समाचार

News

सात महिनामा एक प्रतिशत मात्रै खर्च

मुलुककै ठूलो महानगर पोखरा–लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा एक प्रतिशत मात्रै खर्च गरेको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाइप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन भएको छ ।

सात महिनामा एक प्रतिशत मात्रै खर्च

अध्यादेश विवाद छिटो सल्टाउन एमालेमाथि माओवादी दबाब

राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेशको विवाद ‘लचक’ भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहत्रायी दल एमालेमाथि दबाब बढाएको छ ।अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठेरोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको उल्लेख गर्दै छिटो टुंग्याउनेतर्फ लाग्नुपर्ने माओवादीको धारणा छ । 

अध्यादेश विवाद छिटो सल्टाउन एमालेमाथि माओवादी दबाब

धमाधम छुट्छन् सुन तस्करीका अभियुक्तहरू

ठूलो परिमाणको सुन तस्करीका अधिकांश घटनामा मुछिएका प्रतिवादीहरू अदालतबाट सामान्य धरौटीमै छुटेका छन् । प्रहरीले संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दायर गरे पनि अदालती प्रक्रियाबाट केही लाख धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइरहेका छन् ।

धमाधम छुट्छन् सुन तस्करीका अभियुक्तहरू

चीन ठूला सहयोग प्रक्रियामा, भक्तपुरमा अत्याधुनिक अस्पताल बनाउँदै

चीनले भक्तपुरमा अत्याधुनिक अस्पताल र सातै प्रदेशमा आधुनिक आयुर्वेद केन्द्र निर्माण गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र दुवै सरकारबीच पत्राचारसमेत भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

चीन ठूला सहयोग प्रक्रियामा, भक्तपुरमा अत्याधुनिक अस्पताल बनाउँदै

सरुवा रोकिएपछि आफैं सरुवा

आफूले चाहेअनुसारका सरुवा गर्न वन सचिव डा. युवकध्वज जीसी बाधक बनेपछि वन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ज्ञानेन्द्र पौडेल आफैंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा मिलाएका छन् ।

सरुवा रोकिएपछि आफैं सरुवा

शव गृहमा उपचार गर्दा बिरामीको मृत्यु

यहाँस्थित आम्दा अस्पतालले बिरामीलाई शव गृहमा राखेर उपचार गरेको खुलेको छ । भारतको आसाम जुनाइका ५५ वर्षीय नेत्र ओझाको त्यसरी उपचार गरिएको हो । ओझाको उपचार क्रममै मृत्यु भएपछि स्थानीयले लापरबाही गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन् ।

शव गृहमा उपचार गर्दा बिरामीको मृत्यु

रामेछाप कारागारमा पानीको हाहाकार/नुहाउन नाम दर्ता

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो । ‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ । 

रामेछाप कारागारमा पानीको हाहाकार/नुहाउन नाम दर्ता

यातायात कार्यालय सुकेधाराका दुई कर्मचारी घूससहित पक्राउ

यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेल घूस रकमसहित कार्यालय परिसरबाटै पक्राउ परेका छन् । 

यातायात कार्यालय सुकेधाराका दुई कर्मचारी घूससहित पक्राउ

अध्यादेश जारी गर्न फोरमका नेताद्वारा राष्ट्रपतिलाई आग्रह

संघीय समाजवादी फोरमले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतवार आग्रह गरेको छ ।

अध्यादेश जारी गर्न फोरमका नेताद्वारा राष्ट्रपतिलाई आग्रह

रेशमको रिटमाथि सर्वोच्चको दरपिठ

फौजदारी अभियोगमा फरार आरोपी एवं कैलाली क्षेत्र १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई आफैं उपस्थित भएर निर्वाचित भएको प्रमाणपत्र बुझाउनुपर्ने सर्वोच्च अदालतले आइतबार आदेश दिएको छ । वारेसमार्फत प्रमाणपत्र बुझी पाऊँ भन्ने उनको निवेदन अस्वीकृत गरेको प्रशासनको निर्णयलाई सर्वोच्चले सदर गरेको छ ।

रेशमको रिटमाथि सर्वोच्चको दरपिठ

चिसोले जनजीवन प्रभावित

चिसो बढेपछि बर्दियाको जनजीवन प्रभावित भएको छ । शनिबार बिहानैदेखि लागेको बाक्लो हुस्सु सँगै चिसो हावाले वृद्ध र बालबालिका बढी प्रभावित बनेका छन् ।

चिसोले जनजीवन प्रभावित

प्रहरीले समाचार स्रोत खोजेकोप्रति महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले कुनै पनि सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट पारेको छ ।

प्रहरीले समाचार स्रोत खोजेकोप्रति महासंघको आपत्ति

राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न माग

नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ । 

राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न माग

गल्छी–मैलुङ सडक निर्माण सुस्त, एक वर्षमा १० प्रतिशत विस्तार

राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ । एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम सुरु भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो । 

गल्छी–मैलुङ सडक निर्माण सुस्त, एक वर्षमा १० प्रतिशत विस्तार

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिस

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिस गरेको छ । 

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिस

राष्ट्रियसभा गठनको विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उनले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरेकी हुन् ।

राष्ट्रियसभा गठनको विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह

सिलवाल प्रकरणमा प्रहरीले अनलाइनहरुलाई सोध्यो, 'कार्य सम्पादन मूल्यांकन कस्ले दिएको ?

