प्रिन्ट संस्करण

Printedition

नमुना विद्यालयको कक्षा खुला चौरमा

मुसीकोट नगरपालिका २, मा रहेको महाकाली मावि नमुना विद्यालय हो। २०७२ मा हरेक गाविसमा १ र नगरपालिकामा २ वटा विद्यालय नमुना बनाउने भन्दै उक्त विद्यालयलाई पनि नमुना घोषणा गरिएको थियो।

दुर्गममा एम्बुलेन्स

सामान्य रोग लाग्दासमेत समयमै उपचार नहुँदा अकालमै ज्यान गुमाउने यहाँका बासिन्दाका लागि खुसी थपिएको छ। क्षेत्र नम्बर २ वाट माओवादी केन्द्रतर्फबाट समानुपातिक सांसद बनेकी जानकी साउद रावलले दुर्गम गाउँका लागि सांसद विकास कोषबाट एम्बुलेन्स खरिद गरिएको छ ।

बबईमा जलस्तर घट्दै, कर्णालीमा बढ्दै

दुई सातादेखि पश्चिम तराईको बर्दियामा मनसुन वर्षा कम भएसँगै बबई नदीमा जलस्तर घटेको छ। हिमाली जिल्लाहरूमा भने लगातार वर्षा भइरहेकाले कर्णालीमा बढ्दै गएको छ।

बबईमा जलस्तर घट्दै, कर्णालीमा बढ्दै

कैदीबन्दीलाई चर्मरोग

लमजुङ कारागारका कैदीबन्दीहरूमध्ये धेरैलाई छालासम्बन्धी रोग पाइएको छ। कारागारमा शनिबार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीले यस्तो बताएका हुन्।

कैदीबन्दीलाई चर्मरोग

९ सदस्यीय जिल्ला समन्वय समिति

यहाँको जिल्ला समन्वय समिति ९ सदस्यीय हुने भएको छ। जिल्लाका १० स्थानीय तहमा निर्वाचित मेयर/उपमेयर र प्रमुख/उपप्रमुखको प्रथम जिल्ला सभा बैठकले उक्त निर्णय गरेको हो।

जिसस एमाले एक्लैले बनाउने

जिल्ला समन्वय समिति एमाले एक्लैले बनाउने तयारी गरेको छ। ४ गाउँ र ४ नगरपालिकाका निर्वाचित प्रमुख र उपप्रमुखको १६ जनामा एमालेको बहुमत छ।

जनप्रतिनिधिको प्राथमिकता सहकारी

टोलैपिच्छे सहकारी गठनलाई जनप्रतिनिधिले प्राथमिकतामा राखेका छन्। सबैलाई सहकारीमा जोड्ने र सँगसँगै कृषि, पशुपालन, व्यवसाय र उत्पादनशील काममा लगाउने योजना रहेको उनीहरूको दाबी छ।

नदी किनारको बास, बर्खामा त्रास

तमोरमा आएको बाढीले गत वर्ष सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगायो। मेवाको बाढीले बजारको तल्लोपट्टिको भाग कटान गर्‍यो। त्यसबाट बच्न प्रत्येक रात बजारका बासिन्दा बाहिर गएर सुते।

नदी किनारको बास, बर्खामा त्रास

न्युजिल्यान्डमा घन्कियो नेपथ्य

आफ्नो रजत वर्षको अवसरमा सांगीतिक प्रस्तुति लिएर अस्ट्रेलियामा आएको नेपालको लोक/रक ब्यान्ड नेपथ्यले छिमेकी मुलुक न्युजिल्यान्डमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ।

न्युजिल्यान्डमा घन्कियो नेपथ्य

स्वाइनफ्लुको स्थलगत परीक्षण

वालिङमा बिरामी परेका खुमप्रकाश अर्यालको स्वाइनफ्लुबाट मृत्यु भएको पुष्टि भएपछि राजधानीबाट स्थलगत परीक्षणका लागि चिकित्सकको टोली आएको छ।

‘स्क्रब टाइफस’ का बिरामी बढ्दै

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफसको संक्रमण बढेको पाइएको छ। साउनयता ११ दिनमा ३४ जनामा यस्तो संक्रमण पुष्टि भएको हो।

मेलिनालाई स्वर्ण

सिर्जना ज्ञानसागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरिल्यान्डकी मेलिना मानन्धरले शनिबार दोस्रो ओप्स अन्तरस्कुल टेबलटेनिसमा स्वर्ण जितेका छन्।

बोरिस र समृद्धि च्याम्पियन

बोरिस अधिकारी र समृद्धि महर्जनले प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको पहिलो दिन शनिबार यू–८ सिंगल्समा स्वर्ण जितेका छन्।

बोरिस र समृद्धि च्याम्पियन

तिलोत्तमा प्रिमियर लिगको तयारी

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा रूपन्देहीमा पहिलोपल्ट तिलोत्तमा प्रिमियर लिग टी–२० क्रिकेट हुने भएको छ। स्थानीय खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ।

एनआरएनद्वारा लगानी बढाउन आह्वान

गैरआवासीय नेपाली (एनआरएन) हरूको जर्मनीको फ्रयाङ्कफर्टमा सुरु भएको क्षेत्रीय सम्मेलनले नेपालमा लगानी बढाउन आह्वान गरेको छ। नयाँ संविधान जारी भएपछि वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन्।

एनआरएनद्वारा लगानी बढाउन आह्वान

दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ। दुप्चेश्वर गाउँपालिका–६ मा नौबिसे भीरबाट लडेर ७२ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ।

ठेकेदारको अटेरी

सुर्खेत र बर्दिया जोड्ने ‘फास्ट ट्रयाक’ नहुँदा यात्रुले रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) को लामो र पटयारलाग्दो यात्रा गर्नुपर्ने बाध्यता छ।

सडक विस्तार आधा

उपत्यकामा ६ सय ६७ किमि सडक विस्तार गर्ने लक्ष्य राखिएको भए पनि हालसम्मको प्रगति केवल ५० प्रतिशतको हाराहारीमा मात्रै छ।