समाचार

News

किशोरी हत्या प्रकरण : सुरु भएन थप बयान

निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन । प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ ।

किशोरी हत्या प्रकरण : सुरु भएन थप बयान

देउवाको आरोप, 'सरकारले नै दोषी जोगाउन खोज्यो'

कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी किशोरीको बलात्कारपछि हत्या घटनामा सरकारले नै दोषी जोगाउन खोजेको आरोप लगाएका छन् । राज्य नै अपराधी बचाउन लाग्ने हो न्याय माग्न कहाँ जाने भन्ने प्रश्न उनले गरेका छन् ।

देउवाको आरोप, 'सरकारले नै दोषी जोगाउन खोज्यो'

विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद अनिलकुमार झा विशेष समयमा बोलिरहँदा कांग्रेस सांसद शशांक कोइराला उनको अगाडि हुँदै बाहिरिएपछि सभामुखले सांसदहरूलाई सचेत गराएका हुन् । 

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

शनिबार साँझ ६ बजेतिरको कुरा हो । नेपालटारस्थित एक खाजाघरकी साहुनी आलसतालसमा थिइन् । पसलकी कामदार केटी मिलिक्क हराएपछि उनी अत्तालिइन् । 

चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

कर्मचारीको अवकाश उमेर ५८ कि ६० भन्नेमा दुई मन्त्रालयको राय बाझियो

संघीय निजामती कर्मचारीको अवकाश उमेर कति राख्ने भन्नेमा कानुन र अर्थ मन्त्रालयको राय बाझेको छ । अर्थले ६० वर्ष राख्न सुझाउँदा कानुनले ५८ वर्षमै जोड दिएको छ । संघीय निजामती कर्मचारी ऐनको मस्यौदामाथि राय दिने दुई मन्त्रालयको फरक धारणा आएको हो । 

कर्मचारीको अवकाश उमेर ५८ कि ६० भन्नेमा दुई मन्त्रालयको राय बाझियो

बलात्कारपछि हत्यामा बाँचुन्जेल जेल

मुलुकमा फौजदारी संहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।

बलात्कारपछि हत्यामा बाँचुन्जेल जेल

मन्त्रालयका कोठामा हानाथाप

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा दिपेन्द्ररमण सिंह शुक्रबार अपराह्न आफ्नो कार्यकक्षमा थिए । उनी काम गर्दैगर्दा उनको बाहिर रहेको नाम प्लेट हटाएर स्वास्थ्य समन्वय महाशाखाका प्रमुख मोहमद दाउदको राखिँदै थियो ।

मन्त्रालयका कोठामा हानाथाप

स्वास्थ्यका ८ सहसचिव दुई महिनादेखि कामविहीन

संघीयता कार्यान्वयनको क्रममा स्वास्थ्य मन्त्रालय र माताहतका संरचना परिर्वतन भएसँगै ८ जना सहसचिव (११ औं तहका) कामविहीन भएका छन् । नयाँ संरचनाअनुसार उनीहरुको दरबन्दी नै नभएपछि मन्त्रालयमा आएर हाजिर गर्दै साथीभाइसंग भेटघाट गरी घर फर्कने गरेका छन् । मन्त्रालयमा उनीहरुलाई 'बार्दलीमा' रहेका सहसचिव भन्ने गरिएको छ ।

स्वास्थ्यका ८ सहसचिव दुई महिनादेखि कामविहीन

ऊर्जामन्त्री पुनसँग नागरिकको गुनासो, 'महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर'

'मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह गर्‍यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र !' पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गरे ।

ऊर्जामन्त्री पुनसँग नागरिकको गुनासो, 'महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर'

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

विश्वकर्मालाई फेरि तीन दिन थुनामा राख्न अनुमति

जनप्रतिनिधिले जथाभावी कर लगाउनु सर्वथा अनुचित : गच्छदार

कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले स्थानीय तहका जनप्रतिनिधिले गरिब जनताको जनप्रतिनिधि भएर काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले नेपाली जनता गरिब भएकोले न्यूनतम कर लिएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

जनप्रतिनिधिले जथाभावी कर लगाउनु सर्वथा अनुचित : गच्छदार

बिदा अटेरी गरेको भन्दै राष्ट्र बैंकको जनकपुर कार्यालयमा मन्त्रीको ताल्चा

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा निर्णय अटेरी गरेको भन्दै नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले ताल्चा लगाइदिएका छन् । 

बिदा अटेरी गरेको भन्दै राष्ट्र बैंकको जनकपुर कार्यालयमा मन्त्रीको ताल्चा

निर्मलाको परिवारलाई दश लाख, खुनालाई सहिद घोषणा 

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसैगरी उक्त घट्नाको विरोधमा प्रदर्शनमा सहभागी हुँदा प्रहरीको गोली लागी मारिएका किशोर शनि खुनालाई सहिद घोषणा गरेको छ ।

निर्मलाको परिवारलाई दश लाख, खुनालाई सहिद घोषणा 

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् । 

प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

नेपालका धेरै संभावनाहरु छन् : अमेरिकी उपसहायकमन्त्री 

अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्स र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा मन्त्री वेल्सले नेपालमा धेरै संभावनाहरु रहेको बताएका छन् । 

नेपालका धेरै संभावनाहरु छन् : अमेरिकी उपसहायकमन्त्री 

राैतहटमा डुंगा दुर्घटना : दुईकाे शव भेट्टियाे, ५ अझै बेपत्ता

रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् ।

राैतहटमा डुंगा दुर्घटना : दुईकाे शव भेट्टियाे, ५ अझै बेपत्ता

किशोरी हत्या प्रकरण : कर्फ्यू खुकुलो पारिदै[अपडेट]

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घट्नाको उचित अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा झडप भएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू आईतबार ६ देखि १० बजेसम्मका लागि हटाइएको छ ।

किशोरी हत्या प्रकरण : कर्फ्यू खुकुलो पारिदै[अपडेट]

बिमस्टेक राष्ट्र र नेपालको आर्थिक सम्बन्ध : तुई तिहाइ ब्यापार घाटा, २२ प्रतिशत लगानी, एक तिहाइ पर्यटक

नेपालको ११ खर्ब ६२ अर्बको व्यापार घाटामध्ये ६८ प्रतिशत बिमस्टेक सदस्य राष्ट्रसँग छ । लगानी र पर्यटनमा पनि यिनैको उपस्थिति न्यून छ । बिमस्टेक सदस्यहरूसँग गत वर्ष मात्रै नेपालको व्यापार घाटा ७ खर्ब ८७ अर्ब छ । उनीहरूको लगानीको हिस्सा भने २२ प्रतिशत मात्रै छ 

बिमस्टेक राष्ट्र र नेपालको आर्थिक सम्बन्ध : तुई तिहाइ ब्यापार घाटा, २२ प्रतिशत लगानी, एक तिहाइ पर्यटक

बन्दरगाहसम्म पहुँच पुर्‍याउन सुझाव

आगामी १४ र १५ गते राजधानीमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपालले बंगलादेश बन्दरगाहसम्म सिधै पहुँचका लागि ठोस पहल गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।

बन्दरगाहसम्म पहुँच पुर्‍याउन सुझाव

पोखरामा पनि किशोरीको शव

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा–१९, लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर भेटिएको हो ।

पोखरामा पनि किशोरीको शव