समाचार

News

अत्यधिक चापले गर्दा नयाँ एयरलाइन्सलाई काठमाडौंमा उडान गर्नै रोक

अत्यधिक हवाई ट्राफिक चाप व्यहोर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन आधार (अपरेसन बेस) हुने गरी अब कुनै पनि नयाँ एयरलाइन्सले अनुमति पाउने छैनन् । 

अत्यधिक चापले गर्दा नयाँ एयरलाइन्सलाई काठमाडौंमा उडान गर्नै रोक

उड्न छाड्यो मौसमी बेलुन

जल तथा मौसम विज्ञान विभागले ‘वेदर बेलुन’ (रेडियो सोन्ड) उडाउन बन्द गरेको छ । वायुमण्डलको मौसमी गतिविधि थाहा पाउन विभागले त्रिविको जल तथा मौसम केन्द्रीय विभागसँगको सहकार्यमा असार ६ गतेदेखि हरेक बिहान ६ बजे कीर्तिपुरस्थित त्रिवि परिसरबाट बेलुन उडाउने गरेको थियो ।  

उड्न छाड्यो मौसमी बेलुन

बिमस्टेक राष्ट्रको संयुक्त अभ्यासमा नेपाली सेना पर्यवेक्षक

भारतको पुनामा सोमबारदेखि सुरु बिमस्टेक राष्ट्रको प्रतिआतंकवादसम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुने भएको छ । ‘माइलेक्स २०१८’ नाम दिइएको उक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रूपमा भाग लिनेछन् ।

बिमस्टेक राष्ट्रको संयुक्त अभ्यासमा नेपाली सेना पर्यवेक्षक

आर्थिक संकटमा त्रिवि शिक्षाशास्त्र विभाग

त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभाग आर्थिक संकटबाट गुज्रिरहेको कर्मचारीले बताएका छन् । विद्यार्थी संख्या आधाभन्दा बढी घटदै जानु र आंशिक शिक्षक तथा कर्मचारी थपिएपछि विभाग आर्थिक संकटमा परेको हो ।

आर्थिक संकटमा त्रिवि शिक्षाशास्त्र विभाग

प्रहरी निरीक्षक ३० हजार घुससहित पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेशसिंह महता सेवाग्राहीबाट ३० हजार घुस लिँदै गरेको अवस्था आइतबार राति ८ बजे पक्राउ परेकाछन् ।

प्रहरी निरीक्षक ३० हजार घुससहित पक्राउ

फुजेल काण्डमा सफाई पाएका छविलाल सोमबार थुना मुक्त हुँदै, दाहाल स्वयं स्वागत गर्न जाने

चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनाले सफाइ दिएसँगै मुख्य आरोपी मध्येका एक छविलाल पौडेल सोमबार कारागार मुक्त हुने भएका छन् । 

फुजेल काण्डमा सफाई पाएका छविलाल सोमबार थुना मुक्त हुँदै, दाहाल स्वयं स्वागत गर्न जाने

रोल्पामा तरुण दलका नगर प्रमुखको गोली हानी हत्या

गोली प्रहार गरी रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो ।

रोल्पामा तरुण दलका नगर प्रमुखको गोली हानी हत्या

कृष्ण अधिकारी हत्या प्रकरणको फैसला- १३ प्रतिवादी मध्ये १२ लाई सफाई

माअाेवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएकाे गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा आइतबार चितवन जिल्ला अदालतले फैसला सुनाएको छ । १३ प्रतिवादीमध्ये एकजना रूद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनाले सफाइ पाएका छन् । 

कृष्ण अधिकारी हत्या प्रकरणको फैसला- १३ प्रतिवादी मध्ये १२ लाई सफाई

किशोरी बलात्कार र हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उलटाखामकि १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रमुख आरोपी दाबी गरिरहेको दिलिपसिंह विष्टलाई थप ४ दिन हिरासतमा राख्न म्याद थपिएको छ । 

किशोरी बलात्कार र हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

बेगनास तालमा शनिबार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो फेला परेको छ । घटनास्थलनजिकै उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । 

बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर

भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । 

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर

प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह (तस्बिरहरु)

प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह (तस्बिरहरु)

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियाे । 

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे

७५ लाखको गाडी किन्दै समन्वय समिति

स्थानीय तह र प्रदेश सरकारले महँगोमा सवारीसाधन किनेपछि चर्को आलोचना भइरहेका बेला जिल्ला समन्वय समिति मोरङले ७५ लाखको गाडी किन्ने भएको छ । समितिको दोस्रो जिल्ला सभाले त्यति रकममा गाडी किन्ने निर्णय गरेको हो ।

७५ लाखको गाडी किन्दै समन्वय समिति

वर्षमा ४८६ बलात्कृत

धरान उपमहा–नगरपालिका–५ साउनेटारका झमक बस्नेतले १७ वर्षकी किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा तीन महिनापछि पीडितका परिवारले उजुरी दिएका छन् । प्रहरीले आरोपित बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।

वर्षमा ४८६ बलात्कृत

अस्पताल परिसरभित्रै झारफुक !

