समाचार

News

प्रदेशका मन्त्री भन्छन्, ‘हामीलाई शाखा कार्यालयसरह ठानियो’

सातवटै प्रदेशका सामाजिक सुरक्षामन्त्रीले प्रदेश सरकारलाई केन्द्रले शाखा कार्यालयसरहको हैसियतमा राखेको गुनासो गरेका छन् । सातै प्रदेशका मन्त्रीले आइतबार संयुक्त रूपमा संघीय मन्त्रीहरूलाई भेटी संघीयताको सुन्दर पक्ष नभुल्न ध्यानाकर्षण गराए ।

प्रदेशका मन्त्री भन्छन्, ‘हामीलाई शाखा कार्यालयसरह ठानियो’

देवदहमा अब बाच्छी मात्रै

रूपन्देहीको देवदहका गाईले अब बाच्छी मात्रै जन्माउनेछन् । देवदह नगरपालिकाले दूध उत्पादन बढाउन गाईलाई सेक्स सिमोन (कृत्रिम गर्भाधानको एक विधि) दिन लागेको छ । यसपछि गाईले बाच्छी मात्रै जन्माउनेछन् ।

देवदहमा अब बाच्छी मात्रै

केसीको स्वास्थ्य गम्भीर तर स्थिर

२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ । सरकारले जुम्लाबाट आफूलाई अपहरण शैलीमा ल्याएको भन्दै केसीले राजधानी आएदेखि नै स्वास्थ्य जाँच गराउन अस्वीकार गर्दै आएका छन् ।

केसीको स्वास्थ्य गम्भीर तर स्थिर

सरकारी वार्ता टोलीका संयोजक बराल भन्छन्, 'डा. केसीको अडानले वार्ता हुन सकेन'

सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन सकेको छैन । 

सरकारी वार्ता टोलीका संयोजक बराल भन्छन्, 'डा. केसीको अडानले वार्ता हुन सकेन'

कर्णाली मन्त्रिपरिषद् बैठक : गृहमन्त्रीको नेतृत्वमा बाढीपीडितका समस्या समाधान समिति

चार वर्ष अघिको बाढीपहिरोबाट विस्थापित समुदायको पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेशका गृह अर्थात् आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

कर्णाली मन्त्रिपरिषद् बैठक : गृहमन्त्रीको नेतृत्वमा बाढीपीडितका समस्या समाधान समिति

नाकामा परिचयपत्र : सामाजिक सम्बन्धमा असर

माओवादी द्वन्द्व उत्कर्षमा रहँदासमेत नेपाल र भारतको सीमामा सफल हुन नसकेको परिचयपत्र तथा सीमा रजिस्ट्रेसन अहिले पुन: अभ्यासमा ल्याउन दुवै मुलुकका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले सुझाव दिएपछि यसबारे बहस सुरु भएको छ ।

नाकामा परिचयपत्र : सामाजिक सम्बन्धमा असर

कानुनमन्त्रीको आपत्तिजनक अभिव्यक्तिको भर्त्सना

कानुनमन्त्री शेरबहादुर तामाङ र प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत युवतीप्रति लक्षित आपत्तिजनक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । तामाङले आफ्नो अभिव्यक्तिका बारेमा विज्ञप्तिमार्फत माफी मागिसकेका छन् । 

कानुनमन्त्रीको आपत्तिजनक अभिव्यक्तिको भर्त्सना

कुरूप बन्दै राजधानी, घरजग्गा व्यवसायलाई खुकुलो बनाउने तयारी

मूलपानीको तिवारी टोलबाट ५० मिटर अघि बढ्दा कतै हरियाली देखिँदैन । दुई वर्षअघि हराभरा देखिने उक्त डाँडामा अहिले डोजर चलेकोमात्र देखिन्छ । २ सय रोपनी जमिन सम्याएर धमाधम प्लटिङ भइरहेको छ । वरपरका डाँडा पनि चक्लाबन्दी गरेर बिक्री भइसकेका छन् ।

कुरूप बन्दै राजधानी, घरजग्गा व्यवसायलाई खुकुलो बनाउने तयारी

कानुनमन्त्री तामाङले माफी मागे

कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर साउन ४ गते प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् ।

कानुनमन्त्री तामाङले माफी मागे

मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

सत्ता पक्षीय युवा र विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।

मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । 

सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको देउवाको आरोप

कान्तिपुरकर्मीलाई 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार'

यसवर्ष 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार' कान्तिपुर दैनिकका ओखलढुंगा संवाददाता कुम्भराज राईलाई प्रदान गरिने भएको छ ।

कान्तिपुरकर्मीलाई 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार'

केसी समर्थकद्वारा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई एसएमएस र टेलिफोन

डा. गोविन्द केसीको समर्थनमा वसन्तपुर डबलीमा सुरु भएको सामूहिक सत्याग्रहका सहभागीले प्रधानमन्त्री केपी ओली र सत्तापक्षका शीर्ष नेताहरुलाई टेलिफोन तथा एसएमएस गरी ध्यानाकर्षण गराएका छन् ।

केसी समर्थकद्वारा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई एसएमएस र टेलिफोन

