समाचार

News

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रश्नमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको भएकाले दुईमध्ये एक जनाले राजीनामा दिनुपर्ने वा नपर्ने प्रश्नमा संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रश्नमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

नेपाल–भारत सैन्य अभ्यास

भारतको पिथौरागढमा दुई सातादेखि सञ्चालित प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापनसम्बन्धी नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त ‘अभ्यास सूर्यकिरण–१३’ सकिएको छ ।

नेपाल–भारत सैन्य अभ्यास

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

केही निजी विद्यालय सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री र नेताहरूलाई भेटेर लबिइङ थालेका छन् ।साउनबाट पढाइ हुने कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ ।

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

आज राति दुई बजेदेखि अधिकमास समाप्त

जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि सुरु भएको अधिकमास बुधबार राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज राति दुई बजेदेखि अधिकमास समाप्त

‘प्रश्न सोध्न पाउने पत्रकारको अधिकार’

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गराएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रश्न सोध्न पाउने पत्रकारको अधिकार’

दाहालले माओवादीलाई फोहोरमा मिलाए : भट्टराई

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई एमालेजस्तो फोहोरमा लगेर मिलाएको आरोप लगाएका छन् । पार्टी स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उनले माओवादी नेता–कार्यकर्तालाई दाहालले आफूसँगै डुबाएको बताएका हुन् ।

दाहालले माओवादीलाई फोहोरमा मिलाए : भट्टराई

गंगामायाको जीवन रक्षा गर : आयोग

प्रधानमन्त्री केपी ओली र मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माबीच आमरण अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा गर्न सकिने उपायबारे बुधबार छलफल भएको छ ।

गंगामायाको जीवन रक्षा गर : आयोग

बिजुली चोर्नेमाथि कडा कारबाही : गृहमन्त्री

गृहमन्त्रालय र उर्जा मन्त्रालयले झोलामा खोला राख्ने र बिजुली चोर्नेमाथि कडा रुपमा प्रस्तुत हुने र संयुक्त रुपमा कारबाहीमा उत्रने तयारी गरेका छन् ।

बिजुली चोर्नेमाथि कडा कारबाही : गृहमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत 

ज्यान मारेको अभियोगमा थुनामा रहेका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । 

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत 

‘सरकारी सञ्चारमा मातृभाषामै परीक्षाको व्यवस्था हुनुपर्छ’

सरकार मातहतका सञ्चारमाध्यममा मातृभाषाका निम्ति छनोट गरिने समाचारदाता तथा समाचारवाचकलाई मातृभाषामै परीक्षाको व्यवस्था हुनुपर्ने सरोकार पक्षले माग गरेका छन् ।

‘सरकारी सञ्चारमा मातृभाषामै परीक्षाको व्यवस्था हुनुपर्छ’

सीसीटीभी फुटेजका आधारमा सवारी चालकलाई कारबाही

साताअघि काठमाडौंका छत्रबहादुर बस्नेतलाई महानगरीय ट्राफिक महाशाखाबाट फोन आयो । महाशाखाको टिभीटी शाखाले बोलाएपछि उनी भोलिपल्ट महाशाखा पुगे । तर, त्यहाँ पुग्दासम्म उनलाई के काम भन्ने पत्तो थिएन ।

सीसीटीभी फुटेजका आधारमा सवारी चालकलाई कारबाही

प्रधानमन्त्रीको चीन भ्रमण असार ५ मा

प्रधानमन्त्री केपी ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीको चीन भ्रमण असार ५ मा

कार्यक्रम बन्द गराइनु प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप : महासंघ

प्रश्न सोधेकै आधारमा नेपाल टेलिभजनबाट प्रसारण हुने कार्यक्रम बन्द गराइएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर ‘सिधा प्रश्न’ कार्यक्रमका प्रस्तोता राजु थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा बन्द गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए ।

कार्यक्रम बन्द गराइनु प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप : महासंघ

सञ्चारमन्त्रीको दबाबमा टेलिभिजन कार्यक्रम बन्द !

१२ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको 'सिधा प्रश्न' कार्यक्रम टेलिभिजन व्यवस्थापनले बन्द गरेको छ ।

सञ्चारमन्त्रीको दबाबमा टेलिभिजन कार्यक्रम बन्द !

घाँटी रेटेर छोराको हत्या

पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भइ हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् ।

घाँटी रेटेर छोराको हत्या

हिउँ चितुवा पाइने देशका मन्त्रीहरु बिस्केकमा 

हिउँ चितुवा पाइने १२ देशका मन्त्रीहरुको उच्चस्तरीय बैठक बिहीबार र शुक्रवार किर्गिस्तानको बिस्केकमा हुँदैछ । ‘जिएसएलइपी’ कार्यसमितिको तेस्रो बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयको जैविक विविधता महाशाखा प्रमुख डा.महेश्वर ढकाल मंगलबार किर्गिस्तान प्रस्थान गरेका छन् । 

