१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२
समाचार

News

किन रोजाइमा परे उप्रेती ?

भारतका लागि राजदूत सिफारिस भएका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती नेपालकै पहिलो सरकारी कम्प्युटर अपरेटरमात्र होइनन्, भारतीय थिंक ट्यांकसँग निकट रहेर काम गरेका व्यक्तिसमेत हुन् । तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा उनले दिने स्पिचको कार्यक्रम संयोजनसमेत गरेका थिए । उनी भारतीय पक्षका केही थिंक ट्यांकले रुचाएका व्यक्ति हुन् ।

किन रोजाइमा परे उप्रेती ?

डा. केसीको मुटुमा गम्भीर समस्या

चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

डा. केसीको मुटुमा गम्भीर समस्या

नदी नियन्त्रण अध्ययनमा चिनियाँ टोली

दमक झापाका ९ वटा नदीमा स्थायी तटबन्ध निर्माण गर्ने सम्झौताअनुसार चिनियाँ प्राविधिक टोलीले अध्ययन थालेको छ । वर्षातमा सबैभन्दा बढी क्षति पुर्‍याउने ९ वटा नदी रोकथामको दीर्घकालीन योजनाका लागि चिनियाँ र नेपाली प्राविधिक टोलीले बुधबारदेखि अध्ययन थालेका हुन् ।

नदी नियन्त्रण अध्ययनमा चिनियाँ टोली

बढ्ने भए पाटे बाघ !

विश्वमै दुर्लभ मानिने पाटे बाघको संख्या सन् २०१३–१४ को भन्दा बढ्ने देखिएको छ । सन् २०१३–१४ को गणनाअनुसार पर्सादेखि शुक्लाफाँटासम्मका निकुञ्जमा १ सय ९८ वयस्क बाघ थिए । 

बढ्ने भए पाटे बाघ !

मुद्दा फर्स्योटमा वृद्धि

उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष ०७४/७५ मा ७६ दशमलव ५९ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । छिटो न्यायका लागि विभिन्न प्रयास थालेको र एक वर्षमा उल्लेख्य प्रगति गरेको अदालतले जनाएको छ ।

मुद्दा फर्स्योटमा वृद्धि

अनुगमन समिति गठन

सरकारले गंगामाया अधिकारीलाई अनशन तोडाउँदा गरेको प्रतिबद्धता कार्यन्वयन भए/नभएको सम्बन्धमा अनुगमन गर्न एक समिति गठन गरेको छ । समितिमा गृहमन्त्रालयका उपसचिव वशिष्टकुमार घिमिरे र गंगामायाका तर्फबाट कनकमणि दीक्षित, चरण प्रसाईं, सुबोध प्याकुरेल, बाबुराम गिरी र रामआशिष कार्की रहेको कानून, न्याय तथा संसदीय मामिला प्रवक्ता रमेश ढकालले जानकारी गराए ।

अनुगमन समिति गठन

प्रहरी र गाँजा तस्करबीच भिडन्त

महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा मंगलबार राति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ । भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

प्रहरी र गाँजा तस्करबीच भिडन्त

ओली र दाहाललाई मार्सी चामलको भात खुवाउने प्रसाईं को हुन् ?

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ भएसँगै एउटा नाम निकै चर्चामा आयो– दुर्गा प्रसाईं । उनी झापाको बिर्तामोडस्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक हुन् । 

ओली र दाहाललाई मार्सी चामलको भात खुवाउने प्रसाईं को हुन् ?

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने [नामावलीसहित]

सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । 

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने [नामावलीसहित]

साउदीमा ३८ नेपाली अलपत्र

साउदी अरबमा ३८ नेपाली अलपत्र परेका छन् । सम्झौता अनुसारको तलब नपाउँदा अलपत्र परेका हुन् । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेका थिए । ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपालीलाई कम्पनीले सडकमा निकालिदिएको हो ।

साउदीमा ३८ नेपाली अलपत्र

२० करोड डलरको परियोजना स्वीकृत

सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । 

२० करोड डलरको परियोजना स्वीकृत

सरकारलाई नेविस‌ंघको प्रश्न- ‘भोट माग्दा वाईफाई फ्रि अहिलेचाहिँ १३ प्रतिशत कर लगाउने ?’

नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै धर्ना दिएको छ ।

सरकारलाई नेविस‌ंघको प्रश्न- ‘भोट माग्दा वाईफाई फ्रि अहिलेचाहिँ १३ प्रतिशत कर लगाउने ?’