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

केसीको समर्थनमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको छ । सत्याग्रहमा अधिवक्ता अाेमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरुकफ पनि सहभागिता रहेको अायोजकले बताएको छ ।

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

[अपडेट] ट्रकले ठक्कर दिँदा मोटरइकलमा सवार दुई जनाको मृत्यु 

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

[अपडेट] ट्रकले ठक्कर दिँदा मोटरइकलमा सवार दुई जनाको मृत्यु 

स्थानीयको कुटपिटबाट दुई झाक्रीको मृत्यु

गंगाजमुना गाँउपालिका–२ लताकमा स्थानीयको कुटपिटबाट २ जना झाक्रीको मृत्यु भएको छ । शनिबार ६५ वर्षीय युरुक तामाङ र ७० वर्षीय क्लेक तामाङको मृत्यू भएको हो ।

स्थानीयको कुटपिटबाट दुई झाक्रीको मृत्यु

‘बोल्न विवश भएँ’

निदाएको बेला पनि चिन्ता लाग्छ, डा. केसीलाई के भयो होला भनेर । बिहान उठेपछि पनि मोबाइलमा खबर हेर्छु । घडीको सुईजस्तो मन खित्रिकखित्रिक भइरहन्छ । सरकारको मानो खाएर के बोलेको भन्लान् तर विवश भइयो । किनकि एउटा मान्छे मृत्युशय्यामा छ । डा. केसीले आज जे मागेका छन्, त्यो उनले आफ्ना निम्ति मागेका होइनन् । जनताका निम्ति, तपाईं–हाम्रा निम्ति मागेका हुन् ।

‘बोल्न विवश भएँ’

घर बनाउन किनेको पानी

हलेसी तुवाचुङ नगरपालिका ७, कात्तिकेका बडीराज राई एक रुपैयाँ लिटरका दरले पानी किनेर घर ठड्याउँदै छन् । उनलाई ढुंगाको पनि उस्तै समस्या छ । भूकम्पले घर भत्किएको ३ वर्ष पुग्दा पनि पुनर्निर्माण गर्न सकेका छैनन् । ‘पानीको हाहाकार छ, ढुंगा पनि पाइँदैन,’ उनले भने ।

घर बनाउन किनेको पानी

सीमाबाट फर्काइए महिला

गत आवमा सीमा–नाका कृष्णनगर हुँदै बाहिर जान लागेका १ सय ५२ महिलाको उद्धार गरिएको छ । दलालले विभिन्न प्रलोभन दिएर गैरकानुनी र असुरक्षित तरिकाले भारत र तेस्रो मुलुक लैजान लागेका बेला उनीहरूलाई शान्ति पुन:स्थापना गृहले उद्धार गरेको हो ।

सीमाबाट फर्काइए महिला

द्वन्द्वपीडितको राहत फिर्ता

द्वन्द्वपीडित राहत रकम फिर्ता भएको छ । कर्मचारीको लापरबाहीले १७ लाख ७५ हजार फिर्ता गएको हो । गृह मन्त्रालयले द्वन्द्व विस्थापितमध्ये ७९ जनालाई २५ हजारका दरले राहत बाँड्न रकम पठाएको थियो । कर्मचारीले कागजी प्रक्रियामा त्रुटि गरेपछि रकम फिर्ता भएको छ ।

द्वन्द्वपीडितको राहत फिर्ता

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन सुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए ।

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रूपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालीन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरेको भेटिएको छ ।

भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

अवैध बाटो टर्की

‘माइनस डिग्रीको चिसो । घनघोर जंगलको बाटो । दिनभरि सुत्ने अनि रातभरि बत्ती पनि नबाली अन्दाजका भरमा खोला, खोल्सी हिँडदा कस्तो हुन्छ भन्नुस् ?’ नवलपरासी, कावासोतीका टीकाराम भट्टराईले प्रश्नबाटै कुरा सुरु गरे । गत मंसिरमा बीसदिने पर्यटक भिसामा दिल्लीबाट बहराइन हुँदै टर्की पुगेका उनी अन्य नेपालीझैं टर्कीबाट अवैध रूपमा ग्रिस प्रवेश गर्न खोजका थिए ।

अवैध बाटो टर्की

केन्द्रलाई प्रदेशहरूको चेतावनी, ‘अधिकार खोसे विकल्प खोज्छौं’

आफू मातहत तोकिइसकेका कार्यालय र कर्मचारी व्यवस्थापनको अधिकार खोसिए विकल्प खोज्ने चेतावनी संघलाई प्रदेश सरकारहरूले दिएका छन् । सरकारी कार्यालय र कर्मचारीहरू आफैंमा खिच्ने निर्णय सच्याउन प्रदेश सरकारले केन्द्रलाई पत्राचारसमेत गरेका छन् ।

केन्द्रलाई प्रदेशहरूको चेतावनी, ‘अधिकार खोसे विकल्प खोज्छौं’

केसीको पक्षमा प्रबुद्ध समुदाय

डा. गोविन्द केसी अनशनको २२ औं दिन शनिबार राजधानीमा नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले उनका मागको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आह्वानमा माइतीघर मण्डलाबाट जुलुस निकाली नयाँ बानेश्वरमा कोणसभा गरियो ।

केसीको पक्षमा प्रबुद्ध समुदाय