समाचार

News

वैदेशिक रोजगार सुधार सुझाव कार्यदलको निष्कर्ष : करारपत्र बदलेर दूतावासमार्फत मुद्दा

वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले आपूर्ति प्रक्रियामा कामदारसँग गरेको करारपत्र बदल्ने रोजगारदाता कम्पनीविरुद्ध गन्तव्य देशकै अदालतमा नेपाली दूतावासमार्फत मुद्दा चलाउन सुझाव दिएको छ । नेपालमा कामदारसँग गरेको करारपत्र बदलेर अर्को दिने परिपाटी अन्त्य गर्न सके मात्रै कामदार ठगिनबाट जोगाउन सकिने कार्यदलको निष्कर्ष छ ।

वैदेशिक रोजगार सुधार सुझाव कार्यदलको निष्कर्ष : करारपत्र बदलेर दूतावासमार्फत मुद्दा

नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एयरबस उडाउने तर नेपाली विमानलाई युरोप उडान बन्देज लगाउने विषय नसुहाएको भन्दै त्यसमा पुनर्विचार गर्न युरोपेली युनियनलाई आग्रह गरेका छन् ।

नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह

सुनवाइ समितिका ६ सदस्यलाई पीएसओ

प्रहरी प्रधान कार्यालयले संसदीय सुनुवाइ समितिका ६ सदस्यलाई व्यक्तिगत अंगरक्षक (पीएसओ) खटाएको छ । प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार केही दिनयता सांसदको सुरक्षा चुनौती बढेको जानकारी आएपछि पीएसओ खटाइएको हो ।   

सुनवाइ समितिका ६ सदस्यलाई पीएसओ

चार वर्षपछि छुटे टीकाराम

साउदी अरबको जिजान जेलमा थुनिएका चितवनका टीकाराम सापकोटा निर्दोष सावित भई बुधबार छुटेका छन् । सापकोटा चार वर्षअघि खैरेनी–१३, चितवनका सोमप्रसाद सिलवालको हत्या अभियोगमा पक्राउ परेका थिए । जेद्दास्थित महावाणिज्यदूतको कार्यालयले कानुनी प्रतिरक्षा गरी सापकोटालाई छुटाएको हो ।

चार वर्षपछि छुटे टीकाराम

८ सम्बन्धन खारेज

सरकारले विश्वविद्यालयहरूलाई सम्बन्धन दिन रोक लगाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार कुनै पनि विश्वविद्यालयले आंगिक र निजी कलेजलाई सम्बन्धन दिन पाउने छैनन् ।

८ सम्बन्धन खारेज

न्यायाधीशविरुद्ध गंगामायाको उजुरी

गंगामाया अधिकारीले चितवनका मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई कारबाही माग गर्दै न्याय परिषद्मा उजुरी गरेकी छन् । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारी हत्याका दोषीमध्ये एक छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरी जेल चलान भएको भोलिपल्ट न्यायाधीश शर्माले पत्रकार सम्मेलन गरेर चितवन जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला साउन २० गते गर्ने बताएका थिए । 

न्यायाधीशविरुद्ध गंगामायाको उजुरी

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै उजुरी

कान्तिपुर दैनिकका पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै उनकी पत्नी गंगा खतिवडाले बुधबार छानबिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै उजुरी

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि २२ संशोधन दर्ता

सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि २२ संशोधन दर्ता

फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग

नेपाल पत्रकार महासंघले फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्न सक्ने भन्दै सञ्चार माध्यम र संचारकर्मीका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । 

फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको छ । 

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

अफवाह फैलाएको आरोपमा अनलाईन सञ्चालक पक्राउ

कञ्चनपुरमा भएको बलत्कार घटनाको सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक अनलाईनका अध्यक्षलाई पक्राउ गरेको छ । 

अफवाह फैलाएको आरोपमा अनलाईन सञ्चालक पक्राउ

आदिवासी दिवसमा राजनीतिक सम्मेलन

नेपाल आदिवासी जनजाति महासंघले २४ औं विश्व आदिवासी दिवस (अगस्ट ९) का अवसरमा राजनीतिक सम्मेलन गर्ने भएको छ । महासंघले दुई साताव्यापी थप कार्यक्रमसमेत घोषणा गरेको छ ।

आदिवासी दिवसमा राजनीतिक सम्मेलन

प्रधानन्यायाधीशमाथिको सुनुवाइ : विवादमै अल्झियो समिति [अपडेट]

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेन । जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने/नगर्ने भन्नेमा दिनभर दुवै दलका शीर्ष तहदेखि समितिका सदस्यहरूबीच लामो माथापच्ची चलेको थियो । 

प्रधानन्यायाधीशमाथिको सुनुवाइ : विवादमै अल्झियो समिति [अपडेट]

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।  परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए ।

युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

विराटनगरस्थित भारतीय क्याम्प अफिसः काम बन्द , कार्यालय खुल्ला

भारतीय दूतावासले विराटनगरमा एक दशकदेखि सञ्चालन गर्दै आएको क्याम्प अफिसको काम बुधबारदेखि बन्द गरे पनि कार्यालय भने खुल्ला नै राखेको छ ।

