समाचार

News

‘सबैले आफ्नै मुलुकको राष्ट्रिय हित नै हेर्छ’

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देशीय सम्बन्धलाई सबै पक्षबाट सवल र सशक्त बनाउन उपयोगी रहेको अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक तथा अध्ययनरतहरुले बताएका छन् ।

‘सबैले आफ्नै मुलुकको राष्ट्रिय हित नै हेर्छ’

किन रोकियो नियमावली ?

संघीय संसद् चलेको यतिका दिनसम्म पनि दलहरूबीच सहमति हुन नसक्दा दुवै सदनको नियमावली पारित हुन सकेको छैन । बुधबार पारित गर्ने कार्यसूचीमा राखिएको नियमावलीको मस्यौदा अचानक एजेन्डाबाटै हटाइयो । आखिर किन त ?

किन रोकियो नियमावली ?

कांग्रेसले लिएको अडान ठीक छ : देउवा

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रस्तावित संसद् नियमावलीबारे पार्टीले लिएको अडान सही रहेको भन्दै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । 

कांग्रेसले लिएको अडान ठीक छ : देउवा

८ सय २७ कामदारका समस्या समाधान गर्न सिफारिस

कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ । 

८ सय २७ कामदारका समस्या समाधान गर्न सिफारिस

नेतृत्वविहीन न्यायालय

न्यायपरिषदको पत्रबाट गत फागुन ३० मा विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि न्यायपालिका नेतृत्वविहीन छ । ज्येष्ठताका आधारमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् । 

नेतृत्वविहीन न्यायालय

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ ।

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

अब्बासी–क्षत्री भेट

पाकिस्तानको औपाचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्यहाँका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग दुईपक्षीय भेटवार्ता गरेको छन । 

अब्बासी–क्षत्री भेट

स्वैच्छिक अवकाश अघि नबढाए आन्दोलन गर्ने चेतवानी

स्वैच्छिक अवकाश प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारलाई चेतावनी दिएको छ ।

स्वैच्छिक अवकाश अघि नबढाए आन्दोलन गर्ने चेतवानी

सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज अध्यक्षमा राणा

साप्ताहिक पत्रिकाका सम्पादकहरुको संस्था अन्तर्राष्ट्रिय समाजको नेपालमा ७ जना पदाधिकारी रहने गरि शाखा गठन भएको छ । 

सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज अध्यक्षमा राणा

नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेकाे छ ।

नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

सन्दीप आईसीसी विश्व ११ टोलीमा

नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

सन्दीप आईसीसी विश्व ११ टोलीमा

मकालु एयरको जहाज दुर्घटना : पाइलटको शव काठमाडौं ल्याइयो

मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडौं ल्याइ पुर्‍याएको छ । सिम्रिक एयरको हेलिकोप्टर शव लिएर करिब एक बजे काठमाडौंको उडेको थियो ।

मकालु एयरको जहाज दुर्घटना : पाइलटको शव काठमाडौं ल्याइयो

एमाले र माओवादी  एक हुँदै 

एमाले र माओवादी केन्द्रले पार्टी एकताको अन्तिम निर्णय गर्न दुबै दलका आन्तरिक बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहानको छलफल एकता गर्ने अन्तिम टुंगोमा पुगेपछि दुबै दलले त्यसम्बन्धि आन्तरिक निर्णय लिने प्रयोजनका लागि बैठक बोलाएका हुन् ।

एमाले र माओवादी  एक हुँदै 

कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।

कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा

एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

नेकपा एमालेले बुधबार ४ बजेका लागि आकस्मिक रुपमा स्थायी कमिटीको बैठक डाकेको छ ।एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने छ ।

एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु [अपडेट]

मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए ।

मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु [अपडेट]

हुम्ला सदरमुकाम उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्क बाहिर

सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा छैन । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । उनले भने, 'उक्त समयमा अवतरण भएको छैन । जहाज सम्पर्क बाहिर छ । थप स्थिति बुझ्ने काम भइरहेको छ ।'

हुम्ला सदरमुकाम उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्क बाहिर

द्रुतमार्गका काठ सामुदायिक वनलाई

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा कटान भएका काठ तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गरेको छ ।

द्रुतमार्गका काठ सामुदायिक वनलाई

‘मापदण्ड मिचेर’ रूख कटान

पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले मापदण्डविपरीत १ करोडभन्दा बढी मूल्यका रूख कटान गरेको छ । समितिले सेक्टर वन मंगलबारे र इलाका वन पथरीको मिलेमतोमा तोकिएभन्दा २० वटा रूख (१ सय ९२ थान गोलिया) बढी काटेको हो ।

