पहिलो खेलमा ललितपुर प्याट्रीयट्स विजयी

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो सिजनको पहिलो खेलमा सोमबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स ११ लाई ८ विकेटले पराजित गर्‍यो । टस जितेर फिल्डिङ रोजेको ललितपुरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै काठमाडौंलाई ८९ रनमा अलआउट गरेको थियो ।

पहिलो खेलमा ललितपुर प्याट्रीयट्स विजयी

म्यानचेस्टर र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिगको आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले अपेक्षा अनुसार जित हात पार्न सफल भएको छ । म्यानचेस्टरले वेस्ट ब्रुमलाई २–१ ले हरायो । यो सफलतापछि म्यानचेस्टरको ४१ अंक भएको छ र दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी ५२ अंकमा शीर्ष स्थानमा छ । लिभरपुलले भने बर्नमाउथलाई ४–० ले पन्छायो ।

 म्यानचेस्टर र लिभरपुल विजयी

युभेन्ट्स दोस्रो स्थानमा

युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार दोस्रो स्थान कब्जा गरेको छ । उसका लागि उसले बोलोग्नालाई सजिलै ३–० ले हरायो । युभेन्ट्सको यो जितपछि ४१ अंक भएको छ ।

युभेन्ट्स दोस्रो स्थानमा

विराटनगरमा हङकङका स्टार

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले हङकङका स्टार ब्याट्सम्यानद्वय अनुस्मन रथ र बाबर हायातलाई टोलीमा समेटेको छ । गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष तीन ब्याट्सम्यानमध्येका यी दुई खेलाडीले विराटनगरबाट खेल्ने भएका हुन् ।

विराटनगरमा हङकङका स्टार

ईपीएल आजबाट सुरु

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करण सोमबारदेखि राजधानीमा सुरु हुँदैछ । ६ सहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिताको विजयी टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । ठूलो रकमको प्रतियोगिता भए पनि यसपटक विदेशी खेलाडीको सहभागिताले सबैको नजर त्यसतर्फ तानिएको छ ।

ईपीएल आजबाट सुरु

भारतलाई लगातार आठौं सिरिज

प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले आठ विकेटको जित हात पारेको छ । यससँगै उसले सिरिज पनि कब्जा गर्‍यो ।

भारतलाई लगातार आठौं सिरिज

नेपाल अपराजित च्याम्पियन

नेपाल अपराजित रहँदै एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । थाइल्यान्डमा भइरहेको प्रतियोगिताको आइतबारको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्‍यो ।

नेपाल अपराजित च्याम्पियन

हामसिकले गरे म्याराडोनाको बराबरी

मारेक हामसिकले नेपोलीका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमानका लागि डिएगो म्याराडोनाको बराबरी गरेपछि नेपोलीले शनिबार टुरिनोलाई ३–१ ले हरायो र त्यही दिन इन्टर मिलानले बेहोरेको हारको भरपूर फाइदा उठायो । इन्टरको हारले नेपोली शीर्ष स्थानमा पनि उक्लेको छ ।

हामसिकले गरे म्याराडोनाको बराबरी

बार्सिलोनाको सजिलो जित

स्पेनी ला लिगमा बार्सिलोनाले आइतबार राति सजिलो जित निकालेको छ । उसले लुइस स्वारेजको दुई गोलमा डेपोर्टिभो लाकारुनालाई ४–० ले हरायो । यस जितपछि बार्सिलोनाको ४२ अंक भएको छ ।

बार्सिलोनाको सजिलो जित
पुस २, २०७४

नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि

नेपाल यू-१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्‍यो ।

नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि

चितवन टाइगर्सका खेलाडी सार्वजनिक

स्तरिय क्रिकेट खेलेर दर्शकलाई सन्तुष्टि प्रदान गर्ने लक्ष्यसाथ चितवन टाइगर्सले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि शनिबार आफ्नो टिमका खेलाडी सार्वजनिक गरेको छ ।

चितवन टाइगर्सका खेलाडी सार्वजनिक

नेपाल फाइनलमा

नेपाल शनिबार मलेसियालाई ७२ रनले पराजित गरी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल पुगेको छ । आइतबार हुने फाइनलमा नेपालले सिंगापुरको सामना गर्नेछ । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा वर्षाका कारण निर्धारित ओभरभन्दा एक ओभर घटाई ३४ ओभर बनाइएको थियो ।

नेपाल फाइनलमा

पोखरा राइनोजमा तीन पाकिस्तानी

टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजले शनिबार आफ्नो अभ्यास पूरा गरेको छ । पोखरा रंगशालाको मैदानमा राइनोजले पाँच दिन अभ्यास गरेको थियो ।