विराटनगरस्थित भारतीय क्याम्प अफिसः काम बन्द , कार्यालय खुल्ला

१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । 

१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

दाउ प्रहार गरी छोराको हत्या

एक व्यक्तिले दाउ प्रहार गरी छोराको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली रमाईलो चोक स्थित शिवप्रसाद पौडेलको घरमा डेरा गरी बस्ने मोरङ सुनवर्षा नगरपालिका–१ का ४० वर्षीय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षीय सागर चापागाईंको हत्या गरेको प्रहरीले जनाएको छ ।

दाउ प्रहार गरी छोराको हत्या

पालभित्र सुत्केरी

निहुरिएर मुस्किलले पस्न मिल्ने त्रिपालको टहरो । भित्र साँघुरो र अँध्यारो कोटरी । चारैतिर पानी रसाइरहेको छ । १७ वर्षीया निर्मला नेपाली त्यही पालभित्र एकमहिने शिशुसहित बसिरहेकी छन् । । अलिकति मेघ (वर्षा) आउनेबित्तिकै भित्र पानीको खाल पर्छ, बच्चालाई बचाउनै गाह्रो छ,’ उनले भनिन्, । त्यसमाथि सर्पको डरले रातभरि निदै्र पर्दैन ।’

पालभित्र सुत्केरी

औलो नियन्त्रणबाहिर

खत्याड गाउँपालिकाको रिघा गाउँमा फैलिएको औलो रोग अझै नियन्त्रण हुन सकेको छैन । रोग नियन्त्रण महाशाखाबाट विशेषज्ञको र जिल्ला स्वास्थ्यबाट चिकित्सकको टोली गाउँ पुगेर एक सातासम्म उपचार गरी फर्किएको थियो ।

औलो नियन्त्रणबाहिर

घेराबन्दीमा मोहनपुर

कैलारी गाउँपालिकामा पर्ने सीमा नदी मोहनापारि एकान्त बस्ती छ, मोहनपुर । यहाँका ५ कक्षाभन्दा माथिका विद्यार्थी बर्खाभर डुंगामा आउजाउ गर्छन् । ठूलो बाढी आउँदा डुंगा पनि बन्द हुन्छ । बाढीकै कारण बालबालिका घर फर्कन नपाएर भोकै विद्यालयमै बस्न बाध्य हुन्छन् ।

घेराबन्दीमा मोहनपुर

जोशीबारे आज निर्णय होला ?

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले कसरी प्रस्तुत हुने भन्ने छुट्टाछुट्टै रणनीति बनाएका छन् । नेकपाले बुधबार निर्णय हुने गरी बैठकमा प्रस्तुत हुने रणनीति बनाएको छ ।

जोशीबारे आज निर्णय होला ?

‘बागदरबार नभत्काऊँ’

बागदरबार जोगाउनुपर्ने आवाज काठमाडौं महानगरभित्रै उठ्न थालेको छ । महानगरको २७ औं बोर्ड बैठकमा वडा अध्यक्षहरूले कलाकृतिले भरिपूर्ण बागदरबार जोगाउनुपर्ने धारणा राखेका हुन् । बागदरबार रहेकै ११ वडाका अध्यक्ष हिरालाल तन्डुकारलगायतले बागदबार जोगाउनुपर्ने अडान राखे ।

‘बागदरबार नभत्काऊँ’

मौलिक हक विधेयक एक–दुई दिनमै

सरकारले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको प्रचलन गराउन आवश्यक विधेयकलाई संसद्मा छलफलका लागि पेस गर्ने निर्णय गरेको छ । सरकारले एक–दुई दिनभित्रै भएभरका विधेयक एकैपटक संसद्मा पेस गर्न लागेको हो ।

मौलिक हक विधेयक एक–दुई दिनमै

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता

सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिअनुसार नै सत्तापक्षका सांसदहरूले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले संशोधन दर्ता गराएका हुन् ।

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता

विदेश पठाउन म्यानपावरै म्यानपावर

आर्थिक वर्ष २०७४/७५ मा जम्मा १ हजार ७२ वटा म्यानपावरले ३ लाख २३ हजार ८ सय ८७ जनालाई वैदेशिक रोजगारीमा पठाए । वैदेशिक रोजगार विभागका अनुसार दर्ता भएका १२ सय १५ वटा म्यानपावरमध्ये २९ वटाले काम गर्दैनन् ।

विदेश पठाउन म्यानपावरै म्यानपावर

डा. केसी सामान्य वार्डमा

डा. गोविन्द केसीलाई मंगलबार त्रिवि शिक्षण अस्पतालको सामान्य वार्डमा सारिएको छ । २७ दिन लामो अनशनले कमजोर बनेका उनलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।

डा. केसी सामान्य वार्डमा

गोठालोलाई गोठै प्यारो

भैंसी लिएर लेक पुगेका कमानसिंह पौडेलको जीवन रसिलो छ । भैंसीको दही, मोही र घिउले उनको ज्यान बलियो बनाएको छ । गोठलोलाई गोठै प्यारो भएर होला, उनी यसमै खुसी छन् ।

गोठालोलाई गोठै प्यारो