प्रहरीले ललितपुर–१ बाट हालै मात्र प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालको कार्यसम्पादन मुल्यांकनसंग सम्बन्धित समाचारको स्रोत उल्लेख गर्न भन्दै तीन वटा समाचार अनलाइनलाई पत्र काटेको छ ।

सिलवाल प्रकरणमा प्रहरीले अनलाइनहरुलाई सोध्यो, 'कार्य सम्पादन मूल्यांकन कस्ले दिएको ?

ताराले काठमाडौं–भोजपुर उडान गर्ने

लालुपाते ट्राभल्ससंगको समन्वयमा प्राइभेट कम्पनीको तारा एयरले आगामी पौष १९ बाट भोजपुर–काठमाडौ उडान भर्ने भएको छ । यहाँको विकास र पर्यटन प्रवद्र्धनलाई मध्यनजर गर्दै हप्तामा एकपटक बुधबार उडान गर्ने भएको ट्राभल्सका रोशन श्रेष्ठले बताए । 

ताराले काठमाडौं–भोजपुर उडान गर्ने

कालिकोटमा बिहान २ घन्टाका लागि खोलेर पुन: अनिश्चितकालीन कर्फ्यु लगाइयो

म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु दुई घण्टाका लागि खोलेर पुन: लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यु हटाएको थियो।

कालिकोटमा बिहान २ घन्टाका लागि खोलेर पुन: अनिश्चितकालीन कर्फ्यु लगाइयो

पछाडि फर्कने पुल नै भत्काइसकेका छौं: दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे ।

पछाडि फर्कने पुल नै भत्काइसकेका छौं: दाहाल

स्थानीय तह कछुवा गतिमा

स्थानीय निर्वाचनअघि धेरै नगरपालिका थपिए । बजारक्षेत्र समेटिएका सबैजसो स्थान नगरपालिका घोषणा गरिए तर स्थानीयले ‘नगरवासी’ हुनुको सुविधा भने पाउन सकेका छैनन् ।

स्थानीय तह कछुवा गतिमा

आमाको नाममा नागरिकता लिन अझै समस्या

संविधानले आमा वा बुवा नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता पाउन सकिने व्यवस्था गरे पनि आमाको नामबाट नागकिता लिन अझै असहज छ । विराटनगरकी २५ वर्षिया एक युवतीकी आमालाई (हाल काठमाडौंवासी) उनी गर्भमै छँदा बाबुले छाडे ।

आमाको नाममा नागरिकता लिन अझै समस्या

समयमा किन छुट्दैनन् बस ?

लगनखेल–चापागाउँ रूटमा चल्ने बस प्रत्येक ७/७ मिनेट अन्तरमा छुट्ने तालिका छ । यो ललितपुर मिनिबस व्यवसायी संघको औपचारिक तालिका हो । तर, यथार्थमा यी गाडी १५ मिनेटमा पनि छुटदैनन् । साँझपख चल्ने गाडी त झन् आधा घण्टासम्म रोकिन्छन् । पीडित यात्रीका अनुसार कसैले ढिलो भयो भनेर गुनासो गरे चालकले उल्टै झर्पाछन् र भन्छन्, ‘हतार भए झर्नुस् न त ।’

समयमा किन छुट्दैनन् बस ?

बहसमा साइकल सिटी अभियान

‘दुई पांग्रे साइकल यो इन्जिन नहालेको, कति राम्रो चढी हिंडा धुवाँ नफालेकोज्यान बनाऊँ पैसा बचाऊँ, जोगाऊँ वातावरण, सर्वगुणी साइकल चढी बनौं उदाहरण ...’ साइकल अभियानका सदस्य हरिकुमार सिलवालले आफ्नो कविता यसरी वाचन गर्दै गर्दा दर्शकदीर्घामा समर्थनको ताली बज्यो । उनी पेसाले चार्टर एकान्टेन्ट हुन् ।

बहसमा साइकल सिटी अभियान

मौरी चराउन रोक

मकवानपुरका पश्चिमी क्षेत्रका बासिन्दाले बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउन रोक लगाएका छन् ।स्थानीयले प्रशस्तै मौरीको घार राखेकाले बाहिरका मौरीपालक कृषकलाई मौरी चराउन ल्याउन नदिएका हुन् ।

मौरी चराउन रोक

प्रदेश २ को नाम मिथिला राख्न माग

प्रदेश २ को नाम मिथिला राख्नुपर्ने र प्रदेशको सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने मागसहितको १३ बुँदे राजविराज घोषणापत्र जारी गर्दै १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शनिबार सकिएको छ ।

प्रदेश २ को नाम मिथिला राख्न माग

चीनले माग्यो तातोपानी नाका सुरक्षा योजना

चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो ।

चीनले माग्यो तातोपानी नाका सुरक्षा योजना