‘मापदण्ड मिचेर’ रूख कटान

सिद्धार्थ राजमार्ग: ठेक्का लिन्छन्, कामै गर्दैनन्

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्ड स्तरोन्नतिका लागि सडक डिभिजनले २०६९/७० मै ठेक्का दिएको हो । तर, अहिले पनि खाल्डा उस्तै छन् । पहिरोको जोखिम अलिकति पनि घटेको छैन । २१ महिनामा काम सक्ने गरी ५ करोड ४७ लाखमा ठेक्का सकारेको ठेकेदार कम्पनीले पाँच वर्ष बित्दा पनि काम सकेन । सडक डिभिजनले लापरबाह ठेकेदारलाई न काममा लगाउन सक्यो न त कारबाही अघि बढाउन ।

सिद्धार्थ राजमार्ग: ठेक्का लिन्छन्, कामै गर्दैनन्

विद्यालय शिक्षा पाठ्यक्रम मस्यौदाः यस्तो बन्दै छ नयाँ पाठ्यक्रम

पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्यक्रम मस्यौदा सार्वजनिक गरेको छ । कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनका लागि सोमबार सार्वजनिक गरिएको हो ।

विद्यालय शिक्षा पाठ्यक्रम मस्यौदाः यस्तो बन्दै छ नयाँ पाठ्यक्रम

सेनाले बनाइदियो अस्पताल

त्रिवेणी गाउँपालिका ३, तथा साविकको खारा गाविस १, का वीरभान ओलीले नेपाली सेनालाई सबै गाउँलेका तर्फबाट धन्यवाद ज्ञापन गरे । ‘१२ वर्षपछि खोलो फर्किन्छ रे, यहाँ १४ वर्ष लाग्यो,’ उनले भने, ‘गाउँमा नभई नहुने अस्पताल निर्माण गर्ने सेना धन्यवादको पात्र बनेको छ, गाउँलेको आधारभूत आवश्यकता परिपूर्ति हुने गरी अस्पताल बनाइदिएर खाराका बासिन्दालाई सेनाले ठूलो गुण लगायो ।’

सेनाले बनाइदियो अस्पताल

सुन तस्करी र हत्या प्रकरण: ‘अनुसन्धान नै पूर्वाग्रही’

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा छानबिन समिति र प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको प्रतिवादीका कानुन व्यवसायीले दाबी गरेका छन् । संगठित अपराध ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा दायर गरिएको उनीहरूको भनाइ छ ।

सुन तस्करी र हत्या प्रकरण: ‘अनुसन्धान नै पूर्वाग्रही’

बजेट पार्न दौडधुप

सरकारले आगामी साता संसद्मा वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहँदा आ–आफ्ना क्षेत्र र प्रदेशमा विशेष कार्यक्रम पार्ने राजनीतिक लबिइङ तीव्र भएको छ । प्रदेश सरकार र सांसदहरूले प्रधानमन्त्री, मन्त्री र बजेट निर्माणमा संलग्न अधिकारीहरूसँगको भेटघाटलाई बाक्लो बनाएका छन् ।

बजेट पार्न दौडधुप

नियमावली विवादमा आज मतदान

संघीय संसद्को नियमावली मस्यौदामाथि परेका संशोधन प्रस्तावको टुंगो लगाउन बुधबार प्रतिनिधिसभामा मतदान हुने भएको छ । बजेट अधिवेशन सुरु भएकै दिन अघिल्लो आइतबार नियमावली मस्यौदा समितिले सदनमा पेस गरेको मस्यौदामा सांसदहरूले ६ वटा संशोधन दर्ता गराएका छन् ।

नियमावली विवादमा आज मतदान

एमाले–माओवादी सम्बन्ध ‘सुध्रिँदै’

सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादी नेताहरूसँग प्रधानमन्त्री केपी ओलीले नयाँ शिराबाट परामर्श थालेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन ‘पर्याप्त’ गृहकार्य गर्ने वचन पनि दिएको माओवादी नेताहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अरुण–३ जलविद्युत् परियोजनाको शिलान्यासमा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनलाई नबोलाएपछि पछिल्लोपटक चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । उनले मन्त्री पुनसँग सोमबार एक घण्टाभन्दा बढी बेग्लै कुराकानी गरे ।

एमाले–माओवादी सम्बन्ध ‘सुध्रिँदै’

एकता अन्तिम चरणमा : ओली

प्रधानमन्त्री केपी ओलीले एकताको तयारी अन्तिम अवस्थामा पुगिसकेको बताएका छन् । युवा संघको स्थापना दिवस कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले केही दिनको समय राखेर एकता गरिने बताए ।

एकता अन्तिम चरणमा : ओली