युवालाई फुटबलप्रति आकर्षित गर्न शारदा युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।