हिउँ चितुवा पाइने देशका मन्त्रीहरु बिस्केकमा 

३३ किलो सुन तस्करी काण्डः बाजेको सेकुवामा शिलबन्दी

३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन समितिले काठमाडौ‌ं उपत्याकाका विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवामा शिलबन्दी गरेको छ । समितिले रेस्टुरेन्ट सञ्चालक चेतनाथ(चेतन) भण्डारीको पनि संगठीत सुन तस्करीमा संलग्न रहेको र तस्करीबाट अार्जित रकम रेस्टुरेन्टमा प्रयाेग भएको दाबी छ ।

३३ किलो सुन तस्करी काण्डः बाजेको सेकुवामा शिलबन्दी

बीपी राजमार्गमा ठूला सवारी संचालनको माग, व्यवसायी आन्दोलनमा

बीपी राजमार्गमा ठूला सवारी संचालनमा रोक लगाएपछि आन्दोलनमा उत्रिएका रामेछापका व्यवसायीहरुले बुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् ।मा रोक लगाएपछि आन्दोलनमा उत्रिएका रामेछापका व्यवसायीहरुले बुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् ।

बीपी राजमार्गमा ठूला सवारी संचालनको माग, व्यवसायी आन्दोलनमा

सार्वजनिक जग्गामा बनेका २ सय टहरा हटाइयो

रातारात सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका दुई सय टहरा प्रहरीले बुधवार हटाएको छ । पोखरालगायत विभिन्न स्थानबाट आएका अतिक्रमणकारीले पोखरा लेखनाथ– १८ धरमपानीमा मंगलबार राति ती टहरा बनाएका थिए । 

सार्वजनिक जग्गामा बनेका २ सय टहरा हटाइयो

अनशनरत गंगामायाको माग बारे प्रधानमन्त्री र मानवअधिकार आयोगका अध्यक्षबीच छलफल

पछिल्लोपटक आमरण अनशन थालेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको माग बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग परामर्श गरेका छन् ।

अनशनरत गंगामायाको माग बारे प्रधानमन्त्री र मानवअधिकार आयोगका अध्यक्षबीच छलफल

टिप्परको ठक्करबाट घाइते महिलाको मृत्यु

जडिबुटीमा बालुवा बोकेको टिप्परले ठक्कर दिँदा घाइते भएकी स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । कोटेश्वरतर्फ आइरहेको ना ४ ख ३५५८ टिप्परले बुधबार सोही दिशाको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार रौतहटकी २४ वर्षीया अस्मिता भण्डारी गम्भीर घाइते भएकी थिइन् ।

टिप्परको ठक्करबाट घाइते महिलाको मृत्यु

छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए । 

छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

वडाध्यक्षसहित ११ पक्राउ

कटहरिया नगरपालिका–९ स्थित डुमरिया टोलका १२ वर्षीय युवराज साहको हत्या आरोपमा प्रहरीले वडाअध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध मंगलबार जिल्ला अदालतबाट म्याद थपी अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ ।

वडाध्यक्षसहित ११ पक्राउ

वीरगन्जमा रगत अभाव

वीरगन्जमा मागको तुलनामा रगत अभाव देखिएको छ । गर्मीमा रक्तदान कम हुने र बिरामी पनि बढ्ने भएकाले रगत अभाव हुने गरेको छ । पछिल्ला दिन ‘ओ’ र ‘बी’ पोजिटिभ रगतको माग ह्वात्तै बढेको छ ।

वीरगन्जमा रगत अभाव

छाउगोठमा मृत्यु : यसरी गयो पार्वतीको ज्यान

महिनावारी भएर छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भयो । तर स्थानीयवासी, जनप्रतिनिधि र स्वयंसेविकालगायतले छाउगोठमा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे ।

छाउगोठमा मृत्यु : यसरी गयो पार्वतीको ज्यान

बीपी राजमार्ग: ढुवानी रोकिँदा व्यवसायी आन्दोलित

सर्वोच्च अदालतले बीपी राजमार्गमा १० टनभन्दा माथिका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्लाका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबार रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा विरोध र्‍याली निकाली आदेश पुनरावलोकनको माग गरे ।

बीपी राजमार्ग: ढुवानी रोकिँदा व्यवसायी आन्दोलित

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै

चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले अब एउटा मात्रै प्रवेश परीक्षामा सहभागी भए पुग्ने भएको छ । यसअघि विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्थ्यो ।

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै

पूर्वविशिष्टलाई विलासी सुविधा: विधेयक फेरि मस्यौदा

सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका विशिष्ट पूर्वपदाधिकारीलाई विलासी सुविधा दिन फेरि विधेयक मस्यौदा गरेको छ । विलासी सुविधा दिने व्यवस्थाको तीव्र विरोध भएपछि यसअघि संसद्बाट दुई पटक फिर्ता भएको र पछिल्लो संसद्बाट निष्क्रिय पारिएको विधेयक सरकारले फेरि ल्याउन लागेको हो ।

पूर्वविशिष्टलाई विलासी सुविधा: विधेयक फेरि मस्यौदा