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । 

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन कांग्रेसको आग्रह

स्थानीय तहमा विपद् व्यवस्थापन समिति 

जिल्लाका प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । समितिसँगै विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापनका लागि स्वयंसेवक गठन गर्नुपर्ने हुन्छ ।

स्थानीय तहमा विपद् व्यवस्थापन समिति 

[अपडेट] जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो , सबैको सनाखत

सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।

[अपडेट] जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो , सबैको सनाखत

बिहीबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

म्यान्डेटसहितको टोलीसँग मात्र वार्ताः डा. केसी

डा. गोविन्द केसीले सरकारसँग भईरहेको वार्तालाई तार्किक निश्कर्षमा पुर्याउन तुरन्त  चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरेका छन् ।

म्यान्डेटसहितको टोलीसँग मात्र वार्ताः डा. केसी

विकासले निम्त्याएको विनाश : पहिरोले गाउँ विस्थापित

पहिरोको कारण नलगाड नगरपालिका ८, कायखेतका १० घर परिवार विस्थापित भएका छन् । गत असार २७ गतेयता लगातारको वर्षापछि खसेको पहिरोले उक्त गाउँका बासिन्दा विस्थापित भएका हुन् ।

विकासले निम्त्याएको विनाश : पहिरोले गाउँ विस्थापित

प्रज्ञाको प्रेस निजी कम्पनीलाई भाडामा

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्ना प्रकाशन छाप्न किनेको अत्याधुनिक प्रेस आफूले सञ्चालनमै नल्याई निजी कम्पनीलाई भाडामा दिएको छ । प्रतिष्ठानले पुरानो श्यामश्वेत प्रेस बारम्बार बिग्रिइरहने, कमजोर क्षमताको भएको र नियमित प्रकाशन छाप्न अप्ठ्यारो भएको भन्दै अर्थ मन्त्रालयसँग ११ करोड रुपैयाँ मागेको थियो ।

प्रज्ञाको प्रेस निजी कम्पनीलाई भाडामा

अपडेट: पर्वतको पहिरोमा एकको मृत्यु, ६ घाईते, २५ घर पुरिए

जलजला गाउँपालिका ८ बरेनेटामा गएराती पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ । राती करिब १ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको ज्यान गएको हो । छन् ।

अपडेट: पर्वतको पहिरोमा एकको मृत्यु, ६ घाईते, २५ घर पुरिए

पहिरोले बुर्तिवाङ बजारमा दर्जन घर पुरिए

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेका पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ ।

पहिरोले बुर्तिवाङ बजारमा दर्जन घर पुरिए

फेरि डुब्यो गोबरगाढा

पछिल्लो ६ दिनदेखि हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढामा कोसी नदी पसेको छ । त्यहाँ ४० परिवारका २ सय ५० जना त्रासमा बाँचिरहेका छन् । नदी पार गर्न सक्नेहरू सुरक्षित स्थानतिर लागिसकेका छन् ।

फेरि डुब्यो गोबरगाढा

कांग्रेसले प्रदेश समिति बनाउन सकेन

मुलुक संघीय संरचनामा गएको तीन वर्ष पुग्न लाग्दा पनि कांग्रेसले प्रदेश समिति बनाउन सकेको छैन । पार्टीभित्रका गुटहरूको टकरावका कारण नेतृत्वले विधानबमोजिम समिति बनाउन नसकेको हो । विधानको दफा १२ मा ‘नयाँ संविधान घोषणा भएपछि संविधानले व्यवस्था गरेका प्रदेशभित्र रहेका महाधिवेशन प्रतिनिधिको प्रदेश अधिवेशन हुने’ व्यवस्था छ ।

कांग्रेसले प्रदेश समिति बनाउन सकेन

नेपालीमै बोल्दा नहुने ?

श्रममन्त्री गोकर्ण विष्टले स्विट्जरल्यान्डको जेनेभामा केहीअघि गरेको अंग्रेजी भाषणलाई लिएर सामाजिक सञ्जालहरूमा उल्लीबिल्ली भयो । राष्ट्रको प्रतिनिधित्व हुने औपचारिक समारोहमा नेपालीमै सम्बोधन गर्न भाषा आयोगले एक वर्षअघि दिएको सिफारिस कार्यान्वयन गरेको भए यो स्थिति नै आउने थिएन ।

नेपालीमै बोल्दा नहुने ?

हटेनन् अस्थायी कर्मचारी

मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउन भनेको थियो । तर जब हाजिर गर्न नपाएका हजारौं कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए, सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन ।

हटेनन् अस्थायी कर्मचारी

नेकपामा महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने

नेकपाले महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने व्यवस्थासहितको विधान तयार गरेको छ ।अध्यक्ष केपी ओली र पुष्पकमल दाहालसहित पदाधिकारीदेखि सबै तहका नेताहरू निर्वाचनमा भाग लिन तल्लो कमिटीबाट निर्वाचित हुनुपर्नेछ ।

नेकपामा महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुनैपर्ने

कसैले थर्काएर डराउँदैनौं : प्रधानमन्त्री

जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए । सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको उनीहरूको निष्कर्ष छ ।

कसैले थर्काएर डराउँदैनौं : प्रधानमन्त्री

अनुसन्धानको बजेट आफैं जुटाउन निर्देशन

त्रिभुवन विश्वविद्यालयले आफूअन्तर्गतका चार अनुसन्धान केन्द्रलाई आफैं बजेट जुटाउन निर्देशन दिएको छ । त्रिविमातहत नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) छन् ।

अनुसन्धानको बजेट आफैं जुटाउन निर्देशन