पोखरा राइनोजमा तीन पाकिस्तानी

इंग्ल्यान्डको सम्भावना पातलिँदै

अस्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ र मिचेल मार्सले तेस्रो दिन उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि एसेज सिरिजको तेस्रो टेस्टमा अस्ट्रेलियाले बलियो पकड बनाएको छ । पाहुना टोलीको खेल जित्ने सम्भावना टाढा रहेकाले बाँकी दुई दिन वर्षाको सम्भावना हार टार्ने एकमात्र बाटो देखिन्छ ।

इंग्ल्यान्डको सम्भावना पातलिँदै

मनाङलाई दुहबी गोल्डकप

फाइनलमा आफूलाई सुधार्दै मनाङ मस्र्याङ्दी क्लबले शनिबार परिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै मनमोहन दुहबी गोल्डकप फुटबलको ट्रफी जितेको छ ।

मनाङलाई दुहबी गोल्डकप

नेपाल च्याम्पियन

फाइनल खेलमा सुरुआती जोडीको ब्याटिङ चलेपछि नेपालले प्रथम ह्विलचियर क्रिकेट च्याम्पियनसिप २०१७ को उपाधि जितेको छ । बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।

नेपाल च्याम्पियन

नेपाल र बंगलादेश भिड्दै

साफ यू–१५ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ । उपाधि जित्ने लक्ष्य लिएर ढाका पुगेको नेपालले उपाधि दाबेदार मानिएको बंगलादेशको चुनौती स्विकार्ने छ ।

हल्चोकमा नर्सहरू दौडिए

बिरामीको स्वास्थ्योपचारमा सक्रिय भूमिका खेल्ने नर्सहरू शनिबार रंगशालाको ट्रयाकमा देखिए । अस्पतालमा सधैं सेतो ड्रेसकोडमा चौबिसै घण्टा बिरामीको सेवामा तल्नीन नर्सहरू ट्रयाकमा फरक–फरक पोसाकमा थिए ।

हल्चोकमा नर्सहरू दौडिए

पदकधारी सम्मानित

प्रथम इसिन कान क्योकुसिन कराँते एसियन कप काता च्याम्पियनसिपमा पदक जितेका तीन खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । एकल कातामा स्वर्ण जितेका ज्ञानबहादुर तामाङ २५ हजारसहित सम्मानित भए । कांस्य जितेका डिककुमार प्रधान र एलेन्स पौडेलले ५–५ हजार पाए ।

सुदूरपश्चिम विजयी

सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै टोली धनगढीमा जारी तेस्रो ग्यालेक्सी पब्लिक फारवेस्ट पशुपति कप फुटबलको क्वाटरफाईनल पुगेको छ । सुदूरपश्चिम एले नेपाल प्रहरी प्रदेश नम्बर ७ लाई ४–० ले हरायो । विनोद केसीले र्२, जीवन चौधरी र रामसिंह रानाले १–१ गोल गरे ।

इन्डोर क्रिकेट हुने

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले प्रथम छात्रछात्रा इन्डोर क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पुस ४ देखि ९सम्म भनिमण्डलस्थित डीएभी कलेजमा हुने स्पर्धाको छात्रतर्फ १० स्कुल र छात्रातर्फ ५ स्कुलले भाग लिने शनिबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपोली अनुकुल नतिजा

इटालीको सिरी ए मा शनिबार रात नेपोलीको अनुकुल नतिजा आएका छन् । नेपोलीले टुरिनोलाई ३–१ ले हरायो । उपाधिको होडमा रहेको अर्को क्लब इन्टर मिलान भने युडिनेजीको हातबाट ३–१ ले पराजित रह्यो ।

नेपोली अनुकुल नतिजा

रियलले जित्यो क्लब वर्ल्डकप

क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मदतले रियल म्याड्रिडले क्लब वर्ल्डकप जितेको छ । रोनाल्डोले ५३ औं मिनेटमा गोल गरे र रियल ग्रेमिओविरुद्ध १–० ले विजयी रह्यो ।

रियलले जित्यो क्लब वर्ल्डकप

म्यानचेस्टर सिटीको अर्को जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार १६ औं जित हात पारेको छ र यसका लागि उसले टोटनहमलाई ४–१ ले हरायो । सिटीको १८ खेलबाट ५२ अंक भएको छ । त्यसमा रहिम स्टर्लिङले दुई गेल गरे । दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड छ र उसको ३८ अंक छ । यस्तै चेल्सीले साउथह्याम्पटन र आर्सनलले न्यूकासललाई समान १–० ले हरायो ।

म्यानचेस्टर सिटीको अर्को जित