खाँदबारीस्थित माल्टाका ८ महिने युनिस बुढाथोकीलाई रुघाखोकीले सताएपछि अभिभावकले जिल्ला अस्पतालमा भर्ना गरे । दुई दिनसम्म चिकित्सक उपचारमा संलग्न भए ।

अस्पताल परिसरभित्रै झारफुक !

मन्त्रीलाई आफ्नै जिल्ला ‘प्यारो’

प्रदेश २ को सरकारले जनकपुर चुरोट कारखानालाई ‘मिनी सिंहदरबार’ बनाएको छ । मन्त्रालय र मन्त्रीको निवास एउटै परिसरमा । कर्मचारीको कार्यालय र आवास एउटै थलोमा । प्रदेश प्रमुखको कार्यालय र निवास पनि त्यहीं भित्र छ ।

मन्त्रीलाई आफ्नै जिल्ला ‘प्यारो’

जीर्ण पुलबाटै गाडी वारपार

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक खण्डको सल्ली खोलामा पक्की पुल नहुँदा जीर्ण काठे पुलबाटै गाडी वारपार गराइन्छ । स्थानीयले पाँच वर्षअघि उक्त काठे पुल निर्माण गरेका हुन् ।

जीर्ण पुलबाटै गाडी वारपार

कृषि क्षेत्रलाई सुधार्न चाहन्थे नेपाली

उनले शिक्षाशास्त्र अध्ययन गरे । अंग्रेजी विषय ऐच्छिक थियो तर पछिल्लो समय उनले कृषि क्षेत्रमै भविष्य देखे । बेमौसमी ताजा तरकारी खेती हुने यो क्षेत्रमा कृषि प्राविधिक अभाव अझै उस्तै छ ।

कृषि क्षेत्रलाई सुधार्न चाहन्थे नेपाली

चुरे क्षेत्रमा सडकैसडक

पूर्वराष्ट्रपति रामवरण यादवले कमलो चुरे क्षेत्र हुँदै अर्को राजमार्ग निर्माण गर्न लागिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । पुष्पलाल लोकमार्ग र पूर्व–पश्चिम महेन्द्र राजमार्गबीचको थोरै चौडाइको भू–भागमा चुरेको जंगल हुँदै चालु आर्थिक वर्षदेखि मदन भण्डारी राजमार्ग बन्दै छ ।

चुरे क्षेत्रमा सडकैसडक

अचानक रोकियो अन्तरप्रदेश परिषद् बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बहुप्रतीक्षित अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित गरेको छ । मुख्यमन्त्रीहरूले प्रदेशका मुद्दा साझा रूपमा उठाउने तयारी गरिरहेका बेला आइतबारलाई तोकिएको बैठक अन्तिम समयमा रोकिएको हो ।

अचानक रोकियो अन्तरप्रदेश परिषद् बैठक

‘सामाजिक सञ्जालमा पनि रोक्नुपर्छ’

सांसदले सामाजिक सञ्जालमा जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी सन्देश प्रवाह गर्नेलाई पनि सजाय हुनुपर्ने माग गरेका छन् । संसद्मा लगिएको जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ संशोधन गर्न बनेको विधेयकमा उनीहरूले यस्तो व्यवस्था माग्दै संशोधन हालेका हुन् ।

‘सामाजिक सञ्जालमा पनि रोक्नुपर्छ’

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याउने तयारी 

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको छ । 

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याउने तयारी 

लुम्बिनीमा विद्युतीय बस

धुलो, धुवाँ, ध्वनिलगायत प्रदूषणले विश्वसम्पदा सूचीका क्षेत्र प्रदूषित क्षेत्रको सूचीमा पर्दै गएका छन् । लुम्बिनीलाई त्यसबाट बचाउन एउटा उपाय रचिएको छ– विद्युतीय सवारी साधनको प्रयोग ।

लुम्बिनीमा विद्युतीय बस

बाटैमा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा अछामको दुर्गम गाउँकी एक गर्भवतीले कलिलै उमेरमा ज्यान गुमाएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ की २३ वर्षीया चन्द्रा धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल हुँदै नेपालगन्ज लाने क्रममा शुक्रबार बाटैमा निधन भएको हो ।

बाटैमा सुत्केरीको मृत्यु